निर्णय नं. ६३४१ - उत्प्रेषणयुक्त प्रतिषेध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३४१ - उत्प्रेषणयुक्त प्रतिषेध भाग: ३९ साल: २०५४ महिना: असार अंक: ३ फैसला मिति :२०५३/११/०८ २४६४ नि.नं. ६३४१ २०५४, ने.का.प. अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्वत २०५२ सालको रिट नं. ...२६५६ आदेश मितिः २०५३।११।८।४ विषयः उत्प्रेषणयुक्त प्रतिषेध । निवेदकः ल.पु.जि.ठैव गा.वि.स.वडा नं. ६ वस्ने रामकृष्ण महर्जन समेत २ जना । विरुद्ध विपक्षीः ल.पु.जि.ठैव गा.वि.स.वडा नं. ७ वस्ने तुल्सीलाल श्रेष्ठ समेत ५ जना । § विवादको कि.नं. ११२ को जग्गाको जग्गाधनी गुठी रहेकोमा विवाद देखिंदैन । भूमि सम्वन्धी ऐन, २०२१ को दफा २५(३) (ख) ले गुठी संस्थानको अधिनस्थ जग्गा कमाउने व्यक्तिलाई मोहीको हक प्राप्त नहुने व्यवस्था गरेको देखिन्छ । गुठी संस्थान ऐन, २०२९ को दफा २६ (ग) को प्रतिवन्धात्मक व्यवस्थाको (१) मा यो ऐन वा भूमि सम्वन्धी ऐन, २०२१ वा अन्य प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि गुठी तैनाथी जग्गामा संस्थानले लिखित मजुंरी गरी मोहियानी प्रदान गरेकोमा वाहेक २०३० साल चैत्र मसान्त सम्म त्यस्ता जग्गामा कसैले मोहियानी हक प्राप्त गर्ने छैन र सो अवधि भित्र संस्थानले आफै खेती, वागवानी वा पशुपालन गर्न चाहेमा प्रचलित कानून वमोजिम मोही पजनी गर्न सक्ने याम समयमा जग्गा झिक्न सक्नेछ भन्ने व्यवस्था भएवाट २०३० साल चैत्र मसान्त अघि गुठी तैनाथी जग्गामा केवल कमाई गरेको आधारबाट मात्र मोही कायम हुन सक्ने अवस्था रहेको नपाइने । (प्र.नं १०) § निवेदक दिनेश कुमार वर्मा समेत विपक्षी महोत्तरी गुठी तहसिल तथा खर्च कार्यालय समेत भएको रिट नं. ११६७ को रिट निवेदनमा गुठी संस्थान ऐन, २०२९ को दफा २६ को प्रतिवन्धात्मक वाक्यांशले ०३० साल चैत्र मसान्तसम्म गुठी संस्थानले मन्जुर गरे वाहेक अरुमा मोही हक नलाग्ने व्यवस्था गरेको हुनाले ऐन वमोजिम मोहीले हक प्राप्त गर्न नसकेकोमा निवेदकको हक प्रचलन हुन्छ भनी निवेदकका माग वमोजिमको आदेश जारी गर्न नमिल्ने (ने.का.प. २०३४ अंक ७ नि.नं. १०७९ पृष्ठ २२१) भनी यस अदालतबाट सिद्धान्त प्रतिपादन भैसकेको देखिएवाट पनि २०३० साल चैत्र मसान्तसम्म गुठी अधिनस्थ जग्गामा गुठी संस्थानको लिखित मन्जूरी प्राप्त नगरेका निवेदकहरुलाई विवादित जग्गाको मोही हक प्राप्त हुन सक्ने स्थिति नदेखिने । (प्र.नं १०) § २०३० साल चैत्र मसान्तपछि पनि विवादको जग्गाको मोही हक प्राप्त गर्नका लागि निवेदककातर्फवाट कुनै कारवाही गरेको समेत देखिन आउँदैन । यस स्थितिमा निवेदकको विवादको जग्गामा मोही हक निर्विवादरुपमा स्थापित रहेको मान्न नमिल्ने । (प्र.नं १०) § वस्तुतः विवादित हकका सम्वन्धमा रिट क्षेत्रवाट यस अदालतको असाधारण अधिकार क्षेत्रको प्रयोग हुन नसक्ने । (प्र.नं १०) निवेदक तर्फबाटः वरिष्ठ अधिवक्ता श्री सिन्धूनाथ प्याकुरेल विपक्षी तर्फबाटः वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री पिताम्वर सिलवाल विपक्षी गुठी संस्थानको तर्फबाटः विद्वान अधिवक्ता श्री हेमराज सुवेदी अवलम्वित नजिरः § ने.का.प. २०३४, अंक ७ नि.नं. १०७९ पृ. २२१ आदेश न्या. हरि प्रसाद शर्माः- नेपाल अधिराज्यको संविधान २०४७, को धारा २३, ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. हामी निवेदकका पिता तथा पति राम बहादुर महर्जन जोताहा कायम भएको ल.पु.जि. ठैव ग.वि.स. वार्ड नं. ८ स्थित कित्ता नं. ११२ को क्षेत्रफल ५-५-०-० जग्गाको जग्गा धन