निर्णय नं. ६३३२ - परमादेश समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३३२ - परमादेश समेत भाग: ३९ साल: २०५४ महिना: असार अंक: ३ फैसला मिति :२०५४/०२/२१ २२९६ निर्णय नं.- ६३३२ २०५४, ने.का.प. अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५२ सालको रिट.नं...... २४०९ आदेश मितिः ०५४।२।।२१।३ विषयः- परमादेश समेत । निवेदकः- जिल्ला कास्की पोखरा नगरपालिका वडा नं. १ बगर वस्ने अम्वर बहादुरु गुरुङ्ग । विरुद्ध प्रत्यर्थीः- पुनरावेदन अदालत, पोखरा । § एउटै जग्गाको बिषयमा वादी प्रतिवादी दुवैको फिराद परी कारवाही चलेकोमा एउटै मुद्दावाट वादीको सो जग्गामा हक पुग्ने नपुग्ने प्रश्नको निरोपण हुने हुँदा अर्को मुद्दामा पुनरावेदनको म्याद नदिए पनि बादीलाई असर नपर्ने । (प्र.नं.१०) निवेदकतर्फवाटः- विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर । विपक्षी तर्फवाटः- x अवलम्वित नजीरः- x आदेश न्या.ओमभक्त श्रेष्ठः- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत यस अदालतमा परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त ब्यहोरा र आदेश यस प्रकार छ : २. कास्की जिल्ला ढुंगेपाटन भन्ने प्लट नं. २०१ को शिशुवा आ.गा.पं. वडा नं. ९ कि.नं. १३४ को क्षेत्रफल १०-१२-२ जग्गा मेरो हक भोगको हुँदा दर्ता गरी खिचोला मेटाई हक कायम समेत गरी पाउँ भनी खिमराज सुवेदी उपर फिराद दायर गरेको निजै उपर जालसाजी मुद्दा समेत दायर गरेको थियो । त्यस्तै खिमराजले उल्लेखित कि.नं.को जग्गाका सम्बन्धमा म समेत उपर जग्गा हक कायम र जालसाजी मुद्दा दायर गरेको थिएं त्यस्तै खेमराजले उल्लेखित कि.नं. को जग्गाका सम्वन्धमा म समेत उपर जग्गा हक कायम र जालसाजी मुद्दा दायर गरेको थियो । ३. कास्की जिल्ला अदालतबाट म वादी भई दायर जग्गा हक कायम, खिचोला मुद्दामा मेरो हक कायम हुने र खिमराजले खिचोला गरेको ठहर्ने तथा २०२९।३।२९ को लिखत जालसाजवाट खडा गरेको ठहरी मिति २०४५।२।१७ मा वेग्ला वेग्लै फैसला भयो र खिमराज वादी भई दायर हक कायम जालसाजी मुद्दामा वादी दावी पुग्न नसक्ने ठहरिई फैसला भयो । ४. उल्लेखित फैसलाहरु उपर खिमराजको पुनरावेदन परी पुनरावेदन अदालत पोखरावाट म वादी भएको जग्गा हक कायम खिचोला र जालसाजी मुद्दामा शुरुको ईन्साफ उल्टी गरी दावीको कि.नं. १३४ को जग्गा धनमायाको देखिन आएको भनी मलाई हराई ३५ दिन भित्र सर्बोच्च अदालतमा पुनरावेदन गर्न जानु भनी २०४९।१।२९ मा फैसला भएको रहेछ सो मुद्दाहरुमा सम्मानित अदालतमा पुनरावेदन परी बिचाराधिनमा छ । सोही कि.नं. १३४ को जग्गाको विषयमा खिमराज वादी भै चलेको जग्गा हक कायम, खिचोला र जालसाजी मुद्दामा शुरु इन्साफ मुनासिव ठहराई २०४९।१।२९ मा भएको फैसलामा मलाई पुनरावेदन म्याद दिइएन । के भएको रहेछ भनी वुझ्न जांदा पुनरावेदन म्याद पाउँदैनौ भनी जवाफ दिएबाट सम्मानित अदालत समक्ष निवेदन पत्र साथ उपस्थित छु । शुरुवाट वादी दावी पुग्न नसक्ने ठहराएको फैसला उल्टी भै धनमायांको ठहर गरिएवाट शुरु र पुनरावेदन अदालतको फैसलामा तात्विक भिन्नता छ । तसर्थः म्याद पाउनु पर्ने स्पष्ट छ । अतः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११,१२(२)(ङ), धारा १६,१७ द्वारा प्रदत्त संवैधानिक तथा न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग), अ.वं.१९३ नं. द्वारा प्रदान कानूनी हक हनन् हुन गएको छ । तसर्थः खिमराज बादी र म प्रतिवादी भएको मिति २०४९।१।२९।२ मा छिनिएको जग्गा हक कायम खिचोला मेटाई पाउँ भन्ने मुद्दा र जालजासी मुद्दामा पुनरावेदन म्याद दिनु भनी प्रत्यर्थीका नाउँमा परमादेशको आदेश जारी गरी पाउँ भन