निर्णय नं. ६३३६ - संशोधन दाखिल खारेज

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३३६ - संशोधन दाखिल खारेज भाग: ३९ साल: २०५४ महिना: असार अंक: ३ फैसला मिति :२०५३/०८/१० ३६८७ निर्णय नं.- ६३३६ २०५४, ने.का.प. अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५२ सालको दे.पु.नं. ......२८८० फैसला मितिः ०५३।८।१०।२ मुद्दाः- संशोधन दाखिल खारेज । पुनरावेदक/वादीः जि.रौतहट गा.वि.स. सखुअवा धमौरा वार्ड नं. १ वस्ने जुडी राउत मेडियारको छोरा वर्ष ४९ को वैद्यनाथ प्रसाद मेडियार । विरुद्ध विपक्षी/प्रतिवादीः जि.रौतहट गा.वि.स. मटिऔंन डुमरिया वार्ड नं. १ वस्ने हेमन्त चौधरी । § अदालतवाट भएका फैसला मुद्दाका पक्ष लगायत सवैलाई वन्धनकारी हुन्छ । त्यस्तो फैसलामा त्रुटी भएपनि कानून द्वारा निर्दिष्ट मार्ग अवलम्वन गरी वदर गराउन सक्नु पर्दछ । त्यसरी वदर गराउन नसकेमा त्यस्तो अन्तिम फैसला जे जस्तो भएपनि कानून सरह पक्षहरुलाई लागु हुन्छ । निर्णय फैसलालाई अन्तिम रुप नदिएमा विवादको अन्तिम टुंगो कहिले पनि लाग्दैन । त्यस्तोस्थिति मुद्दाका पक्षलाई मात्र हैन न्याय प्रशासनको सक्षमतामै शंका उत्पन्न भई अव्यवस्था सिर्जना हुन जान्छ । तसर्थ निर्णय फैसलाको अन्तिमताको सिद्धान्त (Finality of decision) लाई अङ्गिकार गरेको हुन्छ । (प्र.नं. १३) § अदालतवाट अन्तिम भएको विषयमा मालपोत कार्यालय लगायतले परोक्ष रुपले अन्यथा निर्णय गर्न पाउने हो भने न्यायिक निर्णयको चरित्रमा र न्यायपालिका प्रतिको जनआस्थामै प्रतिकूल असर समेत पर्न जान्छ । तसर्थ संशोधन गर्न नमिल्ने ठहर्‍याई अदालतले गरेको फैसला अन्तिम भै रहेको अवस्थामा मालपोत ऐन अनुसार भनी कि.नं. संशोधन गरी दिने ठहर्‍याएको शुरु मालपोत कार्यालय, रौतहटको मिति ०४८।२।२६ को निर्णय उल्टी गर्ने गरेको पुनरावेदन अदालत, हेटौंडाको इन्साफ मनासिव ठहर्छ । (प्र.नं. १४) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री कमल नारायण दास विपक्षी तर्फबाटः x अवलम्वित नजीरः x फैसला न्या.लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत, हेटौंडाको मिति ०५१।८।१५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छः २. विपक्षीले म सँग रु.१५,०००। लिई सो रुपैंयामा सखुअवा धमौरा गा.वि.स. वडा नं. ७ कि.नं. १४९ को ज.वि. १-१८-० जग्गा ०३३।३।८ मा गरिएको फार्छे लेखत पारीत गरी पाउँ भनी रौ.जि.अ. मा नालिस गर्दा ०३४।१।६ को फैसला बमोजिम पारीत हुने ठहरी यसै कार्यालयवाट पारीत भई दा.खा. हुँदा मेरो लेखतमा गलत कि.नं. उल्लेख भएको कारण कि.नं. १४२ को १-१८-० जग्गा मेरो नाममा दर्ता भएकोले वास्तवमा कि.नं. १४२ को जग्गा दर्ता हेमन्त चौधरीको नभई चन्द्रकला देवीको भएकोले दर्ता श्रेस्तामा कि.नं. १४९ को १-१८-० जग्गा कायम हुने गरी संशोधन गरी पाउँ भन्ने वैद्यनाथ प्रसादको निवेदन परी कार्यवाही चली रहेको रहेछ । ३. मैले ०३३।३।८ मा वैद्यनाथ प्रसाद मेडीहारलाई जि.रौ.गा.प.सखुअवा धमौरा वार्ड नं. ७ कि.नं. १४२ को ज.वि. १-१८-० को लेखत गरी दिएकोमा रौ.जि.अ.को फैसला बमोजिम सो लेखत पारीत भएकोमा पछिवाट कि.नं. १४२ को सट्टा १४९ को कायम गरी पाउन रौ.जि.अ.मा नालेस गरेकोमा दावी पुग्न नसक्ने ठहरी ०४३।३।२९ मा भएको फैसला उपर पुनः निजले नारायणी अञ्चल अदालतमा पुनरावेदन गर्दा शुरुको फैसला मनासिव ठहरी ०४५।९।२२मा ना.अं.अ.वाट फैसला भएको हुँदा मेरो नामको कि.नं. १४९ को १-१८-० जग्गा विपक्षी वैद्यनाथ प्रसादको नाममा यस