निर्णय नं. ६३२४ - विक्री वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३२४ - विक्री वदर भाग: ३९ साल: २०५४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५३/०८/०४ २८४२ निर्णय नं. ६३२४ ने.का.प. २०५४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत् २०५२ सालको दे.पु.नं.........२६८६ निर्णय मितिः २०५३।८।४।३ मुद्दाः विक्री वदर । पुनरावेदक वादीः रोल्पा जिल्ला तालवाङग गाऊ विकास समिति वडा नं. २ दाङखुरी वस्ने देव कुमारी डांगी समेत । बिरुद्ध विपक्षी प्रतिवादीः ऐ.ऐ. वस्ने दर्शन डांगी समेत जम्मा ३ । § घरको मुख्य व्यक्तिले गरेको व्यवहारलाई लेनदेन व्यवहारको महलको ८ नं. ले मान्यता दिनु पर्ने तात्पर्य संगोलको व्यवहार चलाउने जोसुकैले नगरुन, त्यस्तो लेनदेन कारोवारमा घरको मुख्य व्यक्तिको समेत सहिछाप हुनुपर्ने व्यवस्था गरेको प्रष्ट छ । लेनदेन व्यवहारको महलको ८ नं.वमोजिम घरको मुख्य व्यक्तिले व्यवहार गर्दा पनि अचल सम्पत्ति को विक्री व्यवहारको सम्वन्धमा सोही महलको १० नं. को पालना गर्नुपर्ने स्पष्ट छ । अर्थात लेनदेन व्यवहारको उक्त महलले मुख्य व्यक्ति संगोलको व्यवहारको सम्वन्धमा कानूनद्धारा चयन गरिएको व्यक्ति भए पनि निजले कानून छाडी विक्री व्यवहार गर्न पाउने देखिदैन निजले संगोलको व्यवहारको लागि ऋण लिंदा वा चल सम्पति नगदी जिन्सी इत्यादीको लेनदेन गर्दा संगोलको अरु अंशियारको मंजुरी चाहिने कानूनी वन्देज नभए पनि निजले अचल सम्पतिको वेचविखन वा कुनै किसिमको हक हस्तान्तरण गरी अरुलाई दिंदा लेनदेन व्यवहारको १० नं. को कानूनी वन्देजको पालना गर्नु पर्ने वाध्यता देखिन आउने । § घरको मुख्य व्यक्तिले संगोलको अंशियारको मंजुरी वेगर सगोलको अचल घर व्यवहार चलाउनु पर्ने कारण देखाई वेच विखन गर्न पाउने भएको भए लेनदेन व्यवहारको १० नं. लाई सोही महलको ८ नं. ले संकुचित गरेको अर्थ हुन जाने र संगोलको सवै अचल निजले आफूखुशी गर्ने हुने थियो । कानूनको सो अर्थ र अभिप्राय नरहेको प्रष्ट छ । तसर्थ संगोलको यी वादीले आफ्ना आमा र भाइको मंजुरी नै नलिई गरेको व्यवहारलाई उक्त महलको १० नं. को कानून वमोजिम रितपुर्वकको व्यवहार भएको मान्न नमिल्ने । (प्र.नं. ११) पुनरावेदक तर्फबाटः विपक्षी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या. केदारनाथ उपाध्यायः पुनरावेदन अदालत नेपालगंजको मिति ०४९।७।२४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (ख)(ग) अन्तर्गत यस अदालतमा दोहोर्‍याई पाउँ भन्ने निवेदन परी यस अदालतको संयुक्त इजलासवाट मिति ०५२।३।१५ मा दोहोर्‍याउने निस्सा भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः २. रोल्पा आरुवा गाउँका मु. पूर्ण वहादुर वुढामगर जिम्मा १९९६ सालका पाखा मोठमा वाजे मनरखका नाउँमा दर्ता भई निजको शेषपछि वावा मोतीलाल ज्यान मुद्दामा थुनुवा हुँदा तालुकदारको नामसारी श्रेस्तावाट मेरो हक भोग भएको दर्ता घरवारी समेतको तिरो रु.।८५ मध्ये रु.।४२।२ मध्ये रु.।२१।२ को पुर्व र दक्षिण एक वहादुरको पाखो पश्चिम धनी के (दर्सन डांगी कै) पाखो उत्तर तेर्छौ वाटो यो ४ किल्लाको दाङखुरी मध्ये घरवारी भन्ने पाखो जग्गा कित्ता १ र ऐ मौजाका धन वहादुर खत्री जमा १९९८ सालको खेतका मोठमा वाजे मंद्रख भन्ने मनराजका नाउँमा दर्ता भई ऐ.ऐ. व्यहोरावाट हकभोग भएको दर्ता माटो मुरी ।४० मध्ये माटो मुरी । । १० दश पाथीको तिरो रु.।५ पैसा लागेको पुर्व लाल वहादुरको पाखो पश्चिम र दक्षिण धनीको (ट्रसन डांगीको) खेत उत्तर जमन खेत यी ४ किल्ला भित्रको वासी भन्ने टार