निर्णय नं. ८९७१ - सशर्त हालैको बकसपत्र लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९७१ - सशर्त हालैको बकसपत्र लिखत दर्ता बदर भाग: ५५ साल: २०७० महिना: असार अंक: ३ फैसला मिति :२०६९/१०/२५ ६७०१ ने.का.प. २०७०, अङ्क ३ निर्णय नं.८९७१ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह ०६६–NF–०००२ फैसला मितिः २०६९।१०।२५।५ मुद्दाः सशर्त हालैको बकसपत्र लिखत दर्ता बदर । पुनरावेदक वादीः दोलखा जिल्ला माली गा.वि.स.वडा नं. ७ बस्ने गशेणप्रसाद दाहाल विरुद्ध प्रत्यर्थी / प्रतिवादीः ऐ.ऐ.बस्ने गजेन्द्रकुमार भन्ने परशुराम दाहाल शुरू फैसला गर्नेः मा.न्या.श्री रामचन्द्र राई पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री माधवप्रसाद चालिसे मा.न्या.श्री पुरुषोत्तम भण्डारी सर्वोच्च अदालतबाट फैसला गर्नेः मा.न्या. श्री गिरीश चन्द्र लाल मा.न्या.प्रा.डा.श्री भरतबहादुर कार्की § कसैले अरूको समेत हक लाग्ने आफूले दिन नहुने सम्पत्ति बकस गरिदिएकोमा हक पुग्नेले उक्त लिखत बदर गरिपाऊँ भनी दावी लिई जान सकिनेमा लिखत गरी दिने पक्षले नै आफूले गरिदिएको लिखत बदर गरिपाऊँ भनी दावी गर्न नमिल्ने । § हालैदेखिको बकसपत्र लिखत पारित भएकै मितिदेखि दिनेको हक समाप्त भई लिनेको हक सिर्जना हुने भएकाले सोही मितिदेखि पाउनेले सो सम्पत्ति आफूखुश गर्न कुनै कानूनले निषेध नगरेको अवस्थामा उक्त सम्पत्ति आफ्नो श्रीमतीलाई हालैको बकसपत्र पारित गरेको क्रियालाई कानूनविपरीतको कार्य भन्न नमिल्ने । (प्रकरण नं.४) § कारणीहरू बीच मौकामा जे व्यवहार गरिएको हो र लिखतमा जे व्यहोरा लेखिएको हो, सो लिखतबाट जे व्यहोरा देखिन्छ वा जस्तो व्यवहार भएको देखिन्छ अदालतबाट सो लिखतबाट देखिएको व्यहोरा वा भएको व्यवहारको घोषणासम्म गरिदिने हो । घरसारको कागजमा उल्लेख गरेको शर्त पारित बकसपत्रको लिखतमा उल्लेख भएको नदेखिएको अवस्थामा अहिले आएर अदालतले बिनाआधार र कारण सो शर्त पालना नगरेको भनी बोल्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक / वादी तर्फबाटः विद्वान वैतनिक अधिवक्ता वविता उप्रेती ढकाल प्रत्यर्थी / प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता केदार गौतम अवलम्बित नजीरः § नेकाप २०४५, नि.नं. ३४२६, पृ. ३६१ सम्बद्ध कानूनः फैसला न्या.दामोदरप्रसाद शर्माः सर्वोच्च अदालतबाट मिति २०६८।१।२५ मा भएको फैसला पुनरावलोकन गरिपाऊँ भनी वादीको तर्फबाट परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को खण्ड (ख) बमोजिम पुनरावलोकनको निस्सा प्रदान भई दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ :– हामी वादी प्रतिवादीहरू बीच घरायसी सल्लाहबमोजिम मिति २०३३।४।१ गते घरसारमा अंशवण्डा गरी आ–आफ्नो अंश भाग बुझी भोगचलन गरी आएकोमा म वादीको अंश भागमा परेको जग्गामध्ये दोलखा जिल्ला माली गा.वि.स.वडा नं. ७ को घुन्साफेदी घरबारी बीज माना ।।४ मध्ये मिति २०४२।११।२२ मा मेरो माइली श्रीमती टंककुमारी र कान्छी श्रीमती भागिरथी समेत भिन्न हुनुपर्दा घुन्साफेदी घरबारी बीज माना ।।४ को २ भागमध्ये १ भाग निज टंककुमारी र १ भागमा म वादी गणेशप्रसाद र भागिरथीको भाग लगाई टंककुमारीको १ भागमा निज टंककुमारी र म फिरादीसमेतको पालनपोषण गरी मरेउप्रान्त काजकिरीया गर्ने गरी शर्त बन्देज राखी बीज माना ।।२ को जग्गा मिति २०४३।१।१८ गते प्रतिवादी परशुरामलाई हालैको बकसपत्र पारित गरी दिएको थिएँ । निज प्रतिवादीले सो बकसपत्रको लिखतमा उल्लिखित शर्तसमेतको पालन नगरी झैझगडा कलह गरी मलाई धम्की त