निर्णय नं. ३५१० - लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५१० - लिखत दर्ता बदर भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४५/०४/३२ २१२९ निर्णय नं. ३५१० ने.का.प. २०४५ अङ्क ७ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको दे.पु.इ.नं. ८३ फैसला भएको मिति २०४५।४।३२।३ मा निवेदिका/वादी : जिल्ला वारा लिपनी गा.पं. वडा नं. ९ बस्ने भिमकुमारीको मु.स. गर्ने क्षेत्रकुमारी विष्ट विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. लिपनी विर्ता बस्ने रमकलिया कुर्मीसमेत मुद्दा : लिखत दर्ता बदर (१) आफूले खरीद गरेको जग्गा भन्दा बढीमा दावी गर्न नपाउने । (प्रकरण नं. १६) (२) राजीनामामा उल्लेख भए बमोजिम क्षेत्रफल भएको जग्गाको वादी प्रतिवादी दुवैले जग्गाधनी प्रमाणपूर्जा समेत प्राप्त गरी सकेको स्थितिमा वादी दावी बमोजिम दोहोरा पारी लिखत गरेको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १६) निवेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह :यस अदालत डिभिजन बेञ्चबाट मिति २०४२।२।२४।२ मा भएको फैसला दोहोर्‍याई पाउँ भनी निवेदिकाले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विन्तिपत्र चढाउनु भएकोमा यसमा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजन बेञ्चबाट छिनिएको विन्तिपत्रमा लेखिएको लिखत दर्ता बदर मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहोर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भनी बक्स भई आएको हुकुम प्रमांगी बमोजिम यस अदालतको पूर्ण इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. विपक्षीले लिपनी मालको जग्गामध्ये ०–३–१० जग्गा मिति ०२४।१०।१२।६ मा पर्सा मालबाट पारित गरी दिएको हुँदा सडक किनारामा कुनै जग्गा बाँकी नै थिएन मलाई लेखी दिएको हदको जग्गा अरुलाई दोहरो लिखत गर्न नहुनेमा विपक्षी यज्ञबहादुर र गोरखबहादुरले सडक देखि पश्चिमको ०–२–३ जग्गा रु.४०००।– मा मिति ०३४।१।६ मा भू.प्र.का. पर्सामा पारित गराई लिएकोमा नाताले खिचोला गरेको सडक किनाराको आफ्नो नाममा कित्ताकाट गरी दर्ता समेत गराई लिएकोमा विपक्षी रमकलियाले मलाई लेखिएको जग्गा आफ्नो नाममा लेखाएको देखिन्छ तर कि.नं. ३७६ को मेरो लिखत देखि पश्चिमको जग्गा मेरो नाममा भू.प्र.का. बाट दर्ता गरी प्रमाण पूर्जा पाएको छु यसरी विपक्षीले जग्गा दर्ता गराएको मिति ०३५।२।८।१ मा नक्सा गराई लिई थाहा पाएको हुँदा विरोध जनाई मेरै नाममा दर्ता गरी पाउँन निवेदन दिएकी छु । त्यस्तो हुँदा दोहरो लिखत गरी दिनेहरुलाई लेनदेन व्यवहारको २५।२७ नं. बमोजिम सजायँ गरी वादी दावी बमोजिम गरिपाउँ भन्ने समेत फिरादपत्र । ३. वादी दावीको जग्गा र मैले खरीद गरी लिएको जग्गा बेग्लै हो भन्ने कुरा जग्गाको नाप नक्सा र अदालतबाट भएको नापनक्सा समेत भिडाई हेरेमा छुट्टा छुट्टै कित्ताकाट समेत भएको देखिनाले वादीको लिखत बमोजिमको जग्गासँग मलाई केही थाहा नभएको हुँदा अ.बं. ८२ नं. बमोजिम वादी दावी खारेज गरिपाउँ भन्ने रमकलियाको प्रतिउत्तरपत्र । ४. लिपनी मालको जग्गा मध्ये साविक कि.नं. ८०,७२५ को जग्गा कठ्ठा ०–३–१० पर्सा मालबाट मिति ०२४।१०।१२।६ मा विपक्षीले आफ्नो नाममा पारित गराई भोगचलन गरी आएको म गोरखबहादुरकै नाममा दर्ता रहेको लिपनी गा.पं. वा.नं. ३(ग) को कि.नं. २७(ख) को ०–६–११ मध्ये ०–