निर्णय नं. ६३४५ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३४५ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ३९ साल: २०५४ महिना: असार अंक: ३ फैसला मिति :२०५३/०९/२२ २७९२ नि.नं. ६३४५ २०५४, ने.का.प. अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत् २०५१ सालको रिट नं. .......... २९०६ आदेश मितिः२०५३।९।२२।२ विषयः- उत्प्रेषणको आदेश जारी गरी पाउँ । निवेदकः- जि.वांके सोनपुर गा.वि.स. वार्ड नं. ५ वस्ने ऐसाना खां । विरुद्ध विपक्षिः- पुनरावेदन अदालत नेपालगंज समेत ४ जना । § वण्डा मुचुल्कामा चित्त नवुझ्ने व्यक्तिले दण्ड सजांयको ६१ नं. वमोजिम चित्त नवुझ्ने कुरामा तहसिलदार उपर जिल्ला न्यायाधीश समक्ष उजुर गर्न सक्ने कानूनी व्यवस्था भएकोमा जानकारी प्राप्त भई सकेपछि कानूनी उपचारको वाटो नअपनाई रिट क्षेत्रमा प्रवेश गरेको कानून सँगत नदेखिने । (प्र.नं. ८) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री प्रेम वहादुर खडका विपक्षी तर्फवाटः- विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल अवलम्वित नजीरः- x आदेश न्या.इन्द्रराज पाण्डेः- नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छः- २. हामी ४ जना मध्ये सिरताजा खां ले अंश छुट्टयाई पाउँ भनी हामी तिनै जनालाई प्र. वनाई नालिस गर्दा मिति २०४९।१०।२६ गते वादी प्रतिवादीले पेश गरेको तायदाती फाँटवारी वमोजिम २ भागको १ भाग मध्ये ३ खण्डको १ खण्ड वादी सिरताजाले प्र.हरुवाट अंश पाउने ठहर्छ भन्ने वांके जि.अ.को फैसला मनासिव भई पु.वेअ. नेपालगंज समेतवाट मिति २०५०।७।१७ मा फैसला भए वमोजिम वांके जिल्ला अदालतले वण्डा छुट्टयाउँदा म निवेदकका छुट्टै हांगा तर्फका हुँदा २ भागको १ भाग मैले अंश पाउनु पर्नेमा सो नगरी सम्पूर्ण ५ खण्डको १ खण्ड मात्र मेरो अंश हकमा छुट्टयाई वण्डा गरेको हुँदा चित्त नवुझि अ.वं. ६१ नं. वमोजिम १५ दिन भित्र वांके जिल्ला अदालतमा उजुर गर्दा कानून वमोजिम गर्नु भनी मिति २०५१।४।९ मा आदेश भयो । सो आदेशमा चित्त नवुझी अ.वं. १७ नं. वमोजिम पुनरावेदन अदालतमा उजुर गर्दा उक्त अदालतले फैसला वमोजिम वण्डा भएको छ छैन भनी निर्णय गर्नु पर्नेमा सो नगरी असरफा पठानीन र म वीच अंश मुद्दामा २०४५।१०।२७ गते वण्डा छुट्टयाउँदा चित्त वुझाई वसेको वादी सिरताजा र प्र.म. समेत भएको अंश मुद्दामा निवेदन जिकिरको मिति २०५१।३।२५ को वण्डा मुचुल्का वदर भै पुनः मिति २०५१।५।११ मा अर्को वण्डा मुचुल्का भै सकेको देखिंदा कानून वमोजिम गर्नु भनी पु.वे.अदालत नेपालगंजले आदेश गर्‍यो । ३. शुरु वांके जि.अ.को फैसला वमोजिम वण्डा छुट्याउने मिति २०५१।३।२५ को मुचुल्कामा चित्त नवुझी अ.वं. ६१ नं. वमोजिम निवेदन गरेकोमा कानून वमोजिम गर्नु भनी वांके जि.अ.वाट आदेश भएको उक्त आदेशमा समेत चित्त नवुझी अ.वं. १७ नं. वमोजिम पु.वे.अ.नेपालगंजमा निवेदन गरेकोमा कैफियतमा मिति २०५१।३।२५ को वण्डा मुचुल्का वदर भै पुनः मिति २०५१।५।११ मा वण्डा भई सकेको भनी आदेश भएको छ । मिति २०५१।३।२५ को वण्डा के कति आधारमा वदर भएको हो ? मलाई थाहा जानकारी छैन यसरी मिति २०४९।१०।६ गतेको वांके जिल्ला अदालतको ठहर खण्डमा तायदाती फाँटवारकिो २ भागको १ भाग भएको ३ खण्डको १ खण्ड वादीले अंश पाउने भनी फैसला भएको छ । तहशिल शाखाले फैसलाको व्याख्या गर्न सक्दैन । वांके जिल्ला अदालतको फैसलामा समपूर्ण समत्तिको २ भागको गरी १ भागको ३ खण्डको १ खण्ड अंश प्र.हरुवाट वादीले पाउने ठहर्छ भनी भएको फैसला