निर्णय नं. ६३२९ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३२९ - अंश भाग: ३९ साल: २०५४ महिना: असार अंक: ३ फैसला मिति :२०५३/०९/१८ ३९२४ निर्णय नं.- ६३२९ २०५४ ने.का.प. अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य संवत् २०५२ सालको स.अ.दे.पु.इ.नं...................४२ फैसला मितिः ०५३।९।१८।५ मुद्दाः- अंश । पुनरावेदक प्रतिवादीः- गण्डकी अञ्चल लम्जूङ्ग जिल्ला खुदी गा.वि.स. वार्ड नं. १ तरापु वस्ने भरतमणी पोख्रेल । विरुद्ध विपक्षी वादी : नारायणी अञ्चल चितवन जिल्ला गितानगर गा.वि.स.वार्ड नं. ८ इन्द्रपुरी वस्ने वेदनिधि पोख्रेल । § मुलुकी (सातौ संशोधन) ऐन, २०३४ बाट अंशवण्डाको ३० नं. संशोधन हुँदा "यो ऐन प्रारम्भ हुँदा सम्ममा बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशवण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भाग शान्ति बमोजिम लिई पाई दाखिल खारेज समेत गराई सकेको वा वण्डा बमोजिम आफ्नो आफ्नो भागको अचल छुट्टा छुट्टै भोग विक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणवाट वण्डा भै सकेको ठहरेमा पछि वण्डापत्र रजिष्ट्रेशन भै सकेको छैन वा वण्डा घटी बढी असल कमसल भयो भन्न पाउँदैन । रजिष्ट्रेशन नभए पनि बण्डा भएको सदर हुन्छ भनी व्यवस्था भएको पाइन्छ । "यस्तो स्थितिमा मिति ०२०।२।११ को बण्डापत्रको लिखत तथा सो लिखत र अंश बुझेको भरपाईलाई सद्दे भनी गरेको वादीका वारीसको वयान, बादी प्रतिवादीको आमाको अदालतमा भएको बयान, मेदनी प्रसादले भरतमणिलाई राजिनामा पास गरीदिंदा छुट्टि भिन्न भएको दाजु भनी अन्तरसाक्षीमा बसेको अवस्था तथा भूमि सुधार चितवनमा ७ नं. फांटवारी दिंदा प्रतिवादीलाई अंशियारको रुपमा देखाउन नसकेको र लेखिए बाहेक अरु कुनैजग्गा मेरो छैन भन्ने मलाई यकिन छ भनी लेखेको अवस्था समेतको आधारमा व्यवहार प्रमाणवाट यी वादी प्रतिवादी बीच अंशबण्डा भएको छैन भन्न मिल्ने अवस्था नदेखिने । (प्र.नं. १८) पुनरावेदक तर्फवाटः- विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी । विद्वान अधिवक्ता श्री मो.शेष अव्वास । वादी तर्फवाटः- विद्वान अधिवक्ता श्री शम्भु थापा । अवलम्वीत नजीरः- x फैसला न्या.केशव प्रसाद उपाध्यायः- यस अदालत संयुक्त इजलासको मिति २०४६।३।८ को फैसला उपर दोहोर्याई हेरी पाउन श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरबारमा निवेदन परी यस अदालतको संयुक्त इजलासले मिति ०५२।२।१२ मा दोहोर्याउने निस्सा प्रदान गरी पूर्ण इजलासको दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ :- २. पिताजी विष्णु भक्तका २ श्रीमतीमा जेठी जमुना तर्फ म बेदनिधि जेठा र बिपक्ष भरतमणी माइला छोरा भएको, कान्छी श्रीमती कौशिला तर्फ मेदनी प्रसाद १, कान्छो भाई छ । घर परिवार ठुलो भएको कारणले २०१७ सालमा म बेदनिधि र कान्छो भाई मेदनी प्रसाद मानो सम्म छुट्टिई आ आफ्नो परिवार लिई चिवन इन्द्रपुरीमा गई पर्तिजग्गा आवाद गरी निर्वाह गरी आएकोमा परिवार वढ्दै गएकाले जीवन यापन गर्न कठिन परेको कुरा दर्शाई २०२० सालमा पहाड लमजुङ्ग आई पिताजीसँग अंश माग्दा भाई मेदनी प्रसादलाई मात्र अंश दिन्छु । बेदनिधि र भरतमणी एकै आमा पट्टिका छोरा हुँदा मेरा शेषपछि मात्र जो भएको वण्डा गरी लानु भनी भाई मेदनी प्रसादलाई मात्र जग्गाको अंशवण्डा गरी दिनु मैले उता चितवन इन्द्रपुरीमा नै बिभिन्न उपायवाट परिवारको पालन गर्दै आएकोमा गत २०३९ सालमा पिताजीको निधन भएकोले पहाड घरमा आई आफ्नो धर्म अनुसार काजक्रिया गरी सके