निर्णय नं. ६३३४ - कीर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३३४ - कीर्ते भाग: ३९ साल: २०५४ महिना: असार अंक: ३ फैसला मिति :२०५३/०५/२५ २८८१ निर्णय नं.- ६३३४ २०५४, ने.का.प. अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०४९ सालको फौ.पु.नं. ......५९२ फैसला मितिः ०५३।५।।२५।३ मुद्दाः- कीर्ते । पुनरावेदक वादीः जि.म.डाम्ही भेडै गा.वि.स. वडा नं.२ वस्ने रामनारायण ठाकुरको छोरा वर्ष ४४ को रणेन्द्र कुमार ठाकुर । विरुद्ध विपक्षीः प्रतिवादी : ऐ.ऐ. वस्ने जवाहिर मिश्रको छोरा चन्देश्वर मिश्र । § वादीले आफैले राजीनामा गरी दिएको हो होइन भन्ने प्रश्न निरोपण भए पछि मात्र राजिनामा गरी लिने दर्ता गर्ने कार्य दुषित वा सही के हो भन्ने कुरा निरोपित भएपछि हद म्याद कति हुने वा नहुने भन्ने कुराको पनि टुङ्गो लाग्ने अवस्था श्रृजना हुने । (प्र.नं.१३) पुनरावेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया । प्रत्यर्थीतर्फवाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल । विद्वान अधिवक्ता श्री रामकृष्ण निरौला । अवलम्वित नजीरः- x फैसला न्या.लक्ष्मण प्रसाद अर्यालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदन अदालत जनकपुरको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त तथ्य यस प्रकार छ : २. स्व.राम नारायण ठाकुर बिपक्षीको पिताको नामवाट मैलै खरिद गरी जि.म.श्रेस्तामा मेरा नाउमा दा.खा. गराई लिएको तपसिलको जग्गा सदा सर्वदा देखि भोग चलन गरी आएको छु म धेरै जसो अस्वस्थ रहने भएकोले खेतीको कार्य लगायत अन्य कार्य इष्ट मित्रहरुबाट गराउने गरी आएको । प्र.रणेन्द्र पनि मेरो परिवार भित्र कै भएकोले मेरो खर्चवाट तपसिलमा लेखिएको जि.म.परौल तिलगढ गा.पं. वडा नं. ८ कि.नं. २०७, २११, २१५, २१८ र २६१ को ज.वि. ६(२(८.१÷२ जग्गा आवाद गर्ने आयस्ता दिने गरेको र त्यसको तिरो इत्यादी निज रणेन्द्रले नै तिरी आएको थियो । निज माथि मैले कुनै शंका गरेको थिइन । हाल जग्गा आवाद गर्न खर्च म बाट माग गरीएन आवत जावत पनि एकाएक वन्द गरेकोले र भेट्न खोज्दा पनि भेट्न इन्कार गरेकोले शंका लागि पत्तो लगाउँदा राम अन्चीत चौधरीबाट सम्पूर्ण जग्गा निजले आफ्ना नामबाट आवाद गरेको कुरा ०४४।३।२७ मा थाहा पाई रणेन्द्र कुमारलाई भेटी ०४४।३।३२ गते सोध पुछ गर्दा यो जग्गा मेरो हो र ०३३।१।६ गते मेरो नाममा राजीनामा भै आएको जग्गामा तपाईको कुनै सरोकार छैन भनेवाट आश्चर्यमा परी मा.पो.का. महोत्तरीबाट ०४४।६।६ मा नक्कल लिंदा मेरो नांउको सम्पूर्ण जग्गा कीर्ते चन्देश्वर खडा गरी राजीनामामा आफ्नू नाम उल्लेख गर्नु सर्वथा अन्यायपूर्ण हो । निजले कुन चन्देश्वर खडा गरी राजीनामा गराए निजैबाट खुलाई सनाखत गराई पाउँ । मैले राजीनामा गर्दै नगरेको लिखतको आधारमा विपक्षी प्रतिवादीले जग्गा आफ्ना नाममा गराई ०४४।३।२७ गते देखि खिचोला गरेकोले छुटैृ मुद्दा दर्ता गराएको छु । कीर्ते गर्ने रणेन्द्र कुमारलाई कीर्ते कागजको ७ नं. बमोजिम संजाय गरी पाउँ भन्ने समेत ब्यहोराको फिराद पत्र । ३. मेरो आफ्नो खेती सम्वन्धी कामकाज, गरेकोमा बिपक्षीको जग्गा आवाद तिरो भारो गर्ने गरेको भन्ने कुरा विश्वसनीय छैन । एकागाउँ ठाउँमा वस्दा विपक्षी मेरो घरमा आउने म विपक्षीको घर जाने कुराको कुनै महत्व राख्दैन । मैले बिपक्षीको जग्गा धन कीर्ते गरी खाने प्रयोजन नै छैन । वास्तविकता यो छ की वादीले जग्गा विक्री गर्दै खांदै गर्दा आर्थिक व्यवहार धान्न नसक्ने अवस्थामा झूठ्ठा उजुर गरी सम्पत्ति पाउन सकिन्छ क