निर्णय नं. ६३२५ - वन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३२५ - वन्दीप्रत्यक्षीकरण भाग: ३९ साल: २०५४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५३/११/१५ २२८० निर्णय नं. ६३२५ ने.का.प. २०५४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधश श्री कृष्ण कुमार वर्मा २०५३ सालको रिट नं..................२४०१ फैसला मितिः ०५३।११।१५ मुद्दाः वन्दीप्रत्यक्षीकरण । पुनरावेदक वादीः वर्दिया जिल्ला गुलरिया गा.वि.स. वडा नं. १ मा वस्ने वर्ष ७० की चाहना श्रेष्ठ समेत २ बिरुद्ध विपक्षी वादीः वांके जि.वागेश्वरी गा.वि.स.वडा नं. २ खजुरा वजार घर भै हाल वर्दिया जि.गुलरिया गा.वि.स. वडा नं. १ गुलरिया वजार मलंगा टोल शिमल चोकमा वन्धू ट्रेडस पसल गरी वस्ने इन्द्र कुमार श्रेष्ठ । § लोग्ने स्वास्नीको ३ नं. वमोजिम लोग्ने स्वास्नीको सम्वन्ध विच्छेद हुने नहुने विवादमा निर्णय गर्दाको अवस्थामा नावालक छोराछोरीको पालनपोषण कसले गर्ने भन्ने कुराको पनि निर्णय हुने उल्लेखित ऐनले नै प्रष्ट व्यवस्था गरेको छ । कानून वमोजिम अधिकार प्राप्त अदालतबाट निर्णय हुने विषय वस्तुमा निर्णय हुनु पुर्व नै रिट क्षेत्रबाट हस्तक्षेप गर्न मिल्ने अवस्था नदेखिने । (प्र.नं. ८) निवेदक तर्फबाटः विपक्षी तर्फबाटः अवलम्वित नजिरः आदेश न्या.कृष्णजंग रायमाझीः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८ (२) वमोजिम पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः २. म सिता श्रेष्ठकी विपक्षी इन्द्र कुमार पति हुनुहुन्छ । निजले २०४२ साल तिर म सँग भेट भई म अविवाहित छु मैले विवाह गरेको छैन भनी म निवेदिकासँग प्रेम गरी २०४३ साल देखि दाम्पत्य जीवन शुरु गरी विपक्षीले निजको घर लग्नू भयो । हामीवाट २०४६ सालमा १ छोरी चाहना श्रेष्ठ र २०४८ सालमा छोरा उत्सव श्रेष्ठको जायजन्म भएको थियो । विपक्षी ति इन्द्रकुमारले २०४९ साल देखि कुटपीट गरी हेला गर्ने मार्ने धम्की समेत दिने कार्य गरेकोले वाध्य भई वर्दिया जिल्ला अदालतमा २०५३।८।६ मा सम्वन्ध विच्छेदको फिराद दायर गरेको छु । म संगै छोरा छोरी वसी निजहरुलाई पालन पोषण स्याहार संभार गरी आएकोमा म वर्दिया जिल्ला अदालतमा फिराद दर्ता गर्न जांदा म सँग गएका छोरा छोरीहरुलाई जवरजस्ती खोसी निज इन्द्र कुमार श्रेष्ठले लगी निज छोरा छोरीलाई कुटपिट गर्ने खान लगाउन नदिने पठन पाठनवाट वंचित गर्ने कार्य गरी निजकै घरमा राखि निज छोरा छोरीको नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११(१),१२(घ) मुलुकी ऐन लोग्ने स्वास्नीको महलको ३(१)(२) समेतवाट प्रत्याभूत हकमा र म निवेदिकाको समेत हक हनन् भएकोले निज छोरा छोरीलाई विपक्षीको गैरकानूनी थुना समेतवाट मुक्त गराइ यसै सम्मानीत अदालतमा उपस्थित गराई मेरो जिम्मा लगाई पाउँ । निवेदक छोरा छोरी म आमा सिता श्रेष्ठले पाल्न पाउने र निज छोरा छोरीले म आमासँग वस्ने पाउने लोग्ने स्वास्नीको महलको ३(१) (२) नं. ले कानूनी हक हो यस्तो हकवाट वंचित गरी म निवेदक समेतवाट छोरा छोरीलाई खोसी जवरजस्ती लाने कार्य गैरकानूनी छ । ३. हामी छोरा छोरी आमा सिता श्रेष्ठसँग वसी आएकोमा हामीलाई आमावाट खोसी जवरजस्ती वावुले लैजाने कार्य गैरकानूनी हो र हामीकोसँग वस्ने पाउने भन्ने कुरा कानूनले निर्धिारण गरेको हो र आपसी मंजुरी भएकोमा हामी दुवै जनाका वस्न सक्छौ र हामी वस्ने भन्ने कुरा भन्दा पनि मुख्य कुरा हाम्रो भविष्यको कुरा हो । हामीलाई हेला गर्ने कुटपीट गर्ने खान लगाउन नदिने शिक्षावाट वंचित गर्ने स्वास्थ उपचार वंचित गरी आफ्नो जीवन वर्वाद गर्ने कार्य भएको छ । ४. अतः माथ