निर्णय नं. ६३१५ - निखनाइ पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३१५ - निखनाइ पाउँ भाग: ३९ साल: २०५४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५३/०६/०२ २६७६ निर्णय नं.- ६३१५ ने.का.प. २०५४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य संवत् २०५० सालको दे.पु.नं. .... १८९७ फैसला मितिः- २०५३।६।२।४ मुद्दाः- निखनाइ पाउँ । पुनरावेदक प्रतिवादीः- जगत वहादुरको मु.स. गर्ने ल.पु.जि. गोदामचौर गा.वि.स. वडा नं. ६ वस्ने नजरमान श्रेष्ठ । विरुद्ध विपक्षी वादीः- ल.पु.जि. गोदाम चौर गा.वि.स. वडा नं. ६ वस्ने भक्त वहादुर श्रेष्ठ । · भोग वन्धकी लिखता जहिले सुकै पनि थैलि बुझाउन एवं भोग वन्धकी लिखतको आधारमा भोग वन्धकी लिने साहु कहिले पनि सो जग्गाको स्वामी हुन नसक्ने । (प्र.नं. ११) निवेदक तर्फवाटः- विद्वान अधिवक्ता श्री वसन्त राम भण्डारी विपक्षी तर्फवाटः- अवलम्बित नजीरः- फैसला न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत पाटनको मिति ०५०।११।१७ को फैसला उपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. मुन नारायण ३ छोराहरुमा गणेश दाश हुन । छोरीमा मेरी आमा काली मात्र भएकीले गणेशलाल २०११ सालमै परलोक भएकोले इन्द्र वहादुर भएको र गणेश दास वेपत्ता भएको र हकवाला ईन्द्र वहादुरको विहावारी समेत नभएकोले मेरी आमा काली श्रेष्ठनीले निज ईन्द्र वहादुरले आफ्नो जो भएको श्री सम्पत्ति शेषपछि खान पाउने गरी मिति २०१४।२।२८ मा वक्सपत्र पारित गरी दिएको र २०१४ साल श्रावणमा परलोक भएपछि २०२७।३।५ मा गणेशलालबाट भोगवन्धकी खाने विपक्षी जगत वहादुर सँग उक्त वन्धकी थैली बुझि निखन्न दिनुस भन्दा ईन्कार गरेकोले गणेशदास हालसम्म पनि फर्की नआएकोले वन्धकी निखनाई पाउँ भनी मालपोत कार्यालय ललितपुरमा मिति २०४०।५।२ मा निवेदन गर्दा विपक्षीले थैली बुझ्न नपरोस भनी वयान गरी सकेपछि २०४१।५।२२ मा खारेज गरेकोले सो उपर जिल्ला कार्यालयमा र सो उपर म.क्षे.अ. मा क्रमश पुनरावेदन गर्दे जांदा म.क्षे.अ. वाट तारेख तोकि पुनः इन्साफको लागि मालपोत कार्यालयमा पठाई दिएको र तारेखमा वसी आएकोमा २०४६।४।३२ मा अदालतमा गई हक कायम गराई ल्याउनु भनी निर्णय गरी सुनाएकोले यो फिराद गर्न आएको छु । गणेशलालको हक खाने ईन्द्र वहादुरले मेरो आमालाई वक्सपत्र गरी दिएको जग्गाहरुमा अमाको हक भएकोमा निजको ०३३ सलामा मृत्यु भएपछि मेरो हक हुन आएकोले गणेशलालले २००६।२।२३ मा वन्धकी दिएको जग्गाहरु हाल नापीमा कायम भएको ल.पु.जि. गोदामचौर गा.वि.स.वडा नं. ६(ख) को कि.नं. २७४, २८१, २९३, ३०७, २९६, र १८० समेतको मोल रु.१२००। पर्ने जग्गाको थैली रु.६७१। विपक्षीलाई बुझाई विपक्षीको वन्धीमा रहेको जग्गा निखनाई पाउँ भन्ने फिराद दावी । ३. विपक्षीको आमा काली श्रेष्ठ लगायत वुद्धिमानको छोरी ठुली र तुलसी श्रेष्ठनी भै यही लिखत उपर अर्थात साविक रसिद देखाई गणेशलालले भोग वन्धकी दिएको लिखतमा उल्लेखित ३ खला जग्गामा विपक्षीको आमा काली र अरु ठुली तुल्सी भै मेरो विरुद्धमा रजिष्ट्रेशन अड्डामा निखनाई पाउँ भनी उजुर गरेकोमा विपक्षीले निखन्न पाउने होईन भनी वयान गरेपछि अदालतमा आई तैकात गरी आउनु भनी सुनाएको र सो उपर पुनरावेदन गर्दा ललितपुर मजिष्टे्र्ट अफिसले ललितपुर रजिष्ट्रेशन अड्डाबाट भएको निर्णय सदर गरेकोमा विपक्षीको आमा समेत कोही पनि अदालतमा गई हक कायम गराउन सकेको छैन । आफ्नो आमाले हक कायम गराउन नसकेको विषयमा विपक्षीले पुनः निवेदन दिई हक कायम गराउने भन्ने प्रश्न नै आउदैन । त्यसैले प्रस्तुत फिराद खारेज गरी पाउँ