निर्णय नं. ६३४६ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३४६ - भ्रष्टाचार भाग: ३९ साल: २०५४ महिना: असार अंक: ३ फैसला मिति :२०५३/०५/२६ ३४३८ नि.नं. ६३४६ २०५४, ने.का.प. अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी वहादुर सिंह माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत २०५२ सालको फौ.पु.नं. .....१००४,१२८५ फैसला मितिः- २०५३।५।२६।४ मुद्दाः- भ्रष्टाचार । पुनरावेदक/वादीः- श्री ५ को सरकार, विशेष प्रहरी विभाग । विरुद्ध विपक्षी/प्रतिवादीः- सुनसरी जिल्ला धरान न.पा. वडा नं. २ रत्ननगर वस्ने बिलोल पोखरेल समेत २ जना । पुनरावेदक/प्रतिवादीः- ऐ.ऐ.वस्ने ऐ.बिलोल पोखरेल । विरुद्ध विपक्षी/वादीः- श्री ५ को सरकार, विशेष प्रहरी विभाग । § नेविल वैकंको पत्रबाट प्रस्तुत मुद्दाको शुरुवात भै अनुसन्धान हुँदा प्रतिवादी विलोल पोखरेल विशेष प्रहरी समक्ष आरोपित कसुरमा सावित रहेको पाइन्छ । निजको साविति हेर्दा आफू नेपाल अरव वैंकमा कार्यरत रहंदा प्रमोद शर्मा, शोभनादेवी, शिव प्रसाद सिग्देलका काल्पनिक नाउँमा आफूले विभिन्न खाताहरु खोली सहिछाप समेत गरी कारोवार गरी विभिन्न मितिमा विभिन्न रकम निकालेको भन्ने देखिन्छ । त्यसरी नै शोभा देवीले समेत मेरो नाम शोभा भएकोले नाम फरक पारी खाता खोल्न नहुने हो तर मेरो श्रीमान विलोल पोखरेलले भने अनुसार शोभना देवीको दस्तखत गरी आएकी हुँ । उक्त खाताबाट कहां के कति रकम आउथ्यो र झिकिन्थ्यो मलाई थाहा छैन । मैले चेकमा सहि गरे पनि विवरणहरु मेरो पतिले नै भर्ने गर्नु हुन्थ्यो भनि विशेष प्रहरी समक्ष गरेको वयानबाट विलोल पोखरेलको साविती समर्थित हुन आएको पाइन्छ । विलोल पोखरेलले विशेष प्रहरी विभागमा गरिदिएको प्रमोद शर्मा, शिव प्रसाद सिग्देल लगायतका विभिन्न व्यक्तिको नामको नमुना दस्तखतसँग नेविल वैंकमा भूक्तानी दिएको चेकमा भएको दस्तखत भिड्न गएको विशेषज्ञको रायलाई निजले अदालतमा उपस्थित भई गरेको वकपत्रले समेत पुष्टयाई गरेकै देखिन्छ । निज प्रतिवादी विलोल पोखरेलले अदालतमा वयान गर्दा आरोपित कसुर गरेको छैन भन्ने लेखाए तापनि आफ्नो इन्कारीको समर्थनहुने अन्य आधार प्रमाण पुर्याउन सकेको पाईदैन । शोभाका नाउँको चेकमा विवरण मैले भरी सही मात्र शोभाले गरेको हुँदा रकम समेतको बारेमा शोभालाई थाहा नभएको ठिक हो भनि लेखाई दिएको देखिंदा शोभा देवीको वयानलाई समर्थन पुग्न गएको तथा आरोपित कार्य विलोल पोखरेलबाटै भएको भन्ने सिद्ध हुन आउँछ । अतः उल्लेखित आधार प्रमाणबाट प्रतिवादी विलोल पोखरेलले आरोपित कसुर गरेको होइन एवं भ्रष्टाचार निवारण ऐन, अन्तर्गत कारवाही हुन सक्ने होइन भन्ने विद्वान अधिवक्ताको भनाइसँग सहमत हुन नसकिने । (प्र.नं.२५) § प्रतिवादी शोभा पोखरेलको हकमा विचार गर्दा निजको नाउँको खाता नं. १४३८ को खाता संचालन भई कारोवार भएको कुरामा सहमत भएता पनि उक्त खातामा रकम कहांबाट जम्मा हुन्थ्यो कति जम्मा हुन्थ्यो र कति झिकिन्थ्यो भन्ने कुरा शोभालाई थाहा नभएको र उक्त खातामा रकम राख्ने झिक्ने तथा चेकमा विवरण भर्ने काम निजको श्रीमान विलोल पोखरेलले गर्ने गरेको भनि दुवै प्रतिवादीहरुको वयान कागजबाट समर्थित हुन आएको अवस्था रहेछ । माथि गरिएको विवेचना तथा लोग्नेको प्रभाव एवं दवाबमा परी जानकारी विना नै खाता संचालन भएको देखिएको आधारमा शोभा देवीको सक्रियता एवं संलग्नता रहेछ भनी मान्न सकिने ठोस एवं तथ्ययुक्त सवुद प्रमाणको अभाव रहेबाट निजले आरोपित कसुर गरेको भन्ने वादी दावी पुग्न नसक्ने । (प्र.नं.२६) पुनरावेदक तर्फबाटः x विपक्षी तर्फबाटः x अवलम्वित नजिरः x फैसला न्या.केद