निर्णय नं. ६३२० - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३२० - अंश भाग: ३९ साल: २०५४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५३/०२/२८ ४४३७ निर्णय नं. ६३२० ने.का.प. २०५४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५१ सालको दे.पु.नं............३५८९ निर्णय मितिः ०५३।२।२८ मुद्दाः अंश । पुनरावेदक वादीः का.जि.का.न.पा. वडा नं. २७ घर भई वडा नं. ३ लाजिम्पाट वस्ने हिरा शोभा कंसाकार । विरुद्ध विपक्षी प्रर्तेवादीः का.जि.का.न.पा. वडा नं. २७ घर भई ऐ.ऐ. वडा नं. २९ ठमेल वस्ने ज्ञानशोभा कंसाकारको मुद्दा सकार गर्ने ज्ञान ज्योति कंसाकार । § दिदी वहिनी बीच चलेको अंशवण्डा मुद्दामा अंशवण्डा भई छुट्टी भिन्न वसेको दाजुले अंश मुद्दँ सकार गर्न पाउने कानूनी व्यवस्था रहेको नदेखिने । § विवादित सम्पत्तिमा हक पुग्ने दैयादारले मात्र मुद्दा सकार गर्न पाउने । § प्रस्तुत मुद्दामा दिदी वहिनी बीच चलेका अंश मुद्दामा पहिले नै अंशवण्डा भई भिन्न वसेको दाजुले मुद्दा सकार गर्न प्रचलित कानूनले व्यवस्था गरेको नदेखिएको साथै यस सर्वोच्च अदालतबाट प्रतिपादित नजिरहरु समेत विपरित पुनरावेदन अदालत ललितपुरबाट वादीको मु.स. गर्ने ज्ञान ज्योति कायम गरेको वदर हुन्छ । वादी ज्ञान शोभाको मृत्यु भै सकेको हुँदा ज्ञानशोभाको मृत्यु पश्चात एक अंशियार मात्र वांकी रहेकोमा पुनरावेदन अदालत ललितपुरबाट दुई भागको एक भाग अंश दिलाउने गरेको फैसला गल्ती भई उल्टी हुने । (प्र.नं. ८) पुनरावेदक तर्फबाटः प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.उदयराज उपाध्यायः पुनरावेदन अदालत ललितपुरवाट मिति २०५०।८।२२ मा भएको फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं निर्णय यस प्रकार छः २. वावु भाजु रत्नको २ पत्नीमा जेठी ज्ञान मायाबाट जेठी ज्ञान प्रभा माइली लक्ष्मी प्रभा, साइली लक्ष्मी हेरा तथा कान्छो छोरा मणि हर्ष ज्योति तथा कान्छि पत्नी ज्ञान मायावाट ज्ञानज्योत, म ज्ञानशोभा प्रतिवादी हिरा शोभा तथा कान्छा छोरा देवजोति ४ जनाको जाय जन्म भै जेठी ज्ञान मायाको १९७३ सालमा कान्छि (आमा) को २०२५।११।८ मा र बाबुको ०१३ सालमा स्वर्गारोहण भयो । आमा ज्ञानमायाको जिवनकालमा दाजु भाई दिदी वहिनी संगोलमा वसि आएकोमा तिन जना दाजु भाइले विदेशमा रहेको चल अञ्चल अंश लिई नेपालमा रहेको चल अचल साहु असामी विवाह खर्च वा अंश छोरीहरुलाई दिनुपर्ने भए दिने शर्तमा अंश छोडपत्रको लिखत गरि मिति २०१७।१२।२३।४ मा रजिष्टेशन समेत भयो । आमाको शेष पछि म फिरादी दाजु ज्ञान ज्योतिको घरमा र प्रतिवादी भाई देव ज्योति को घरमा वसि आएको हामी वाहेक आमाको नामको सम्पत्ति खान अरु हकदार कोही छैन । ०२१।१२।३० को वण्डापत्र बमोजिम आमाका अंश भागमा परेको विभिन्न जग्गा प्रतिवादीले आमाको एकभाग हकदार छोरी भनी नाता प्रमाणित गराई मालपोत कार्यालयको ०४६।२।२० का निर्णयले आफ्नो नाममा नामसारी गरि प्रमाण पुर्जा समेत प्राप्त गरेको जानकारी ०४७।४।२६ मा निर्णयको नक्कल लिंदा थाहा भयो । वरावर हकदार भएको मलाई अंशियारको विवरणवाट हटाई नाता प्रमाणित जालसाजी गरेतर्फ विपक्षी उपर छुट्टै जालसाजी मुद्दा दायर गरेको छु तसर्थ आमा ज्ञानमाया कंसाकारको अंशभागमा ०२१।१२।३० को वण्डापत्रवाट परेको प्रतिवादीको नाममा दर्ता गराएको घर तथा जग्गा समेतको संपतिको फांटवारी घरको मुख्य काम काज हेर्ने वहिनी प्रतिवादीवाट लिई २ भागको एक भाग अंश दिलाई दर्ता समेत गरि पाउँ भन्ने व्यहोराको फिराद दावी । ३. अंशवण्डाको १ नं. ले बाबु, आमा,