निर्णय नं. ६३१६ - मोही कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३१६ - मोही कायम भाग: ३९ साल: २०५४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५३/०५/११ ३००९ निर्णय नं. ६३१६ ने.का.प. २०५४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत २०५२ सालको दे.पु.नं. .. ३०५७ फैसला मितिः २०५३।५।११।३ मुद्दाः- मोही कायम । पुनरावेदक प्रतिवादीः वारा जिल्ला गंज भवानीपुर गा.वि.स. वडा नं. १ वस्ने शारदाशंकर प्रसाद कलवार । विरुद्ध विपक्षी वादीः ऐ.ऐ. वडा नं. २ वस्ने सुकदेव राय यादव । · जग्गा धनीलाई मोहियानी हक छाडी भएको मिलापत्र वदर नभई कायम रहेको स्थितिमा बाली वुझाएको भर्पाइबाट साविक मोहीलाई कुनै प्रभाव नपर्ने । · कानून वमोजिमको कवुलियतको अभावमा भर्पाइको आधारमा मात्र मोही कायम गर्न नमिल्ने । (प्र.नं. १६) फैसला न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत हेटौडाको मिति २०५०।११।१२ को फैसला उपर मुद्दा दोहोर्याई पाउँ भनी प्रतिवादीको यस अदालतमा परेको निवेदनमा मुद्दा दोहोर्याउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः २. साविक जग्गा धनी भोला साह नाम दर्ताको जिल्ला वारा हरैया गा.पं वडा नं. ८ कि.नं. २७ को ज.वि. ३-१७-० मध्ये पश्चिम तर्फबाट ज.वि. २-८-१० जग्गा मोहीमा रामेश्वर लेखिए पनि निजले इन्कार गरेकोले साविक जग्गा धनीले मलाई मोहीमा जोत्न दिई २०३४ साल देखि जोती साल सालको वाली जग्गा धनीलाई वुझाई भरपाई लिई आएको छु मेरो नाममा मोही कायम गरी पाउँ भन्ने वादी दावी । ३. वादीले दावी गरेको जग्गाको मोही रामेश्वर हुन भन्ने वादी लेखबाट प्रष्टै देखिन्छ । दर्तावाला मोहीको मोही हक समाप्त भएको छैन । दर्तावाला मोही परलोक भएपछि निजको छोरालाई भूमि सम्वन्धी ऐन, २०३१ को दफा २६(१) वमोजिम जोगेन्द्रलाई मोही पत्याई जोत्न दिएकोमा २०४५।२।१६ मा मोही छोडेको छ । २०३४ साल देखि वादीले दावीको जग्गा जोती आएको भन्ने दावी निराधार हुँदा खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ४. वादीले दावीको जग्गा मोहीमा जोती वाली वुझाई आफ्नो कर्तव्य गरी आएको भन्ने देखिंदा दावीको जग्गा वादीको नाममा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २५(२) वमोजिम मोही कायम हुने ठहर्छ भन्ने मसेत भूमि सुधार कार्यालय वाराको फैसला । ५. शुरुको फैसलामा कानूनी त्रुटि हुँदा वदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको नारायणी अञ्चल अदालतमा परेको पुनरावेदन पत्र । ६. अ.वं. २०२ नं. वमोजिम विपक्षीलाई झिकाउनु भन्ने नारायणी अञ्चल अदालतको आदेश । ७. मोहीको मोहियानी हक छाडी २०४५।२।१६ मा वारा जिल्ला अदालतमा मिलापत्र गरेको सो मिलापत्र उपर वादीले उजुर गरी वदर गराउन नसकी अन्तिम अभिलेखको रुपमा रहेको देखिएकोले वादी सुकदेव कानु मोही देखिन नआएकोले मोही कायम गरी पाउँ भन्ने वादी दावी पुग्न सक्तैन भन्ने नारायणी अञ्चल अदालतको फैसला । ८. वारा जिल्ला अदालतको मिलापत्रले हाम्रो मोहियानी हकलाई विस्थापित गरेको स्थिति छैन र जोगेन्द्रलाई मोहियानी हक स्थापित पनि गरेको छैन । यस स्थितिमा वारा जिल्ला अदालतको मिलापत्र वदर गराउन नसकेको भनी मुद्दा चली सो मिलापत्र हुनु भन्दा पछि भूमि सुधार कार्यालयले मोहियानी कायम गर्दै फैसला गरेको स्थितिमा अर्थको अनर्थ लगाई भनाई हराई गरिएको नारायणी अञ्चल अदालतको फैसला त्रुटिपूर्ण भएकोले वदर गरी मेरो निवेदन अनुरुप इन्साफ पाउँ भन्ने वादीको मध्यमान्चल क्षेत्रिय अदालतमा परेको पुनरावेदन । ९. मोहीले प्रस्तुत गरेको भपाईमा लागेको सहिछाप जग्गा