निर्णय नं. ८३९९ - उत्प्रेषण मिश्रित प्रतिषेध ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३९९ - उत्प्रेषण मिश्रित प्रतिषेध । भाग: ५२ साल: २०६७ महिना: असोज अंक: ६ फैसला मिति :२०६७/०३/२७ २९४० निर्णय नं: ८३९९ ने.का.प. २०६७ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६३ सालको रिट नं.–३४३८ आदेश मितिः २०६७।३।२७।१ मुद्दा– उत्प्रेषण मिश्रित प्रतिषेध । निवेदक जिल्ला पर्सा, बीरगञ्ज उपमहानगरपालिका वडा नं.७ अलखिया रोड पंजीकृत कार्यालय भई जिल्ला सर्लाही हरिऔन गा.बि.स.वडा नं.२ स्थित इन्दुशंकर चिनी उद्योगका अधिकार प्राप्त ऐ.उद्योगको अध्यक्ष विश्वनाथ केडिया विरुद्ध सर्लाही जिल्ला विकास समिति, जिल्ला विकास समितिको कार्यालय, मलगंवा, समेत § औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा ३(ग) ले चिनी र छुवालाई कृषिजन्य उद्योगमा समावेश गरेको देखिदैन । यस्तो अवस्थामा कृषकहरूले उत्पादन गरेको उखुलाई कच्चा पदार्थको रुपमा प्रयोग गरी चिनी उत्पादन गरेको भन्ने आधारमा मात्र उत्पादनमूलक उद्योगको रुपमा मान्यता पाई सोही आधारमा औद्योगिक व्यवस्था ऐनको सुविधा प्राप्त गरेको उद्योगलाई कृषिजन्य उद्योगको रुपमा मान्यता दिनुपर्ने अवस्था नदेखिने । (प्रकरण नं.३) § कुनै बस्तुमा कर लगाउने कार्य वा कुनै बस्तुलाई कर लाग्ने सूचीमा राख्नको लागि कानूनी अख्तियारी आवश्यक हुने । (प्रकरण नं.८) § कर लाग्न सक्ने बस्तुको सूची दिई उक्त बस्तुमा लाग्ने करको दर तोक्ने सीमित अधिकारभित्र कर लाग्ने बस्तु नै तोक्ने अधिकार नपर्ने । (प्रकरण नं.९) निवेदक तर्फबाटः विद्वान अधिवक्ताहरु श्री सुशीलकुमार सिन्हा र श्री अनिलकुमार सिन्हा विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री सरोजप्रसाद गौतम, विद्वान वरिष्ठ अधिवक्ता श्री महादेव यादव, विद्वान अधिवक्ता श्री राजु आचार्य अवलम्वित नजीरः सम्बद्ध कानूनः § नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ७३(१) § औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा ३(ग) § औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा ९(१)(क)(१), १०(क)(२) § स्वायत्त शासन ऐन, २०५५ को दफा २(थ), २१५(२) § स्वायत्त शासन नियमावली, २०५६ को नियम २०७, २०७(१)(च), (२) फैसला न्या.भरतराज उप्रेतीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार रहेको छ :– निवेदकले साविक औद्योगिक व्यवसाय ऐन, २०३८ अन्तर्गत मिति २०४१।१।२७ मा औद्योगिक इजाजत पाई मिति २०४१।३।९ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको साविक ऐनको दफा ९(१)(क) (१) अन्तर्गत परिभाषित उत्पादनमूलक ठूलो उद्योग हो । निवेदक उद्योग ठूला उद्योग भएकोले ऐ.दफा १०(क)(२) अन्तर्गत मूल्य अभिवृद्धिको आधारमा पाउने आयकर छुटको अलावा ऐ.दफा ९(१)(क) अन्तर्गत चिनीलाई उत्पादन मूलक आवश्यक उपभोग बस्तु उत्पादन गर्ने उद्योगको श्रेणीमा राखिएको हुनाले ऐ.दफा १०(क)(३) अन्तर्गत उत्पादनमूलक आवश्यक उपभोग्य बस्तु उत्पादन गर्ने उद्योगको रुपमा थप दुई बर्ष सरकारले सर्लाही जिल्लालाई तत्कालीन अविकसित क्षेत्र घोषणा गरेको हुनाले ऐ.दफा १०(क) (९) अन्तर्गत थप ३ बर्ष समेतको आयकर छुट र अन्तःशुल्क, बिक्रीकर एवम् भन्सार महसूल समेतमा छुट एवम् सहुलियत पाएको थियो । ऐनको दफा ३०(१) अन्तर्गत साविक ऐनलाई मिति २०४९।२।२७ देखि खारेज गरे पनि ऐनको दफा ३(क) मा चिनी उत्पादनमूलक उद्योगको परिभाषा भित्र नै रहेको र ऐन लागू हुँदा ऐनको अनुसूची ४ मा बर्णित राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगहरूको परिभाषा