निर्णय नं. ६३३८ - भ्रष्टाचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३३८ - भ्रष्टाचार भाग: ३९ साल: २०५४ महिना: असार अंक: ३ फैसला मिति :२०५३/१०/२३ ३४१२ निर्णय नं.- ६३३८ २०५४, ने.का.प. अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५० सालको फौ.पु.नं. ......७१३ सम्वत् २०५० सालको फौ.पु.नं. ......६१२ सम्वत् २०५० सालको फौ.पु.नं. ....... ७०३ फैसला मितिः ०५३।१०।२३।४ मुद्दाः भ्रष्टाचार । पुनरावेदक/वादीः श्री ५ को सरकार विशेष प्रहरी विभाग । विरुद्ध विपक्षी/प्रतिवादीः सिन्धुली जिल्ला सिद्धेश्वर आर्दश गा.वि.स. वडा नं. ५ वस्ने रमेश कुमार वस्नेत समेत । पुनरावेदक/प्रतिवादीः सप्तरी जिल्ला तरही गा.वि.स.वडा नं. ९ वस्ने सुलेमान खां । विरुद्ध विपक्षी/वादीः श्री ५ को सरकार विशेष प्रहरी विभाग । प’नरावदेक/प्रतिवादीः सिन्धुली जिल्ला सिद्धेश्वर आर्दश गा.वि.स. वडा नं. ५ वस्ने रमेश कुमार वस्नेत । विरुद्ध विपक्षी/वादीः श्री ५ को सरकार विशेष प्रहरी विभाग । § पुनरावेदन अदालत पाटनको २०४९।८।४ को फैसला उपर वादी विशेष प्रहरी विभागबाट यस अदालतमा पुनरावेदन परेको रहेछ । फौ.पु.ई.नं. १२ श्री ५ को सरकार विशेष प्रहरी विभाग वादी दिल वहादुर लामा समेत प्रतिवादी भएको भ्रष्ट्राचार मुद्दामा श्री ५ को सरकार वादी हुने मुद्दामा सरकारी वकीलले पुनरावेदन गर्नु पर्नेमा विशेष प्रहरी विभागवाट परेको पुनरावेदनवाट कार्यवाही गर्न नमिल्ने हुँदा प्रस्तुत पुनरावेदन खारेज हुने भनी यस अदालत पूर्ण इजलासवाट मिति २०५२।९।२० मा सिद्दान्त कायम भएको छ । प्रस्तुत मुद्दामा श्री ५ को सरकार विशेष प्रहरी विभागको तर्फबाट पुनरावेदन परेको सरकारी वकील तर्फबाट पुनरावेदन परेको नदेखिएबाट उक्त सिद्दान्त अनुसार विशेष प्रहरी विभागको तर्फको पुनरावेदन खारेज हुने । (प्र.नं. ३३) § विशेष प्रहरी विभागमा भएको वयान कागजको आधारमा मात्र कसुरदार ठहराउन मिल्ने नदेखिने । § आरोपित कसुर प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा अनुमानको आधारमा मात्र कसुर ठहराउन नमिल्ने । (प्र.नं. ३४) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली प्रतिवादी पुनरावेदक सुलेमान खां को तर्फबाटः विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने वादी श्री ५ को सरकारको तर्फबाटः विद्वान उप सरकारी अधिवक्ता श्री भोलानाथ चौलागाई फैसला न्या.केदारनाथ उपाध्यायः प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः २. मानिस सहिछाप तमसुक समेत कीर्ते गरी यस वैंकवाट ऋण लिनेमा मुख्य हात भएको भन्ने यस वैकलाई शंका लागेको घननाथ भन्ने राम प्रसाद भण्डारी समेत भएको फायल कारवाईको लागि तहां गएकोमा हाल पनि राम प्रसादको सहयोगवाट मोहन प्रसाद गौतम भन्नेले कुखुरा पालनको लागि भनी स्वीकृत भएको ऋण रु.२८,०००। मध्ये रु.२८,०००। भूक्तानी गैसकेकोमा निजको नाउमा स्वीकृत भएको २८,०००। मध्ये पहिलो किस्ता रु.७०००। मोहन प्रसादले नै र वांकी रकम निजको मन्जूरनामामा शालिक राम भन्नेले वांकी रकम वुझी लगेको तर मोहन प्रसाद गौतम भन्ने व्यक्ति यही हो भन्ने यकिन गर्न सकिएको छैन । उक्त ऋण दिने कार्यवाही भएको सक्कल तमसुक जग्गा धनी प्रमाण पुर्जा रसिद समेतका कागजात भएका फायल आवश्यक कारवाही गरी दिन हुन पठाइएको छ भन्ने समेत व्यहोराको मिति ०४१।१२।१८ को कृषि विकास वैंक काठमाण्डौं शाखाको पत्र । ३. मैले कृषि विकास वैंक काठमाण्डौं शाखावाट कुखुरा पालनको लागि राम प्रसाद भण्डारीको अख्तियारनामा लिई पटक पटक २८०००। झिकी निज राम प्रसादलाई नै वुझ