निर्णय नं. ६३२६ - मोहियानी हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३२६ - मोहियानी हक कायम भाग: ३९ साल: २०५४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५३/०२/३० ५१९० निर्णय नं. ६३२६ ने.का.प. २०५४ अङ्क २ संयुक्त इजालास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत् २०५० सालको दे.पु.नं. .....१५७३ फैसला मितिः २०५३।२।३०।४ मुद्दाः- मोहियानी हक कायम । पुनरावेदक प्रतिवादीःजिल्ला दाङ सोनपुर गा.वि.स. वार्ड नं. ५ बस्ने कुल वहादुर बुढाथोकी । बिरुद्ध विपक्षी वादीः जि. दाङ लक्ष्मीपुर गा.वि.स. वार्ड नं. १ बस्ने काले कामी । § कानून जे जस्तो छ सो वमोजिम गरी व्याख्या गर्नु पर्ने दायित्व अदालतको हुने । § कार्यविधि सम्वन्धी व्यवस्था प्रचलित कानून वमोजिम हुने हुँदा लगत प्रकाशन सम्वन्धी व्यवस्था नै समाप्त भएपछि सो प्रकाशन भए नभएको र त्यसको औचित्य समेत नहुने हुँदा लगत प्रकाशनको रीत वेरीततर्फ विचार गरी रहनु पर्ने अवस्था नै विद्यमान रहेको संझनु नपर्ने । (प्र.नं १२) § लगत प्रकाशनको आधार वाहेक सरजमीन समेतलाई मोहियानी समिति दाङले निर्णयाधार बनाएको पाइन्छ । भूमि सम्वन्धी नियम, २०२१ मा २०३९।२।३ को नवौ संशोधनले मोही सम्वन्धी विवादमा संधियार र स्थानीय व्यक्ति बुझी निर्णय गर्ने अधिकार समितिलाई प्रदान गरिएको पाइन्छ । सो वमोजिम संधियार सरजमीन व्यक्ति बुझी समितिले गरेको निर्णयलाई कानून विपरीत कार्यविधि अपनाएको भन्न नमिल्ने । (प्र.नं. १३) पुनरावेदक तर्फबाटः प्रत्यर्थी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.गोविन्द बहादुर श्रेष्ठः तत्कालिन न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ (५) को खण्ड (ख) (ग) वमोजिम तत्कालिन राप्ती अञ्चल अदालतको फैसला उपर अनुमतिको लागि तत्कालिन मध्य पश्चिमाञ्चल क्षेत्रिय अदालतमा अनुमतिको निवेदन परी अनुमति प्रदान नहुने आदेश भै सो आदेश उपर यस अदालतमा निवेदन परि पुनरावेदनको अनुमति प्रदान भै पुनरावेदनको लगतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :- २. वादी काले कामीका नाउँमा मोही कायम हुने ठहराई तत्कालिन उच्च स्तरिय समिति दाङबाट मिति २०४०।९।७ मा भएको निर्णय उपर विपक्षी कुल वहादुरले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकोमा उत्प्रेषणको आदेश द्वारा २ नं. अनुसूची लगत प्रकाशित नगरेको कुरालाई आंैल्याई २ नं. अनुसूची प्रकाशित गर्ने कार्यविधि पूरा गरी पुनः कारवाही पूरा गर्नु भनी २०४१।५।१७ मा परमादेशको आदेश जारी भै आएको प्रस्तुत मिसिल यस समितिमा मिति २०४२।५।२५ मा दर्ता गरी वादी प्रतिवादीलाई कानून वमोजिम म्याद जारी भएकोमा पक्ष विपक्ष म्यादमा हाजिर भै रुजु हाजीर रहेका । ३. उजुर दावीको दाङ लक्ष्मीपुर गा.पं. वार्ड नं. ८(क) कि.नं. ९३ को ज.वि.१-२-२ जग्गाको २ नं. लगत मिति २०४४।१।१३ मा प्रकाशित गरेको र ज.ध.को उक्त लगतमा कुनै दावी विरोध नभएको । ४. सरजमिनका अधिकांश व्यक्तिहरुले उजुरवालाले जोत भोग गरेको भनी व्यहोरा लेखाई दिएका आधारमा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५ (क) वमोजिम उजुर दावीको कि.नं. ९३ को पुरै जग्गामा वादी काले कामीका नाउँमा मोहीयानी हक कायम हुने ठर्हछ भन्ने मिति २०४४।८।१८।६ को मो.स. दाङको निर्णय पर्चा । ५. शुरुको निर्णय बदर गरि मेरो सुरु वयान जिकिर मुताविक विवादको जग्गा मेरो कायम सदर राखि पाऊं भन्ने समेत व्यहोराको कुल बहादुर बुढाथोकीको तत्कालिन राप्ती अञ्चल अदालतमा परेको पुनरावेदन पत्र । ६. विवादको जग्गामा प्रत्यर्थी वादी मोही भै जोती कमाई आएको मिसिलमा पेश भएका कबुलियत,