निर्णय नं. ६३४२ - कव्जा खिचोला मेटाई चलनचलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३४२ - कव्जा खिचोला मेटाई चलनचलाई पाउँ भाग: ३९ साल: २०५४ महिना: असार अंक: ३ फैसला मिति :२०५३/०५/०४ २५३१ निर्णय नं. ६३४२ २०५४, ने.का.प. अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा २०५१ सालको दे.पु. नं. ....... २०८४ फैसला मितिः २०५३।५।४।३ मुद्दाः कव्जा खिचोला मेटाई चलनचलाई पाउँ । पुनरावेदक/वादीःजयमलको छोरा सुर्खेत उत्तर गंगा गा.वि.स. वडा नं.२ बस्ने वर्ष ५६ को रन बहादुर वुढा विरुद्ध प्रत्यर्थी/प्रतिवादीः सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ६ बस्ने मागी बुढा । § अदालतवाट भएको नक्सामा जग्गाको स्थिति ठयाक्कै पुर्व पश्चिम उत्तर दक्षिण मिल्दैन अपितु केही तेर्सो गरी अवस्थित देखिंदा त्यस्तोमा नक्सा आदि गर्ने वेला दिशा किटान गर्दा कहिलेकांहि भ्रम पर्नु अस्वाभाविक हुँदैन र एउटा दिशा उल्लेख गर्दा अर्को पर्न जान्छ । त्यस्तोमा विवादको निपटारा भोग र वास्तविकतालाई मध्येनजर राखी गर्नु पर्ने । (प्र.नं. १५) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री शिवराज अधिकारी प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारी अवलम्वित नजिरः फैसला न्या.गोविन्द बहादुर श्रेष्ठः पुनरावेदन अदालत विरेन्द्रनगरको मिति २०५०।१०।२८ गतेको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. मेरा हक भोग दर्ताको सुर्खेत कटुकुवा गा.वि.स. वार्ड नं. ३ को हाल वीरेन्द्रनगर न.पा. वार्ड नं. ६ मा पर्ने साविक कि.नं. ५०५ को ज.वि.०-०-८ र सो मा बनेको २ तले ४ कोठे घर मध्ये मैले विपक्षीलाई ०४२।१।५ गते उत्तर तर्फको ज.वि.०-०-४ जग्गा र २ कोठा र २ तले घर रु ८०००। मा विक्री गरी मेरा नाउमा कि.नं. १२१३ र विपक्षी मा.कि.नं. १२१२ कायम भै आ आफ्नो हकको घर जग्गा चलन भोगगरी आई रहेकोमा कि.नं. १२१३ को ज.वि.०-०- जग्गा बाटोमा पर्न आई कित्ताकाट भै कि.नं. १३९२ ज.वि. ०-०-३ जग्गा अध्यावधी भोग गरी आएको र उक्त कि.नं. १२१३ को कित्ताकाट हुँदा १३९१ वाटोमा पर्न आएको कि.नं. १३९२ को जग्गा भएको २ कोठे २ तले घर भोग गरी आई रहेको अवस्थामा विपक्षीले मिति ०४९।६।१२ गतेको अ. १० बजेको समयमा कि.नं. १३९२ जग्गामा भएको घरको पुर्वतर्फको तल १ कोठा माथि १ कोठामा आफ्ना समान ल्याई राख्न लाग्दा यी कोठा र घर मेरा हुन तपाईको घर पछाडी पर्दछ भनी मलाई सामान राख्न नदिई कि.नं. १३९२ मा बनेको २ कोठा २ तले मूल्य रु.८०००। पर्ने घर समेत हडप कब्जा खिचोला गरेकाले खिचोला मेटाई चलन चलाई पाउँ भन्ने समेत फिराद पत्र । ३. वादी दावी मध्ये सुर्खेत कटुकुवा गा.पं.वानं. ३ हाल विरेन्द्रनगर न.पा.वार्ड नं. ६ स्थीत साविक कि.नं. ५०५ ज.वि.०-०-८ जग्गामा पुर्व सडक मोहडा तर्फ २ कोठा र पछाडी ३ कोठा त्यसैको मथिल्लो तलामा ४ कोठा भै पुर्व सडक को मोहडा पारी उत्तर तर्फ भूई तलामा सडक तर्फ एक कोठा पछाडी १ कोठा माथिल्लो तलामा २ कोठाको घर समेतको जग्गा ०४२।१।५ मा वादीबाट राजीनामा गराई लिई मेरो कि.नं. १२१२ र वादीको कि.नं. १२१३ कायम भएको हो हामी दुवैको सल्लाह र संयुक्त पुंजीबाट खरिद भएको उक्त कि.नं. ५०५ को जग्गामा हामी दुवैको संयुक्त रकमबाट उक्त जग्गामा पुर्व सडक मोहडा पारी २ कोठा पछाडी सोही आकार माथिल्लो तलामा पनि अगाडी २ कोठा पछाडी २ कोठाको घर समेत निर्माण गरी म.प्र.का. पति सुगुनेको नामबाट ग्राहक नं. ३१२ को विद्युत जडान