निर्णय नं. ६३४९ - मोही नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३४९ - मोही नामसारी भाग: ३९ साल: २०५४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५३/०१/१८ २५५१ निर्णय नं.- ६३४९ ने.का.प, ०५४ अङ्क ४ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५२ सालको दे.पु.नं. .... ३०५० फैसला मितिः- २०५३।१।१८।३ मुद्दा :- मोही नामसारी । पुनरावेदक/वादी : जिल्ला सुनसरी छिटाहा गा.वि.स. वडा नं. ६ मा वस्ने विन्देश्वर राय अमात । विरुद्ध प्रत्यर्थि/प्रतिवादीः जिल्ला मोरङ विराटनगर नगरपालिका वडा नं. ३ मा वस्ने केदार वहादुर वरुवाल समेत जना २ । § पुनरावेदक वादीका वावु मौजेलालका नाममा भूमि सम्वन्धी ऐन, २०२१ वमोजिम विधिवत मोही हक प्राप्त गरेको देखिंदैन । यसरी वावुका नाममा नै दर्तावाला मोही हक प्राप्त भै नसकेको अवस्थामा यी वादीका नाममा मोही नाउसारी हुन नसक्ने । (प्र.नं. १२) § फिल्डवुकमा वादीका दाजको नामसम्म उल्लेख भएको कुरालाई वादीले आधार लिन खोजेकोमा, दाजुको नाउँको मोहीयानी हक भाईमा सर्न सक्ने कानूनी व्यवस्थाको अभाव रहेको पाइने । (प्र.नं. १२) § फिल्डवुकमा दाजुको नाउँ उल्लेख भएको र वादीले नै दावीको जग्गा जोत कमोद गरी रहेको भन्ने सर्जमीन लेखाई कै आधारमा पुनरावेदक वादीको नाममा मोही हक नामसारी हुन नसक्ने । (प्र.नं. १२) वादीका तर्फवाटः विद्वान अधिवक्ता श्री पुण्य प्रसाद अर्याल प्रतिवादीका तर्फवाटः अवलम्बित नजीरः x फैसला प्र.न्या.सुरेन्द्र प्रसाद सिंह: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :- २. गोविन्द वहादुर वरुवालका नाउँमा दर्ता रहेको जिल्ला सुनसरी छिटाहा गा.पं. अन्तर्गत वार्ड नं. ६ मा पर्ने ६-०-० पुर्व फौदार थान पश्चिम मुना प्रसाद उत्तर चुल्हाई अमात दक्षीण युगल कायस्थ चौहदी भएको जग्गाको मेरो पिता मोजीलाल रायले मोहीको हैसियतले जोती मोहीको १,२ नं. ४ नं. अनुसूची समेत भरेको थिएं । पिता २०२३ सालमा स्वर्गीय हुँदा नापीका वखत म वादी नावलक नै हुँदा स्व. दाजु भरत रायको नाम फिल्डवुकको कैफियतमा उल्लेख भएको थियो । दाजु पनि २०२९ सालमा स्वर्गीय भएपछि २०३२ सालमा दाजुको परिवारसँग छुट्टि भिन्न भए । उक्त जग्गा मध्ये २-१०-० जग्गा दाजु भरत रायको परिवार र वांकी जग्गा मैले जोती आएको छु । उक्त कि.नं. ४४ को कित्ताफोर भै मिता वरुवालको नाममा दर्ता कि.नं. १६९ को ज.वि. ३-२-१३.१/२ मध्ये दक्षीण तर्फबाट ज.वि. १-१७-१३.१/२ केदार वहादुर वरुवालको नाममा दर्ता रहेको कि.नं. ४३ को २-२-२.१/२ समेत जग्गा मोहीको हैसियतले जोती जग्गाधनीलाई वाली वाँडफाँड गर्दै आएकोमा यी जग्गाधनीहरुले कहिले पनि विवाद गरेको छैन र जग्गाधनीले नै मलाई पत्याई आएकोले भू.सु.ऐन, ०२१ को दफा २६(१) बमोजिम मोही नामसारी गरी प्रमाण पत्र पाउँ भन्ने वादी। ३. उक्त वादीको फिराद झूठा वनावटी मात्र हो यी वादीले जग्गा जोत कमोत गरी धनीलाई वाली बुझाएको भए भरपाई लिनुपर्ने सो नभएकोले विना भरपाई जग्गा जोतेको छु भन्न मिलेन । अर्को कुरा यी वादीका पिता मौजेलालले १ नं. लगत भरेपछि २ नं. अनुसूची प्रकाशन गर्नु पर्ने त्यसपछि मोहीलाई ४ नं. जोताहा अस्थायी निस्सा कार्यालयबाट दिनुपर्ने सो केही नगरी यी वादीको पिताको नाममा मोही कायम नभै छोराको नाममा नामसारी हुने प्रश्नै आउँदैन, यस मुद्दामा वादीले २ नं. ४ नं. निस्सा हरायो भरपाई लिएको छैन भनी लेखेको मिलेन गा.वि.स. छिटाहामा एकतर्फी सर्जमीन सिफारीस मात्रको आधा