निर्णय नं. ३५११ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५११ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४५/०३/१६ २२६५ निर्णय नं. ३५११ ने.का.प. २०४५ अङ्क ७ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४३ सालको रिट नं. २०७३ आदेश भएको मिति : २०४५।३।१६।५ मा रिट निवेदक : का.न.पं. वडा नं. १४ कालीमाटी मुक्तेश्वर बस्ने कृष्ण भट्टचन विरुद्ध विपक्षी : श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालयसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) औषधि व्यवस्था र औषधि प्रशोधन कारखाना स्वयंमा सर्वसाधारण जनताको हितसँग सम्बन्धित हुनुको साथै श्री ५ को सरकारको तर्फबाट हुने भवन निर्माण सम्बन्धी काम भएको हुँदा सार्वजनिक कार्यको लागि जग्गा प्राप्त गरिएको होइन भनी भन्न नमिल्ने । (प्रकरण नं. १०) (२) श्री ५ को सरकारको निर्णय अनुसार मेन्टीनेन्स नापी शाखाबाट कित्ता नम्बर जग्गा धनी खोली लेखिआए अनुसारको सबै व्यहोरा उल्लेख गरी जग्गाले चर्चेको घर सम्बन्धित जग्गा नजिकको पोल, नगर पञ्चायत, जिल्ला कार्यालय समेतका स्थानमा सूचना टाँस भएको भन्ने देखिँदा सूचना उपर जग्गाधनीको कुनै उजूर परेको नदेखिँदा सूचना स्पष्ट भएन भन्न नमिल्ने । (प्रकरण नं. १०) (३) जग्गा प्राप्ती ऐन, २०३४ को दफा १३ अनुसार मुआब्जा सम्बन्धी कारवाही भई सोही ऐनको दफा १६ बमोजिम मुआब्जा निर्धारण भएको र गोरखापत्रमा सूचना समेत प्रकाशित भएकोमा जग्गाधनी मुआब्जा लिन नआएको र सो सम्बन्धमा दफा १८(२) बमोजिम सम्बन्धित निकायमा कुनै किसिमले उजूर समेत नगरी चित्त बुझाई बसेको देखिँदा सार्वजनिक कार्यको लागि भएको जग्गा प्राप्ती सम्बन्धी निर्णयमा कुनै त्रुटि नहुँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. निवेदकले चित्रबहादुर थापा तथा दीर्घबहादुर थापाको हकभोगको काठमाडौं बानेश्वर वडा नं. ९(घ) स्थित लुमडी भद्रकाली छुट गुठीमा दरियाको गुठी संस्थान अधिनस्थ कि.नं. ७७ को रोपनी १–७–२ मध्ये उत्तरतर्फको रोपनी १–४–० र कि.नं. ७६ को १–३–२ मध्ये उत्तरतर्फको ०–५–० समेत १–९–० मिति २०३६।८।७।६ को राजीनामा पारीत गरी निवेदकले खरीद गरेको जग्गा कि.नं. ५०० र ४९८ मा लगत कट्टा भई तदनुकूल नक्शा र श्रेस्तामा जनिएको छ । निवेदकले अद्यापी उक्त जग्गा श्री लुमडी भद्रकाली छूट गुठी टेबहाल, काठमाडौंमा कूत बुझाई हक भोगचलन गर्दै आएको छु । यही मंसीर १८ गते उक्त जग्गा खनजोत गर्न जाँदा प्रत्यर्थी नं. ३ का नाम नजानेका कर्मचारीले उक्त जग्गा श्री ५ को सरकारको मिति २०३८।१२।२५ को निर्णयानुसार अधिग्रहण भइसकेको कुरा सुनाएकोले सोधपुछ गर्दा प्रत्यर्थी नं. ३ ले काठमाडौं नगर पञ्चायत वडा नं. १० साविक महादेव स्थान गा.पं. वडा नं. ९(घ) मा पर्ने कि.नं. ७३ को ५–१२–९, कि.नं. ७४ को १–७–०, कि.नं. ७५ को १–१३–०, कि.नं. ७६ को १–२–३ मध्ये ०–६–३ र कि.नं. ७७ को १–९–२ मध्ये ०–११–० समेत रोपनी १०–५–१ जग्गा अधिग्रहण गरिएको सूचना ०३९।२।२८ र २०४०।७।२९ मा गोरखापत्रमा प्रकाशित भएको कुरा बताइयो र त्यसको प्रतिलिपि प्राप्त गरी अवगत हुन आयो । जग्गा प्राप्त गर्ने का