निर्णय नं. ८४०१ - नागरिकताको प्रमाणपत्र रद्ध ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४०१ - नागरिकताको प्रमाणपत्र रद्ध । भाग: ५२ साल: २०६७ महिना: असोज अंक: ६ फैसला मिति :२०६७/०३/२२ ९७८७ निर्णय नं: ८४०१ ने.का.प. २०६७ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला माननीय न्यायाधीश गिरीश चन्द्र लाल संम्वत् २०६४ सालको फौ.पु.नं .............३७५ सम्वत् २०६६ सालको फौ.पु.नं. ............००४१ फैसला मितिः २०६७।३।२२।३ मुद्दा : नागरिकताको प्रमाणपत्र रद्ध । पुनरावेदक प्रतिवादीः काठमाडौ जिल्ला काठमाडौं, महानगरपालिका वडा नं. ११ थापाथली बस्ने पृथ्वीविक्रम सिंह विरुद्ध विपक्षी वादीः नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौं पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं, महानगरपालिका वडा न. ११ थापाथली बस्ने आदित्यविक्रम सिँह वेरुद्ध विपक्षी वादीः नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौं समेत § आमाको जन्म नेपालमा भई निजका सन्तानको जन्म समेत नेपालमा भएको भए पनि नेपाल नागरिकता ऐन, २००९ को प्रारम्भमा नै उल्लिखित भएको अनिवार्य व्यवस्था अर्थात् नेपालको नागरिक हुनको लागि नेपाल राज्यको आदिवासी (Domicile) हुनुपर्ने । (प्रकरण नं.६) § कुनै देशको आदिवासी कोही व्यक्ति हो, होइन भन्न त्यो व्यक्ति उक्त देशको स्थायी वासिन्दा हो, होइन वा त्यस व्यक्तिले सो देशलाई आफ्नो स्थायी बसोवास भएको देश मानेको छ छैन एवं कुनै व्यक्ति अर्को देशमा पेशा व्यवसाय वा अध्ययन अध्यापनको उद्देश्यले गएपनि उसको भित्री विचारमा उसले यदि म फलानो देशमा बसोवास गर्ने व्यक्ति हुँ भनी मानेको र त्यस देश मै बसोवास गर्ने मनसाय राखेको अवस्था छ छैन सो विचार गर्नुपर्ने । (प्रकरण नं.७) § वंशजको नाताले नागरिकता प्राप्त गरेका र नेपाली नागरिकताको प्रमाणपत्र नेपाल नागरिकता ऐन, २०२० अनुसार प्राप्त गरेकोमा सो ऐनको दफा ३ मा वंशजको नाताले नेपालको नागरिकता प्राप्तिको लागि सोही दफाको उपदफा (१) मा सो ऐन प्रारम्भ भएपछि जन्मेको कुनै व्यक्तिको बाबु निजको जन्म हुँदा नेपालको नागरिक रहेछ त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ भनी व्यवस्था गरिएकोले पिता भारतीय नागरिक भएको भन्ने कुरा स्वयं स्पष्ट गरेकाले सोही ऐनअनुसार वंशजको नाताले नेपालको नागरिक हुन नसक्ने । (प्रकरण नं.१०) शुरु निर्णय गर्नेः माननीय गृहमन्त्री श्री रामचन्द्र पौडेल पुनरावेदन फैसला गर्ने : मा.न्या. श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या.श्री केशरमान पती पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री शम्भु थापा, सुशील पन्त, प्रकाश राउत, राजन निरौला तथा रामचन्द्र सुवेदी विपक्षी वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री सरोज गौतम अवलम्वित नजीरःसर्वोच्च अदालत बुलेटिन, वर्ष १३, अङ्क ६, पूर्णाङ्क २८८, साल २०६१ सम्बद्ध कानूनः § नेपालको संविधान, २०१९ को धारा ७ § नागरिकता ऐन, २०२० § नागरिकता ऐन, २००९ को दफा (२) आदेश न्या.गिरीशचन्द्र लालः पुनरावेदन अदालत पाटनको मिति २०६२।५।१९ को फैसलाउपर प्रतिवादीहरूको दोहोर्याई हेरी पाऊँ भनी निवेदन परी यस अदालतबाट निस्सा प्रदान भई न्याय प्रशासन ऐन २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) बमोजिम यस अदालतको क्षेत्राधिकार भित्रको प्रस्तुत पुनरावेदन पत्र सहितको मुद्दाको संक्षिप्त तथ्य सहित ठहर यस प्रकार रहेको छ :– आदित्यविक्रम सिँह र पृथ्वीविक्रम सिंहले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट २०३६ सालमा तत्कालीन प्र.जि.अ. नन्दकुमार कार्कीसँग मिलेमतो र घूस लिनुदिनु गरी वंशज