निर्णय नं. ६३२१ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३२१ - कर्तव्य ज्यान भाग: ३९ साल: २०५४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५३/०३/२६ २७२० निर्णय नं.- ६३२१ ने.का.प. २०५४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत २०४९ सालको फौ.पु.नं. ..४६० फैसला मितिः २०५३।३।२६ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक वादीः जिल्ला सिन्धुली दुधौली गा.वि.स. वडा नं. ९ वस्ने होमना अधिकारी समेतको जाहेरीले श्री ५ को सरकार. बिरुद्ध विपक्षी प्रतिवादीः जि. सिन्धुली दुधौली गा.वि.स. वार्ड नं. ९ वस्ने श्री लाल अधिकारी दनुवार समेत जम्मा ८ § सरकार वादी हुने फौज्दारी मुद्दामा अदालतको अधिनमा मुद्दा गै सकेपछि अदालतको आदेश वेगर प्रहरीले कुनै तहकिकात गर्न पाउने कुनै कानूनी व्यवस्था देखिंदैन । अपराधसँग सम्वद्ध वस्तु बरामद गर्ने कार्य अनुसन्धानको कार्य भए पनि मुद्दा अदालतको अधिनस्थ भै सकेपछि अदालतको आदेश बेगर प्रहरी आफैले मुद्दा दायर हुन अघिको अवस्थामा जस्तो स्वतन्त्र रुपले अनुसन्धान गर्न नमिल्ने । § अदालतको आदेश वेगर अदालतमा मुद्दा दायर भैसकेपछि वन्दुक वरामद भएको भनि प्रहरी तर्फबाट मुचुल्का खडा गरी दुई दिन पछि प्रतिवादी शुक्रा धामीलाई पक्राउ गरेको प्रतिवेदन साथ संलग्न राखी पेश गरेको वरामदी मुचुल्काले कानूनी मान्यता पाउने अवस्था नदेखिने । § आफ्नो घरबाट वन्दुक बरामद भएको होईन, वन्दुक आफ्नो हैन भनि अदालत समक्ष प्र. शुक्रा धामीले वयान गरेको, निजको नाउँमा वन्दुक दर्ता पनि नदेखिएको, निजले वन्दुक लिएर हिडेको देखेको भन्ने कुनै प्रमाण नभएको कानूनी वरामदी मुचुल्का वाहेक अन्य प्रमाणबाट निजले नै बन्दुक प्रहार गरी मृतक वृहस्पतिलाई मारेको हो भन्ने ठोस र शंकारहित प्रमाणको अभाव देखिंदा पुनरावेदन अदालत जनकपुरले निज प्रतिवादी शुक्रा धामीलाई सफाई दिेन गरेको ईन्साफ मिलेको देखिंदा सदर हुने । (प्र.नं. ३३) पुनरावेदन तर्फबाटः प्रत्यर्थी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत, जनकपुरको मिति २०४९।२।८ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९ (१)(ख) र (ग) वमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. मृतक वृहस्पति दनुवार सँग प्र.शुक्रा धामीको पहिला देखि नै रिसइवी थियो । २०४२।११।२८ गते सांझ विपक्षी रोदी, ठुले कासी, जुलुमले वृहस्पतीलाई पखलास् गोली हानी तेरो सन्तानै मारी दिन्छौ भनी धम्की दिएको थियो । २०४२।११।३० गते मृतक वृहस्पतीको पोखरी तर्फ राती ११ वजेतिर वन्दुक पड्क्यो, सो आवाज पछि गुहार भन्ने आइमाईको आवाज सुनेपछि हामी समेत पोखरी तर्फ जांदा मृतक वृहस्पतिलाई गोली लागी मरी सकेको तथा त्यहाँ अपराधी कोहि नभएकोले मृतकलाई प्र.शुक्रा धामीले गोली हानी मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको पछरु अधिकारी समेतको जाहेरी दरखास्त । ३. मिति ०४२।११।३० गते म घरमा राती सुती रहेको अवस्थामा वन्दुक पडकेको भनी छोरा वुहारीले भनेकोले थाहा पाए, मानिस मरेछ हल्ला सुने भोलीपल्ट घटनास्थलमा जांदा लाश देखि मृतक र शुक्रा धामी विच झै झगडा भएको कारण सोही रिस ईवीवाट मृतकलाई शुक्राले गोली हानी मारेको हुनुपर्छै भने समेत व्यहोराको प्रतिवादी अधना मुसहरले प्रहरीमा गरेको वयान। ४. २०४२।११।३० गते सुन्दर लालको छोरीलाई पुर्याउन म समेतको मानिसहरु केटीको घरमा गयो रातको ११ वजे वन्दुकको आवाज आयो भनी साथीहरुले भन्दा थाहा पाए भोलीपल्ट घरमा आउ.दा वाटामा वृहस्पतिलाई रा