निर्णय नं. ६३३७ - जवरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३३७ - जवरजस्ती करणी भाग: ३९ साल: २०५४ महिना: असार अंक: ३ फैसला मिति :२०५३/११/२१ ३५०७ निर्णय नं.- ६३३७ २०५४, ने.का.प. अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा सम्वत् २०५१ सालको फौ.पु.नं. ......७८९ फैसला मितिः ०५३।११।२१।३ मुद्दाः जवरजस्ती करणी । पुनरावेदक/वादीः जि.कैलाली, थापापुर गा.वि.स. वडा नं. ७ वस्ने श्रीमती राम नारायणी चौधरी समेतको जाहेरीले श्री ५ को सरकार । विरुद्ध प्रत्यर्थी/प्रतिवादीः जि.कैलाली रतनपुर गा.वि.स. वडा नं. ७ वस्ने, धर्म सिं वम समेत जम्मा ६ । § प्रतिवादी मध्येको धर्म सिं वमले प्रहरीमा कागज गर्दा वारदात स्थल र समयमा सुती रहेको जाहेरवालीहरुलाई तानी समाई केही टाढा जंगलमा लगी पछारी स्तन समाउने लगायतका कार्य गरेकोमा स्वीकार गरेको तर लिंग उत्तेजित नभएकोले करणी नगरेको भन्ने देखिन्छ । सो वाहेक अरु सवै प्रतिवादीले करणी गरेको कुरामा प्रहरीमा सावित भई वयान कागज गरेको पाइन्छ । पिडित रामनारायणीले निज धर्म सिंहले करणी गरेको भनी प्रहरीमा र अदालतमा कागज गरी दिएको अन्य प्रतिवादीहरुले धर्म सिंहले पनि करणी गरेको भनी प्रहरीमा वयान कागज गरि दिएको देखिन्छ । धर्म सिंहको उमेर सो प्रहरीमा भएको वयान कागजमा नखुले पनि अदालतमा भएको निजको वयानमा ३३ वर्ष उल्लेख गरेको पाइयो । लिगं उत्तेजित पार्न पिडित केटीलाई नांगो राखी दुध मलेको निजको माथि चढेको आदि कार्य गरेको भनी सो वयानमा उल्लेख गरेकोले ३३ वर्षको उमेरदार व्यक्तिको लिंग सो अवस्थामा उत्तेजित नभएको भन्ने कुरा पत्यारलायक नहुने । § अदालतमा करणी गरेमा नै पूरा इन्कार रहेकोले सो इन्कारी वयान विपरित जवरजस्ती करणीको उद्योग ठहराएको फैसला उपर निजहरुको पुनरावेदन परेको नदेखिएकोले निजहरुको इन्कारी वयानको विवेचना गरी रहन नपर्ने । § जाँच गर्न आएका पिडितहरुको वस्तु निष्ठ रुपमा जाँच गरी के कस्तो देखिन आयो सो सम्म उल्लेख गर्नु पर्नेमा Impression हरफ लेख्न पर्ने सन्दर्भ आवश्यकता र अवस्था केही नभएकोमा सोलाई मात्र निर्णयाधार वनाउन मनासिव देखिन नआउने । § प्रस्तुत मुद्दामा कुनै पनि प्रतिवादीले उद्योग गरेको नभनी पिडितहरुले जवरजस्ती करणी भएको भनेका छन् भने घरमा सुतेको ठाउँबाट रातको समयमा समाई वन्दुक पड्काई लगी त्रसित पारी एकान्त जंगलमा लगि सकेपछि कुनै अपरझट कारण पर्न आई करणी गर्न नपाएको भन्ने कुरा देखिन नआउने । (प्र.नं. ४१) फैसला न्या.लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत दिपायल, मुकाम महेन्द्र नगरको मिति २०५०।११।१ को फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छः २. मिति २०४८।४।१६ गते राती गुलरिया फाँटतिर वन्दुक पट्केको आवाज आई वन्दुक पट्केको तर्फ जांदा मुन्ना सिंहको घरमा बहादुरपुरवाट आएका राम नाराययणी चौधरी समेतका आईमाईलाई प्र.धर्म सिं, वम, अर्जुन कुमार पाण्डे, सैजु चौधरी, विरु कामी, प्रेम वहादुर चौधरी समेतका मानिसले वन्दुक तरवार देखाई जवरजस्ती करणी गरे भनी राम नारायणी चौधरी समेतले भन्दा अभियुक्तहरुको पिछा गर्दै जांदा उक्त वारदातमा प्रयोग गरेको वन्दुक थान २ तरवार थान १ निज अभियुक्तहरु चढी गएको लडिया १ रांगा जिउ थान २ समेत वरामद गरी कारवाहीको लागी पेश गरेको छौं भन्ने प्र.स.नि.दीर्घ बहादुर शाहा समेतले सिमा प्रहरी चौकी रामपुरमा दिएको निवेदन । ३. राम नारायणी चौधरी समेतलाई वन्दुक तरवार देखाई जवरजस्ती गरेको सम्वन्धमा वरामद वन्दुक, तरवार प