निर्णय नं. ६३३५ - कर्तव्य ज्यान डाँका चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३३५ - कर्तव्य ज्यान डाँका चोरी भाग: ३९ साल: २०५४ महिना: असार अंक: ३ फैसला मिति :२०५३/१०/२१ ३०६४ निर्णय नं.- ६३३५ २०५४, ने.का.प. अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्वत् २०५२ सालको फौ.पु.नं. .......१२१४ सम्वत् २०५२ सालको फौ.पु.नं. ........१०८० फैसला मितिः ०५३।१०।।२१।२ विषयः- कर्तव्य ज्यान डांका चोरी । पुनरावेदक प्रतिवादीः धादिङ्ग जिल्ला जिवनपुर गा.वि.स.वडा नं.२ घर भै हाल केन्द्रीय कारागारमा थुनामा रहेको वर्ष २६ को नेप्टे भन्ने पदम बहादुर मगर समेत । विरुद्ध विपक्षी वादी : सानुमैयाको जाहेरीले श्री ५ को सरकार समेत । पुनरावेदक वादीः सानुमैयाको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी प्रतिवादीः धादिङ्ग जिल्ला जीवनपुर गा.वि.स. वार्ड नं. २ घर भै हाल केन्द्रीय कारागारमा थुनामा रहेको वर्ष २६ को नेप्टे भन्ने पदम बहादुर मगर समेत । § दण्डनीय कुरामा संलग्न व्यक्तिले अपराधिक दायित्व अर्कामा सार्ने प्रयास हुने सम्भावना रहेको तर आफूले दायित्व स्वीकार गरी अरुलाई उन्मूक्ती दिने स्थिति नरहने हुँदा निज आफैले मात्र हिर्काएकोमा अदालत समक्ष समेत सावित भएको देखिंदा त्यसलाई अन्यथा भन्नु मनासिव नदेखिने । (प्र.नं. ३५) पुनरावेदक वादी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री नन्द बहादुर सुवेदी पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री वच्चु सिंह खड्का अवलम्वित नजीरः फैसला न्या.लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत पाटनको मिति २०५१।९।१२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. २०४६।२।२२ का दिन मेरो पति प्रतिमान रुचाल मगर नु.जि.कुमारी गा.वि.स.वडा नं. ७ जान भनी गइ रहेको अवस्थामा १६.०० वजेको समयमा ऐ.वडा नं. ३ किटनी डाडा पुग्दा कमल वहादुर मगर, नेप्टे भन्ने पदम बहादुर, धन बहादुर मगर, ललित बहादुर मगर, सन्त बहादुर मगरहरुले मेरो पतिलाई लखेट्दै कोल्पुखोलामा लगी कुटपिट गरे छुट्टयाउन जांदा मलाई समेत कुटपिट गरेका थिए, मेरो घाँटीमा लगाएको आधा तोलाको तिलहरी एक, कानमा लगाएको आधा तोलाको रिङ्ग जोर एक, मेरो श्रीमानको नाडिमा लगाएको घडि एक नगद रु.३०००। यिनीहरुले लुटि लगेको र मेरो श्रीमानको विर अस्पतालमा उपचार हुँदा हुँदै मृत्यु भएको हुँदा निजहरुलाई कानून बमोजिम सजांय गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त । ३. विर अस्पतालको मुर्दा घरमा लास प्रकृति मुचुल्का गर्दा दुवै आंखा अर्ध खुल्ला, मुख खुल्ला, माथि पट्टिको ४ वटा दांत देखिएको, नाकको दुवै प्वाल र मुखवाट सेतो भातको सिता देखिएको पायौं । हातको कुइना वरिपरि निलो भएको सो हातको कुइनो भन्दा अ. १ इन्च माथि नाडिको भागमा २ वटा तिखो चिजले घोचेको गोलाकार दाग, रगत निस्किएको, दाहिने गोडाको नलि हाडमा अं. १र२ ४ इन्च लामो १र२ ४ इन्च चौडाई १ इन्च गहिराई भएको काटेको घाउ देखिएको व्यहोराको मुचुल्का । ४. मेरो छोरा नेप्टे भन्ने पदम बहादुरको श्रीमती शिवेलाई मृतकले भगाई स्वास्नी वनाई राखेका र उल्टै हामी बाबु छोरालाई खेतमा पानी लगाउन जांदा खेद्ने गरेको हुँदा म मेरो छोरा नेप्टे मगर, धन बहादुर मगर, सन्त बहादुर मगर, ललित बहादुर मगर समेत भई मिति ०४६।२।२२ गते किटनी डांडाको वाटोमा आई पुग्दा निज प्रतिमानलाई लखेटी कोल्पुखोला तर्फ जांदा निज १५।२० फिट अग्लो भिरवाट लड्यो र मेरो छोरो नेप्टे भन्ने पदम बह