निर्णय नं. ६३२२ - निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३२२ - निषेधाज्ञा भाग: ३९ साल: २०५४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५३/१२/१५ २५६५ निर्णय नं. ६३२२ ने.का.प. २०५४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे ०५१ सालको दे.पु.नं............... २४७७ निर्णय मितिः २०५३।१२।१५।६ मुद्दाः निषेधाज्ञा । पुनरावेदक वादीः जि.सर्लाही मलंगवा न.पा वा.नं. ९ वस्ने विष्णुकुमारी उपाध्याय । बिरुद्ध विपक्षी प्रर्तेवादीः जि.सर्लाही मलंगवा न.पा.का प्रमुख नगेन्द्र राय यादव समेत जममा २ । § यो मितिमा नगरपालिकावाट यो यस्तो निर्णय भएको भन्ने प्रमाण नभई पत्रहरु सम्म आदान प्रदान भएको देखिन्छ । लिखित जवाफमा आदेश दिएको भनेकै भरमा पुनरावेदन लाग्ने प्रकृतिको फैसला वा अन्तिम आदेश भएको भन्ने नदेखिंदा पुनरावेदन नगरेको भन्ने भनाई युक्तिसँगत नदेखिने । § ढल नाला आदि निर्माण गर्दा कसैको हक भोगको जग्गा पर्न आएमा कानूनको रीत पुर्‍याई मात्र जग्गा प्राप्त गर्न सकिन्छ । अन्यथा कसैको हकको जग्गा लिन खोज्नू कानूनसँगत नहुने । § निवेदकको हकको घर जग्गा भएको भन्ने कुरामा विवाद नभएको अवस्थामा निजको मन्जुरी वेगर वा कानून वमोजिम वाहेकको नागरिकको वासस्थान पूर्ण वा आंशिक रुपमा क्षति पुर्‍याउन नमिल्नेमा निवेदकको घरको भाग भत्काउने आशंकाको स्थिति पूर्ण रुपमा देखिंदा निवेदकको घर भत्काउने कार्य नगर्नु भन्ने विपक्षीको नाउँमा निषेधाज्ञाको आदेश जारी हुने । (प्र.नं. ९) पुनरावेदक तर्फबाटः पिवक्षी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत जनकपुरको मिति २०५१।९।२४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम पर्न आएको पुनरावेदन सहितको मिसिलको संक्षिप्त विवरण यस प्रकार छः २. म विष्णु कुमारीको हकभोगमा रहेको ०.२.६ जग्गामा पक्का २ र भांसा घर २ समेत वनाई भोग गरी आएको गाउँ ल्वक भित्र परी सर्भे नापी भएको उपरोक्त घर मध्ये पश्चिम तर्फ रहेको पक्का घरको उत्तरतर्फवाट विपक्षीहरुले देवाल काटी तोडी वाटो र नाला वनाउँने मिलेमतो गरी रहेको हुँदा अनियमित एवं जवरजस्तीपूर्ण घर तोडी सडक नाला वनाउँन नपाउने गरी निषेधाज्ञा जारी गरी पाउँ भन्ने निवेदिकाको निवेदन दावी । ३. निवेदिकाले उल्लेख गरेको सडक चौडा गराउने कुनै लक्ष रहेको वा निर्णय समेत भएको छैन । वर्षायाममा पानी जमि वासिन्दालाई पर्ने असरलाई ध्यानमा राखी जि.टी. जेडको वार्षिक कार्यक्रम अनुरुप नाला वनी विपक्षीको घर सम्म गएको छ । विपक्षीले पर्खाल भत्काई घर हटाई सकेको कुरा लोप पारी झूट्टा उजुर गरेको हुँदा खारेज गरि पाउँ भन्ने समेत विपक्षीहरुको लिखितजवाफ । ४. अदालतवाट मिति २०५१।४।११ मा भएको स्थलगत चित्रणको नक्सा विवरणवाट सार्वजनिक वाटो मिचिएको देखिएको, मलंगवा न.पा.ले ढल (नाल) वनाउँनका निमित्त घर र पर्खाल हटाउन मिति २०५०।३।१२ मा नै आदेश गरेको लिखितजवाफवाट मलंगवा नगरपालिकावाट अनियमित कार्य भएको भन्न सक्ने अवस्था नदेखिंदा निवेदकको निषेधाज्ञा निवेदन दावी खारेज हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत नजकपुरको मिति ०५१।९।२४ को आदेश । ५. पुनरावेदन अदालत जनकपुरबाट निवेदन दावी खारेज हुने ठहराई भएको आदेश त्रुटीपूर्ण हुँदा सो उल्टाई निषेधाज्ञाको आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन छलफलका लागि अ.वं. २०२ नं. वमोजिम विपक्षीहरुलाई झिकाउनु भन्ने यस अदालतको मिति २०५३।१।१७ को आदेश । ६. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्द