निर्णय नं. ६३३१ - सेवावाट अबकाश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३३१ - सेवावाट अबकाश भाग: ३९ साल: २०५४ महिना: असार अंक: ३ फैसला मिति :२०५३/०७/१४ २५४२ निर्णय नं.- ६३३१ २०५४, ने.का.प. अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा सम्वत् २०५२ सालको दे.पु.नं...................२७१५ फैसला मितिः ०५३।७।।१४।४ मुद्दाः- सेवावाट अबकाश । पुनरावेदक वादीः पशुपती विस्कुट इण्डट्रिज प्रा.लि.दुहवी सुनसरीको प्रबन्ध संचालक वशन्त कुमार चौधरी । विरुद्ध विपक्षी प्रतिवादीः जि.सुनसरी दुहवी वडा नं. ७ वस्ने राज कुमार वस्नेत । § जुन कसुरमा अभियोग लगाइएको छ, सो कसुर नै गरेको देखिन्न भने त्यस्तो आरोपित कसुरमा अवकाश दिन नमिल्ने । (प्र.नं.१३) पुनरावेदक तर्फवाटः- विद्वान अधिवक्ता श्री उमेश प्रसाद गौतम । विपक्षी तर्फबाटः- x अवलम्वीत नजीरः- x फैसला न्या.त्रिलोक प्रताप राणाः- पुनरावेदन अदालत, विराटनगरको इन्साफमा चित्त नवुझि यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यस प्रकार छ :- २. २०४९।१०।८ गते राती ८(४ को ड्युटी मेनगेटमा श्री राजकुमार वस्नेत भएको र निज ड्युटीमा आएको बेला कारखाना पछाडी प्रो.मैनेजर उद्दव प्रधान सरको क्वाटरमा रक्सी खाई गई भाडा मोल्ने मीना खवासलाई आंखा झिम्काई जिस्काएको र हात समातेकोले मीना कराउँदा उद्दव प्रसादले थाहा पाई किन यसो गरेको भन्दा गल्ती भयो सर भनी माफि माग्यो र हरि थापाले राजुलाई लिएर जानु भयो भनी जानकारीको लागि अनुरोध एवं ड्युटीमा आएको अवस्थामा पादक पदार्थ खाएर ड्युटी विपरीत कार्य गरेकाले आवश्यक कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको उद्दव प्रधान, प्रदिप भट्टराई, नवराज वास्तोला, हरि बहादुर थापा, केदार भट्टराई, ज्ञान बहादुर श्रेष्ठ समेतको पशुपती विस्कुट इण्डष्ट्रिज प्रा.लि.मा पर्न आएको छुट्टा छुट्टै प्रतिवेदन । ३. म यस कारखानाका प्रोडक्टशन मैनेजर उद्दव प्रधानको घरमा भाडा कुडा माझने समेत काम गर्ने हुँदा भाडा माझि रहेको अबस्थामा राजकुमारले मादक पदार्थ सेवन गरी म छेउमा आई मलाई आंखा झिम्काइ मेरो हात समाती हात पक्रेकाले मैले दीदि भनी कराउँदा निज उद्दव प्रधान बाहिर आई निजलाई हप्काई सम्झाई गरेपछि हरिथापाले बाहिर लिएर जानु भयो, आवश्यक कारवाही गरी पाउँ भन्ने समेत मीना खवासको मिति २०४९।१०।९ को निवेदन । ४. मिति ०४९।१०।८ गते तपाईको रात्री ८(४ को ड्युटीमा मादक पदार्थ सेवन गरी तपाईले कारखाना कम्पाउण्ड भित्र एउटा अवोध केटीमाथी हातपात गर्ने प्रयास गर्नु भएको वुझीन आउँदा उक्त घटनावाट प्रोडक्सन मैनेजरको पारिवारीक प्रतिष्ठा तथा नीज मिना खवासको व्यक्तिगत इज्जतमा धक्का पुर्याएको देखिन आएको हुँदा तपाईलाई श्रम ऐन, २०४८ को परिच्छेद ८ आचरण र सजांय सम्बन्धी महलको दफाहरुमा व्यवस्था भए बमोजिम हदैसम्मको सजाय किन नगर्ने ? पत्र पाएको ७ दिन भित्र चित्त वुझ्दो स्पष्टिकरण पेश गर्नु हुन भन्ने मिति २०४९।१०।११ को पत्र । ५. राजकुमार वस्नेतलाई सोधिएको ०४९।१०।११ को स्पष्टीकरणमा निजले म आफ्नो ड्युटीमा २० मिनेट ढिलो हाजिर भएको र हरि बहादुर थापा ड्युटीमा वसी रहेका र दिसा गर्न भनी पछाडी गएको चारैतिर लोकेशन लिनुपर्यो भनी मैनेजर क्वार्टरसम्म पुगेको, टि.भि.बाट विश्वामिन टेलिफिल्म दिइरहेको रहेछ, भाडा माझि रहेकी मीना खवासलाई टेलिफिल्म आइरहेको संकेत गरी कुइनामा छोइ दिएकोमा दिदी भनी सम्बोधन गरेकीले मैनेजर आइ के भो भनी सोध्नू भयो सबै कुरा बताएं गल्ती भएकोमा माफपाउँ भनी अनुरोध गरेको हुँ