निर्णय नं. ८३९८ - उत्प्रेषण परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३९८ - उत्प्रेषण परमादेश । भाग: ५२ साल: २०६७ महिना: असोज अंक: ६ फैसला मिति :२०६६/०७/२२ ४९६८ निर्णय नं: ८३९८ ने.का.प. २०६७ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६१ सालको रिट नं. ३५४८ फैसला मितिः २०६६।७।२२।१ विषयः– उत्प्रेषण परमादेश । निवेदकः काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. २५ बस्ने कीर्तिनारायण महर्जन विरुद्ध विपक्षीः पुनरावेदन अदालत, पाटन समेत § दुनियाँको विगोको रकम भराई दिने सम्बन्धमा कारवाही गर्दा ऋणीका नाउँमा कुनै सम्पत्ति नभै निजका एकासगोलका अन्य अंशियारका नाउँमा मात्र सम्पत्ति देखिएमा वा ऋणीका नाउँमा रहेको सम्पत्तिबाट बिगो भरीभराउको कार्य गर्न सम्भव नहुने भएमा वा ऋणीको नाउँको सम्पत्ति कमसल किसिमको देखिई सो सम्पत्तिबाट विगो रकम असूलउपर हुन नसक्ने भएमा सगोलका अन्य अंशियारको जेथाबाट दण्ड सजायको २६ नं. समेतको प्रक्रिया पूरा गरी बिगो असूलउपर हुन न्यायोचित हुने । (प्रकरण नं.३) § विगो भराई दिने सिलसिलामा प्रारम्भमै अदालतले साहूले देखाएको अन्य अंशियारको नाउँमा रहेको सम्पत्तिबाट बिगो भराउँदा ऋणीलाई भन्दा निजका अंशियारहरूको हकमा प्रत्यक्ष असर पुग्ने हुँदा सर्वप्रथम ऋणीकै नाउँमा रहेको जेथाबाट भरीभराउ गरी सोबाट असूलउपर नभएमा मात्र मुलुकी ऐन दण्ड सजायको २६ नं.लगायतका प्रचलित कानूनको प्रक्रिया अवलम्बन गरी अन्य सगोलका अंशियारको नाउँमा रहेको सम्पत्तिबाट बिगो असूलउपर गर्नुपर्ने । (प्रकरण नं.४) § लेनदेन मुद्दाको फैसलाबमोजिम वादीले प्रतिवादीसँग विगो भराई लिन पाउने कानूनी हक वादीमा निहीत भए तापनि सो हकलाई निरपेक्षरुपमा प्रयोग गर्न मिल्ने हुँदैन । दुनियाँका बीच हुने कारोवारमा साहूको हक र ऋणीको दायित्व समानान्तर रुपले क्रियाशील हुने हुँदा ऋणीको ऋण तिर्नु बुझाउनु पर्ने दायित्वलाई वाहेक गरी उसका अंशियारमा दायित्व सारी साहूको हकलाई क्रियाशील बनाउन नमिल्ने । § ऋणीले लिएको ऋणउपरको प्रथम दायित्व ऋणीमा नै निहीत रहने भएबाट दर्खास्तअनुसारको विगो दाखिला गर्नु भनी सर्वप्रथम ऋणीलाई नै सूचना दिई निजले विगो दाखिला नगरेमा साहूले दरखास्तमा देखाएको ऋणीको नाउँमा रहेको जेथाबाट कानूनबमोजिम विगो भरीभराउको काम कारवाही अगाडि बढाउनु पर्ने । (प्रकरण नं.५) § ऋणी वाहेकका ऋणीका अन्य सगोलका अंशियार वा ऋण खाँदा सँग बसेका पछि छुट्टी भिन्न भएका अँशियारहरूको समेत ऋणीले लिए खाएको ऋणका सम्बन्धमा कानूनी दायित्व रहने व्यवस्था मुलुकी ऐन दण्ड सजायको महलको २६ नं. बमोजिम रहने भए तापनि त्यस्ता व्यक्तिको दायित्व प्रथम पटक नै सिर्जना हुन नसक्ने । (प्रकरण नं.६) § कुनै व्यक्ति विशेषको निर्विवाद हक स्थापित सम्पत्ति लिलाम गर्नु पूर्व सुनुवाइको मौका दिनुपर्ने भन्ने प्राकृतिक न्यायको सिद्धान्तबमोजिम सम्पत्ति लिलाम गर्नु पूर्व दर्तावाललाई समेत आफ्ना धारणा अभिव्यक्त गर्न र आफ्नो सबूद प्रमाण पेश गर्ने अवसर दिई लिलाम गर्नुपर्ने । (प्रकरण नं.८) § मातहत अदालत वा सार्वजनिक निकाय वा सरकारी निकायबाट हुने कुनै पनि काम कारवाहीमा कानूनी वैधता सम्बन्धी प्रश्न समावेश भएको छ भने सो सम्बन्धमा यस अदालतले रिट क्षेत्रबाट तथ्यगत विषयमा समेत विवेचना गरी त्यस्तो निर्णय वा काम कारवाहीको वैधता परीक्षण गर्नुपर्ने । (प्रकरण नं.१०) § एक पटक कानूनको म्यादभित्र परेको निवेदनकै कारवाहीको क्रममा परेको पूरक प्रकृतिको निवेदनलाई दण्ड सजायको ६१ नं.को म्याद नाघी