निर्णय नं. ६३४३ - वाली लुटपिट ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३४३ - वाली लुटपिट । भाग: ३९ साल: २०५४ महिना: असार अंक: ३ फैसला मिति :२०५३/११/२८ २५७३ नि.नं. ६३४३ २०५४, ने.का.प अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने सम्वत २०५१ सालको फौ.पु.नं.........१०५९ फैसला मितिः- २०५३।११।२८।३ मुद्दाः- वाली लुटपिट । पुनरावेदक/वादीः जिल्ला झाग झोली गा.वि.स. वडा नं. ९ वस्ने राधा देवी न्यौपानेको मु.स.गर्ने डिल्ली प्रसाद न्यौपाने । विरुद्ध विपक्षीः ऐ.ऐ.वस्ने भवानी शंकर आचार्य समेत ४ जना । § फौजदारी मुद्दामा शंकारहित तवरवाट दावी प्रमाणित गर्ने दायित्व वादी पक्षमा रहने । § फिराद लेखको आधारवाट मात्र लुटपिट गरेको ठहर्याउन न्यायोचित नहुने । (प्र.नं. १०) पुनरावेदक तर्फबाटः विपक्षी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.गोविन्द बहादुर श्रेष्ठः- न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदन अदालत जनकपुरको २०५१।४।२६ को फैसला उपर दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. मेरा दर्ताको कि.नं. २८,३७ को जग्गामा २०४७ सालमा धानवालि लगाएको म घरमा नभएको मौका पारी ९/१० जनाको हुलवल साथ विपक्षीहरु आइ २०४७ साल कार्तिक १९ गते विहान ८ वजेको समयमा जग्गामा प्रवेश गरी धान काटी, लुटी लगेकोले धान, पराल मासको हुने रु.९,१७५। प्रतिवादीहरुबाट दिलाई भराई सजाय गरी पाउँ भन्ने समेतको फिराद पत्र । ३. दावीको जग्गाको ५ भागको २ भाग दर्ता बदर हुने ठहरी हाम्रा नाउँमा दर्ता भएको जग्गाको ०४१ साल देखिको वालि नदिएकोमा मुद्दा दिन पर्ने हो वा वाली दिनु हुन्छ भन्दा मैले जानेको छु भन्दै रहनु भएको जालसाजी दर्ता बदर मुद्दा हारी सकेको, हामीले लुड्दै नलुटेको वाली लुटे भनी कल्पित मुद्दा दिएको हुदां वादीलाई नै सजाय गरी पाउँ भन्ने प्रतिवादीहरुको प्रतिउत्तर पत्र । ४. कि.नं. ३७ को जग्गाको कि.काट भै ५६ को जग्गा प्रतिवादीका नाम ०४७।९।१३ पत्रानुसार मा.पो.का. सिन्धुलीबाट दर्ता भएको दर्ता बदर मुद्दाको मिसिलबाट देखिन्छ । सो मिति भन्दा पुर्व कि.नं. ३७ को जग्गा राधा देवीकै स्वामित्वमा रहेको देखिंदा र वादीको साक्षीको बकपत्रबाट समेत समर्थन भएको देखिंदा दावी बमोजिम प्रतिवादीहरुले लुटपिट गरेको ठहर्छ भन्ने सि.जि.अ.को ०५०।२।२६ को फैसला । ५. हामीले ०४१ साल देखि ०४७ साल सम्मको वाली खाएकीमा मुद्दा दिएका छौं सो कुरा उक्त विगो मुद्दामा विपक्षीकै साक्षीले वकपत्र गरेका छन् हाम्रो हक जग्गाको वाली खाएकोमा सवै सालको वालि तिर्न बुझाउन पुग्ने गरी मन लागी विगो र लुटपिट नगरेकोलाई लुटपिट गरे भनि मुद्दा दिएकोमा शुरु जिल्ला अदालतले लुटपिट ठहराएको इन्साफ नमिलेको त्रुटिपूर्ण हुँदा उल्टाई जरिवाना फिर्ता गराई पाउँ भन्ने पुनरावेदन अदालत जनकपुरमा परेको पुनरावेदन । ६. यस्मा प्रमाणको अंश मुद्दाबाट अंश पाउने ठहरिएको पुनरावेदक प्रतिवादीहरुले आफूले अंश भाग पाउने ठहरेको मध्येको जग्गाको वाली लुटपीट गरेको ठहराएको शुरु फैसला फरक पर्ने देखिंदा अ.वं. २०२ बमोजिम विपक्षी झिकाउने भन्ने ०५०।११।२४ को पुनरावेदन अदालत, जनकपुरको आदेश । ७. वादीले आफ्नो फिरादमा लुटपिट भएको समय भनी विहान ८ बजे देखि ३ बजेको वारदात समय देखाएकोमा वादीका साक्षी प्रेमलालले विहान ८ बजे देखि ४ बजे सम्म लुटपिट भएको भन्ने र अर्को साक्षी हरि प्रसादले लुटपिट भएको समय विहान ८ वजे देखि ४ बजे सम्म भनी भनेवाट वादीको भनाइ र वादीका साक्षीको भनाई फरक परेको देखिन आएवाट र ल