निर्णय नं. ८८०२ - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८०२ - उत्प्रेषणसमेत भाग: ५४ साल: २०६९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६८/१२/०२ ३९४१ ने.का.प. २०६९, अङ्क ४ निर्णय नं. ८८०२ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री तर्कराज भट्ट रिट नं. २०६८–WS–००३९ आदेश मितिः २०६८।१२।२ विषयः उत्प्रेषणसमेत । निवेदकः नुवाकोट जिल्ला, नर्जामण्डप गा.वि.स.वडा नं. १ बस्ने सञ्चिता न्यौपाने विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § संवैधानिकता वा ग्तिचब ख्ष्चभक को प्रश्नमा अनुचित विलम्वको सिद्धान्त (Principle of Laches) लागू नहुने । § अस्थायी कर्मचारीको हैसियतले धेरै वर्षदेखि कार्यरत् कर्मचारीहरू बीच मात्र रिक्त पदको केही प्रतिशतमा सीमित प्रतियोगिता गराउने कार्य न्यायपूर्ण र त्यसबाट अर्काको हक जाँदैन भन्ने तर्क स्वीकार्य हुन नसक्ने । § मौलिक हक र संवैधानिकताको प्रश्नमा केही सीमित व्यक्तिको हितलाई विचार गरी निर्णय गर्न मिल्ने हुँदैन । सम्पूर्ण संवैधानिक व्यवस्था र संविधानको मर्म एवं केही सीमित व्यक्तिहरूको हितभन्दा सम्पूर्ण नेपाली जनताको हित हेर्नुपर्ने । (प्रकरण नं.१२) § अस्थायी कर्मचारीहरू बीच मात्र सीमित प्रतिस्पर्धा गर्ने व्यवस्था गरेको घरेलु तथा साना उद्योग विकास समिति कर्मचारी सेवा शर्त नियमावली, २०५५ मा थप भएको नियम ३.१.७(३) को व्यवस्थाले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १८ द्वारा प्रदत्त रोजगारी प्राप्त गर्ने नेपाली नागरिकको हक, धारा १२(३)(च) बमोजिम पेशा, रोजगार गर्ने स्वतन्त्रता तथा धारा १३ द्वारा प्रदत्त समानताको हकमा समेत अनुचित बन्देज लगाएको देखिन आएकोले मिति २०६८।१२।२ देखि अमान्य र बदर घोषित हुने । (प्रकरण नं.१३) निवेदकका तर्फबाटः विद्वान अधिवक्ताहरू तीर्थ बसौला, मातृकाप्रसाद निरौला र पूर्णचन्द्र पौडेल विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता महेश शर्मा पौडेल, विद्वान वरिष्ठ अधिवक्ता शम्भु थापा एवं विद्वान अधिवक्ताहरू ज्योति बाँनिया, रमणकुमार श्रेष्ठ, बल्लभ बस्नेत र सुरेश कार्की अवलम्बित नजीरः § नेकाप २०६७, वैशाख, नि.नं. ८२९२, पृ.२० सम्बद्ध कानूनः § घरेलु तथा साना उद्योग विकास कर्मचारी सेवा शर्त नियमावली, २०५५ को नियम ३.१.७(३) § विकास समिति ऐन, २०१३ को दफा ३ § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२, १२(३)(च), १३(१)(२)(३)(४), १८ आदेश न्या.ताहिर अली अन्सारीः नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ तथा १०७ (१) (२) अन्तर्गत दायर हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– मिति २०६८।८।१८ को गोरखापत्र दैनिकमा प्रकाशित विपक्षी पदपूर्ति समितिको सूचनामा “यस समितिद्वारा मिति २०६६।१।१८ मा राजधानी दैनिकमा सूचना प्रकाशन गरिएको पदपूर्ति सम्बन्धी विज्ञापनमध्ये आन्तरिक प्रतियोगितातर्फ विज्ञापन नं. ७३/०६५/६६ सीमित प्रतियोगितातर्फ विज्ञापन नं. ७५।०६५।६६, ७६।०६५।६६, ७७।०६५।६६, ७८।०६५।६६, ७९।०६५।६६ र ८०।०६५।६६ को परीक्षा कार्यक्रम २०६८।९।२२ र २३ गते विहान ८ बजे समितिको प्रधान कार्यालयमा सञ्चालन हुने व्यहोराको सूचना यस समितिको प्रधान कार्यालयको सूचना पाटीमा टाँस भएको” भन्ने व्यहोरा लेखिएको रहेछ । उक्त सूचनाको आधारमा विपक्षीहरूले एकातिर २ वर्ष ८ महिना पुरानो विज्ञापनको लागि हाल परीक्षा कार्यक्रम प्रकाशित गरेको र अर्कोतिर संविधान र कानूनविपरीत सीमित प्रतियोगिताबाट पदपूर्ति गर्न लागेको अवस्थ