निर्णय नं. ८४०० - जग्गा खिचोला ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४०० - जग्गा खिचोला । भाग: ५२ साल: २०६७ महिना: असोज अंक: ६ फैसला मिति :२०६७/०४/२३ ३९६४ निर्णय नं: ८४०० ने.का.प. २०६७ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रणबहादुर बम माननीय न्यायाधीश श्री प्रकाश वस्ती २०६१ सालको दे.पु.नं. ९२२९ फैसला मितिः २०६७।४।२३।१ मुद्दाः– जग्गा खिचोला । पुनरावेदक वादीः सुनसरी जिल्ला चिमडी गा.वि.स. वडा नं.७ बस्ने हुमन थान्दारको मु.स.गर्ने निजको छोरी रामवती थरुनी समेत विरुद्ध प्रत्यर्थी प्रतिवादीः सुनसरी जिल्ला चिमडी गा.वि.स. वडा नं.८ बस्ने रोशनारायण थान्दार समेत शुरू फैसला गर्नेः मा.जि.न्या.श्री कमलचन्द्र नेपाल पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री उद्घवप्रसाद बास्कोटा मा.न्या.श्री बोधरीराज पाण्डे § जग्गा खिचोलामा दावी गर्नु पहिला त्यस्तो सम्पत्तिमा दावी गर्ने व्यक्तिको हक स्थापित भएको हुनुपर्दछ । आफ्नो नाममा दर्ता भई हक स्थापित नै हुन नआएको जग्गामा खिचोला गरेको भन्ने दावी लिई फिराद गर्न नमिल्ने । § जग्गा कुनै व्यहोराबाट हक हस्तान्तरण गर्न पहिला त्यस्तो सम्पत्तिमा हक हस्तान्तरण गर्ने व्यक्तिको हक स्थापित भएको हुनु पर्दछ त्यसपछि मात्र त्यस्ता लिखतको कानूनी अस्तित्व र मान्यता रहने । § विवादित जग्गामा हक नै स्थापित भई नसकेको अवस्थामा त्यस्तो ब्यक्तिले गरिदिएको भनेको कथित शेषपछिको लिखतका आधारमा गरिएको दावी नै कानूनविपरीतको देखिने । (प्रकरण नं.३) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री नारायणप्रसाद दवाडी र श्री बोर्णबहादुर कार्की प्रत्यर्थी प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता श्री मुक्ति प्रधान अवलम्बित नजीरः सम्वद्ध कानूनः § अपुतालीको २० नं. § जग्गा मिच्नेको १८ नं. § जग्गा पजनीको १७ नं. § अ.बं. १८० नं. फैसला न्या.रणबहादुर वमः पुनरावेदन अदालत विराटनगरको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादीहरूको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । स्व. फुलचनको २ छोरामा जेठा स्व. ठकरू र कान्छा स्व. हिछु पटवारी हुन् । ठकरूका ४ छोराहरूमा जेठा स्व.कातिकलाल निसन्तान हुनुभएको, माहिला विपक्षी झवरू र रघुनन्दको बाबु तथा जितुको बाजे स्व.वतिलाल, साहिला शेषनारायण र भोगनारायणका बाबु स्व.जतन र कान्छा देवलालका बाबु तथा विदनारायणको बाजे स्व.लेक्ष्म थान्दार हुन् । कान्छा हिछु पटवारीका २ छोरामा जेठा म श्रीमती रामवती थरूनीका बाबु तथा म मधुरलालका दाजु हुमन र कान्छा म मधुरलाल थान्दार हौ । स्व. हिछु र ठकरू १९९८ सालमा भिन्न भएको र विपक्षीहरू पनि २०१५ सालमा भिन्न भएका हुन् । रैती नं.१६ का ३८–०–१५ मध्ये आधा जग्गा स्व.ठकरूका सन्तानले दा.खा. दर्ता गराएको र आधा जग्गा हिछु पटवारीका नाममा नापजाँच भई केही जग्गाको जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरी दाजु हुमन र म मधुरलालले नामसारी गराई मिति २०४९।२।८ मा दाजुभाइ बीच अंशबण्डा समेत भइसकेको छ । दर्ता हुन बाँकी रहेको जिल्ला सुनसरी गा.वि.स.चिमडी वडा नं. ८(ख) कि.नं.१७० को ०–२–१०, कि.नं १६९ को ०–४–१०, कि.नं. १७१ को ०–४–४, कि.नं. १७७ को ०–१–१९, कि.नं.४२ को ०–७–९, कि.नं ४४ को ०–१–१३, कि.नं ४६ को ०–१३–९, कि.नं १३५ को ०–१९–१४, कि.नं.१५६ को १–७–१६, ऐ. वडा नं. ८(ग) कि.नं ६० को ०–१५–७, कि.नं ६२ को ०–१–७, कि.नं ६३ को ०–६–१९, कि.नं ६५ को ०–८–०, कि.नं.६१ को ०–१२–९ ऐ. वडा नं. ८(घ) कि.नं १४ को ०–४–०, कि.नं १५ को ०–३–१०, कि. नं १६ को ०–२–४, कि.नं १७ को ०–३–९, कि.नं. १