निर्णय नं. ६३३३ - उत्प्रेषण मिश्रीत परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३३३ - उत्प्रेषण मिश्रीत परमादेश भाग: ३९ साल: २०५४ महिना: असार अंक: ३ फैसला मिति :२०५३/०८/२६ २६६४ निर्णय नं.- ६३३३ २०५४, ने.का.प. अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्वत् २०५२ सालको रिट.नं...................१३८६ फैसला मितिः ०५३।८।।२६।४ विषयः- उत्प्रेषण मिश्रीत परमादेश । निवेदकः जिल्ला गुल्मी ग्वादी गा.वि.स.वडा नं. ६ वस्ने टासुराम ज्ञवाली । विरुद्ध विपक्षीः श्री लोक सेवा आयोग केन्द्रीय कार्यालय समेत २ । § निवेदकले लोक सेवा आयोगवाट प्रकाशित विज्ञापन नं. ९६३।०५२ अनुसार मेडिकल अधिकृत पदको लागि आन्तरिक प्रतियोगितात्मक परिक्षाद्वारा वढुवा हुने पदको लागि दरखास्त फारम पेश गरेकोमा खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदको लागि तोकिएको न्युनतम शैक्षिक योग्यता आवश्यक पर्ने होइन । लोक सेवा आयोगले विज्ञापन नं. ९६३।०५२ को लागि समेत एम.वि.वि.एस., एम.डी. वा सो सरहको शैक्षिक योग्यता तोकेको मिलेन र त्यसरी तोक्ने अधिकार विपक्षी लोक सेवा आयोगलाई छैन भनी लिएको जिकिर तर्फ हेर्दा, लोक सेवा आयेग (कार्यविधि) ऐन, २०४८ को दफा ७ मा आयोगवाट लिइने परिक्षाको विभिन्न तरिकाहरु तोकिएको छ जस भित्र विज्ञापन नं. ९६३।०५२ वमोजिम पदपूर्ति गरिने प्रकृया समेत समावेश भएको तथा उल्लेखित दफा ७ अन्तर्गतको परिक्षा सम्वन्धी शैक्षिक योग्यता समेत तोक्न सक्ने अधिकार सोही ऐनको दफा ८(१) ले आयोगलाई दिएको देखिन्छ । विज्ञापित जनरल हेल्थ सर्भिसेज अन्तर्गतको मेडिकल अधिकृत पद डाक्टरको भइ सो पदमा नियुक्ति हुने व्यक्तिको काम कारवाही प्रत्यक्षरुपमा जनस्वास्थ्यसँग सम्वन्धित भइ अति सम्वेदनशील भएको तथ्यलाई इन्कार गर्न सकिदैन । मेडिकल अधिकृतले गर्ने काम तथा निजको शीप र दक्षता निजको शैक्षिक योग्यताले समेत निर्देशित गर्ने कुरामा समेत कसैको दुईमत हुदैन । सर्वसाधारण जनताको स्वास्थ्य र जीवनमा आइ पर्ने रोग व्याधिको उपचारमा लाग्नु पर्ने डाक्टर जस्तो पेशा तथा कामको प्रकृतिले अतिनै संवेदनशिल पदका लागि लोक सेवा आयोग (कार्यविधि) ऐन, २०४८ को दफा ८(१) ले दिएको अधिकार वमोजिम नेपाल स्वास्थ्य सेवा नियमहरु, २०५१ को नियम ७ सँग सम्वन्धित अनुसूची ३(१) वमोजिम मान्यता प्राप्त शिक्षण संस्थावाट एम.वि.वि.एस. वा न्युनतम शैक्षिक योग्यताको रुपमा प्राप्त एम.डी. वा सो सरहको उपाधि प्राप्त हुनु पर्ने भनी तोकि सो शैक्षिक योग्यता नपुगेको निवेदकलाई प्रतियोगितावाट हटाउने गरी गरेको विपक्षी आयोगको निर्णयलाई अन्यथा भन्न सकिने अवस्था नदेखिने । (प्र.नं. १४) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री वद्री वहादुर कार्की विपक्षी तर्फवाटः विद्वान सरकारी अधिवक्ता श्री कृष्ण राम श्रेष्ठ अवलम्वित नजीरः- x आदेश न्या.मोहन प्रसाद शर्माः- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः- २. निवेदक मिति २०४६।३।११ गतेको निर्णयले रा.प.अ.प्रथम श्रेणी प्राविधिक हे.अ.पदमा सोही मिति देखि लागु हुने गरी नियुक्ती पाइ हाल सम्म सोही पदमा कार्यरत छु । विपक्षी लोक सेवा आयोगले मिति २०५२।२।१० मा प्रकाशित वि.नं. ९६३।०५२ (वढुवा) जनरल हेल्थ सर्भिसेज (मे.अ.) तर्फको रिक्त ५ पदको लागि योग्य उम्मेदवारवाट दरखास्त आव्हान गरेकोले रीत पुर्वकको फाराम भरी दरखास्त पेश गरेको थिए उक्त सूचनामा योग्यताको हकमा वढुवा हुने पदभन्दा एक श्रेणी मुनिको पदको सेवा प्रवेशको लागि निर्