निर्णय नं. ६३३९ - अंश दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३३९ - अंश दर्ता भाग: ३९ साल: २०५४ महिना: असार अंक: ३ फैसला मिति :२०५४/०१/०२ २८३५ निर्णय नं.- ६३३९ २०५४, ने.का.प. अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे संवत २०५१ सालको दे.पु.नं........१९२९ फैसला मितिः ०५४।१।९।२ मुद्दाः अंश दर्ता । पुनरावेदक/वादीः जि.धनुषा तुलश्याही जवदी गा.वि.स. वार्ड नं.२ वस्ने किशोरी शाहको छोरा वर्ष ५० को नथुनी शाह । विरुद्ध विपक्षी/प्रतिवादीः ऐ.ऐ. वस्ने वुधनी देवी तेलीन समेत जम्मा ३ । § जानकी देवीले दिएको अंश मुद्दाको फैसला कार्यान्वयन हुन भन्दा पहिले नै दिनेशलाई गरिदिएको वकसपत्रको वांकी जग्गाको सम्वन्धमा तत्काल सगोलमा नै रहेको यी वादीले कुनै नालेस उजुर गरेको देखिन आउँदैन । यस स्थितिमा यी अंश छुट्टि सकेको वादीले प्रस्तुत अंश मुद्दा दिएको नाताले अवण्डा सम्पत्ति छुट्टयाई पाउन भनि दिएको दावी सरह अंश छुट्याउनु पर्ने कानूनी आधार समेत नदेखिने । (प्र.नं.१२) § अतः एक पटक अंश भाग छुट्टी नाउँसारी समेत गरी सकेपछि अंश पाउ भन्ने प्रस्तुत वादीको दावी नपुग्ने ठहर्याएको पुनरावेदन अदालत, जनकपुरको फैसला मनासिव ठहर्ने । (प्र.नं.१२) निवेदक तर्फवाटः- विद्वान अधिवक्ता श्री राम प्रसाद भट्टराई । विपक्षी तर्फवाटः- विद्वान अधिवक्ता श्री लभ कुमार मैनाली । अवलम्वित नजीरः- x फैसला न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत, जनकपुरको मिति २०५०।२।४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) वमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छः- २. स्व. बाबु किशोरी साह र आमा विपक्षी बुधनी देवीको म एक मात्र छोरा हुँ । मेरो २ श्रीमती मध्ये जेठी स्व.लक्ष्मी नियाको एकछोरा विपक्षी दिनेश तथा कान्छी जानकीवाट एक छोरा रमेश र छोरी ४ मध्ये जेठी जगतारनी देवी, माहिली परमिला, साहिली विपक्षी मनतोरिया र कान्छी सुनिता हुन । हामी मध्ये मेरो कान्छी श्रीमती जानकी देवी एका सगोलमा वस्न नसक्ता म समेत उपर २०४३ सालमा अंश मुद्दा दायर गरेकोमा निजले अंश पाउने ठहरी ध.जि.अ.वाट ०४५।१२।१९ मा फैसला भै सकेकोमा प्रतिवादी बुधनी र दिनेशले म सँग रिसईवि लिई मलाई मिति ०४७।४।२१ देखि खानलाउन समेत नदिई अंश समेत नदिएकोले विपक्षी जिम्माको सम्पूर्ण सम्पत्तिको तायदाती लिई ३ खण्डको १ खण्ड अंश पाउँ भन्ने समेत नथुनी साहको फिराद पत्र । ३. पुस्तावलीमा हाम्रो विवाद छैन । तर वादीको अंश हाम्रो जिम्मामा छैन प्र.मध्येका म दिनेशको आमा स्वर्गिय हुनु भएपछि विपक्षी वावुले जानकी देवी सँग दोश्रो विवाह गरेको र सौतेनी आमा घरमा ल्याएपछि निजले हामीहरुलाई हेरविचार समेत केही नगरी जानकी संगै वस्न जानु भयो । हामीलाई सोही वेला देखि छुट्टयाई दिएको हो पछि जानकी देवीलाई उचाली अंश मुद्दा दिन लगाए सोको वण्डा समेत भै सकेपछि मालपोत को कर्मचारीलाई आफ्नो प्रभावमा पारी निजले फैसला भन्दा वढी जग्गा आफ्नो भागमा पारी लिएकोमा सो उपर हामीले नालेस गरी सकेपछि सोही रिस इवीवाट यो मुद्दा दिएको हो । अंश पाई सकेकोले दोहोरो दिनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र । ४. प्रमाणको जानकी देवीले यीनै वादी समेत उपर दायर गरेको दे.नं. १०८४ को अंश मुद्दामा जानकी देवीले मात्र अंश पाउने ठहरी फैसला भएको समेतवाट यी वादीले अंश पाई सकेको भन्ने नदेखिएकोले ३ खण्डको १ खण्ड अंश पाउने ठहर्छ भन्ने समेत ०४९।२।१९ को ध.जि.अ.को फैसला । ५. वादीले फैसला भन्दा वढी अर