निर्णय नं. ८९७२ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९७२ - अंश भाग: ५५ साल: २०७० महिना: असार अंक: ३ फैसला मिति :२०६९/०५/२१ ६५६५ ने.का.प. २०७०, अङ्क ३ निर्णय नं.८९७२ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री कमलनारायण दास मुद्दा नं.–०६८–DF–००१४ फैसला मितिः २०६९।५।२१।५ मुद्दा :– अंश । पुनरावेदक / वादीः जिल्ला दाङ, घोराही नगरपालिका वार्ड नं. १० घोराही बस्ने निर्मला रोका विरुद्ध प्रत्यर्थी / प्रतिवादीः जिल्ला दाङ, घोराही नगरपालिका वार्ड नं. १० घोराही बस्ने बालकृष्ण रोका यस अदालतको संयुक्त इजलासमा फैसला गर्ने न्यायाधीशहरू :– मा.न्या.श्री ताहिर अलि अन्सारी मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की § फिराद परिसकेपछि फैसला नहुँदै मुलुकी ऐनमा गरिएको संशोधनले छोरीलाई अंशियार कायम गरेको स्थितिलाई मुद्दा पर्दापर्दैको अवस्थामा एक अंशियारको जन्म भएसरह मान्नुपर्ने । (प्रकरण नं.३) § दावी नै नगरिएको विषयवस्तुमा निर्णय गर्न वा माग गरेको भन्दा बढी विषयमा अदालतले फैसला गर्न मिल्दैन भन्ने फैसलाको सामान्य नियम हो । तर, अंश जस्तो नैसर्गिक अधिकारको विषयमा वादीले दावी गरेको अवस्थामा कायम रहेको अंशियारको संख्या पछि फैसला हुँदाको अवस्थामा घटी वा बढी हुन गएमा प्रमाणको आधारमा अंशियारहरूको वास्तविक संख्याबमोजिम निर्णय दिनुपर्ने विशेष अवस्था हुन जाने । § एउटा बाबुबाट जन्मेको सन्तानले वा कुनै अंशियारले तत्काल कायम रहेको अंशियारको संख्याको आधारमा अंश मुद्दा दिए पनि मुद्दा चल्दाचल्दै अर्को सन्तानको जायजन्म भई अंशियारको संख्या बढ्न गयो वा कुनै अंशियारको मृत्यु भई कुल अंशियारको संख्या घट्न गएको अवस्था देखियो भने फैसला हुँदाको अवस्थामा कायम रहेको कुल अंशियारको संख्या यकीन गरी सो कायम रहेको अंशियारबीच बण्डा गर्ने गरी फैसला गर्नुपर्ने । (प्रकरण नं.५) § कानूनले कुनै व्यक्तिलाई पैतृक सम्पत्तिमा अन्य अंशियारसरह अधिकार प्रदान गर्ने व्यवस्था गर्‍यो भने जुन दिनबाट कानूनले त्यस्तो व्यवस्था गर्दछ सोही दिनबाट नयाँ अंशियारको जन्म भएसरह मान्नुपर्ने । (प्रकरण नं.६) § अंशहक जस्तो नैसर्गिक हकका सम्बन्धमा प्रचलित कानूनको संकुचित व्याख्या गरी मुद्दा चल्दाचल्दैको अवस्थामा थपिएका अंशियारले अंश नपाउने व्याख्या गर्ने हो भने छोरीले अंश पाउनुपर्ने भन्ने संशोधित कानूनको विपरीत हुन गई पक्षले न्याय पाउन सक्ने अवस्था नरहने । (प्रकरण नं.८) § अंश मुद्दा चल्दाचल्दैको अवस्थामा मुलुकी ऐनमा एघारौँ संशोधन भई छोरासरह छोरी पनि अंशियार भएको देखिएकोले वादीकी छोरीको प्राकृतिक जन्म पहिले नै भएको भएपनि कानूनबमोजिम अंशियारको रूपमा सोही संशोधित मितिमा जन्म भएको मान्नुपर्ने । § प्रचलित कानूनले प्रष्ट रूपमा उल्लेख गरेको विषयमा त्यसको अन्यथा अर्थ लाग्ने गरी व्याख्या गर्नु न्यायिक मान्यताविपरीत हुन जाने । (प्रकरण नं.९) पुनरावेदकका तर्फबाटः विद्वान अधिवक्ता गोपालप्रसाद शर्मा विपक्षी तर्फबाटः विद्वान अधिवक्ता विश्वप्रकाश भण्डारी अवलम्बित नजीरः सम्बद्ध कानूनः § सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(क) § अंशबण्डाको महलको १ नं. § जिल्ला अदालत नियमावली, २०५२ को नियम ७८ख(१), (२) फैसला न्या.रामकुमार प्रसाद शाहः यस अदालतको संयुक्त इजलासमा रायबाझी भै सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (क) बमोजिम पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– मुल अंशियार