निर्णय नं. ६३२७ - कुटपीट, लुटपीट ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३२७ - कुटपीट, लुटपीट । भाग: ३९ साल: २०५४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५३/०७/२३ २७८३ निर्णय नं. ६३२७ ने.का.प. २०५४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेक्ष्ठ माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५१ सालको फौ.पु.नं...... ८३७ फैसला मितिः २०५३।७।२३ मुद्दाः कुटपीट, लुटपीट । पुनरावेदक वादीः दाङ जिल्ला त्रिभूवन नगरपालिका वार्ड नं. ७ कोटदाती वस्ने तारा वहादुर घर्ति समेत जम्मा ३ । बिरुद्ध विपक्षी वादीः ऐ.वार्ड नं. ७ संवार वगाले वस्ने अर्जुन गिरी । § पेश हुन आएको घा जाँच केश फारमबाट वादीको आंखा, ओठ र पिठ्यूंमा घा चोट देखिएको र दुवै पक्षबाट वारदातलाई स्वीकार गरिएबाट दोहोरो कुटपिट भएको भन्ने कुरा स्पष्ट हुन आएको छ । यस अवस्थामा कुटपिट ठहर गरी संजाय गरेको पुनरावेदन अदालत नेपालगंजको इन्साफलाई अन्यथा भन्नु पर्ने अवस्था नदेखिने । § फैसलाको इन्साफ खण्डमा नै कसुर गरे नगरे वारे विवेचना र ठहर हुनु पछर्, फैसला खण्डमा कसुरको ठहर बारे केही बोलिदैन भने तपसिल खण्डमा संजाय तोकिनु कानूनसँगत हुन नसक्ने । § तपसिल खण्ड फैसला खण्डको पुरक हुने हुँदा ठहर खण्डमा कसुर ठहर नगरी तपसिल खण्डमा संजाय तोकेकोलाई इन्साफ मिलेको भन्न नमिल्ने । (प्र.नं. १४) पुनरावेदक तर्फबाटः विपक्षी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.गोविन्द वहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत पुनरावेदन अदालत नेपालगन्जको फैसला उपर यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य यसप्रकार छः २. मिति २०४७ साल चैत्र २३ गते सांझ अं. ६ वजे तिर म आफ्नै घरमा राखेको किनारा पसलमा वसी रहेको र अन्य परिवार काम विशेषले अन्यत्र जानु भएको कुरा थाहा पाई अन्यायी दिल वहादुरलेआज फेला पर्यो यसलाई पसल वाहिर लगेर कुट भन्नासाथ अन्यायी तारा वहादुरले मलाई पसल वाहीर ल्याई मेरो विभिन्न अंगमा मुड्कीले हानी रगत पक्ष्य पार्दा अन्य विपक्षी त्रिशुली र दिल वहादुरले आगनमा राखेको दाउरा उठाई मेरो विभिन्न अंगमा कुटपीट गरी तारा वहादुरले मेरो कमेज समाती पसलवाट दिनभरि विक्री भएको जम्मा रु.९२५। समेत लगेकोले अन्यायीहरुलाई कुटपीटको १६ नं. वमोजिम सजाय गरी लुटपीटको विगो रु.९२५। दिलाई भराई लुटपिटको ६ नं. वमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. प्रतिवादी मध्येका म तारा वहादुर घर्तिलाई २०४७ साल चैत्र २३ गते वेलुकी अं. ५ वजे कुटपीट गरी १ तोला सुनको सिक्री, वेरुवा औठी, सिटिजन क्वार्ज घडी र नगद रु.१०,०८०। लुटपिट गरी लगेकोले मैले घरजाँच केश फाराम समेत वनाएकोले सोही कारणवाट क्रोधित भै वादी तथा वादिका भाइले कपोलकल्पीत वा वारदात खडा गरे मलाई कुटपिट लुटपिट गरेको वारदात देखि वच्न सकिन्छ कि भनी झूट्टा मुद्दा दायर गरेका हुन् । कुटपीट लुटपिट भएको होइन भन्ने प्र. मध्येको तारा वहादुर वादीले वारदत देखाएको दिन समयमा प्र. मध्येका हामी दिल वहादुर र त्रिशुली सेवा र वगोले कोट दाईको घरमा नभै दाङ त्रिभूवन नगर न.पा.वार्ड नं. ७ लायेको मिति २०४७।१२।२० गते खेतीपाती हेरचाह गर्न गई सांझ मात्र फर्कि आएका हो । वादीले उल्लेख गरेको मितिमा हामी घटनास्थल भनिएको ठाउँमा नभएको र वादीले नभएको वारदात कल्पना गरी खडा गरेका हुन् । फिराद दावी झूट्टा हो भन्ने समेत व्यहोराको प्रतिवादी दिल वहादुर घर्ति, त्रिशुली घर्ति र तारा वहादुर घर्ति समेतको छुट्टा छुट्टै व्यहोराको संयुक्त प्रतिउतर पत्र । ४. वादी प्रतिवादीका साक्षी वक्ूझि वा