निर्णय नं. ६३५० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३५० - उत्प्रेषण भाग: ३९ साल: २०५४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५३/०९/१२ २४८० निर्णय नं.- ६३५० ने.का.प, ०५४ अङ्क ४ संयुक्त इजलास का.मु. सम्माननीय प्रधान न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५१ सालको रिट नं. .... २६९९ फैसला मितिः- २०५३।९।१२।६ मुद्दा :- उत्प्रेषण । निवेदकः दोलखा जिल्ला लाकुरी डाडां गा.वि.स.वडा नं. ६ वस्ने प्रेम वहादुर तामाङ विरुद्ध विपक्षीः ६ नं. नापी गोश्वरा दोलखा चरीकोट समेत जना २ । § श्री ५ को सरकार भूमि सुधार तथा व्यवस्था मंत्रालयको मिति २०४८।११।२६ को भाग ३ खण्ड ४१ संख्या ४७ को राजपत्रमा प्रकाशित सूचनामा दोलखा जिल्ला समेतका केही जिल्लाहरुमा जग्गा नाप जाँच गर्दा जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ११ ख मा उल्लेख भएका अवस्थाहरु पर्न गै समस्या उठन गएको वा उठेमा सो समस्याहरु सुल्झाउने काममा आवश्यक निर्णय गर्न जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ११ ख वमोजिम समिति गठन गरी समितिको काम कर्तव्य र अधिकार तथा कार्य अवधि समेत तोकेको पाईन्छ । सो सूचना अनुसार समितिमा सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी अध्यक्ष, सम्वन्धित जिल्लाका समस्या एवं सरोकार परेको गा.वि.स.का सचिव सदस्य समेतको सात जना व्यक्तिहरु रहने गरी गठन विधि तोकिएको देखिन्छ, निवेकदले दावी लिएको जग्गाको सम्वन्धमा मिति २०५०।५।२० मा सो समितिबाट निर्णय गर्दा समितिमा रहनु पर्ने सात जना व्यक्तिहरु मध्ये पांच जनाको मात्र उपस्थित भै निर्णय गरेको देखियो । विवादको जग्गा निवेदकको नाउँमा नापी भएको कुरामा विवाद नभएको र निवेदकले आफूलाई बुझदै नबुझि प्राकृतिक न्याय सिद्धान्तको विपरित निर्णय गरेको भन्ने दावी लिएकोमा निवेदकलाई बुझी सुनवाईको मौका प्रदान गरेको भन्ने विपक्षीको लिखित जवाफमा देखिंदैन । निवेदकलाई बुझी सुनुवाईको मौका दिई निर्णय गरेको नदेखिंदा प्राकृतिक न्याय सिद्धान्तको विपरित निर्णय गरेको समेत देखिने । (प्र.नं. ६) § जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ११ ख अनुसार गठित समितिमा राजपत्रमा प्रकाशित सूचना अनुसार गणपुरक संख्या नपुगी निर्णय गरेकोले सो समितिलाई कानून वमोजिम गठन भएको समिति भन्न नमिल्ने । (प्र.नं. ७) § सवुद प्रमाणको मूल्याङ्कन नगरी र निवेदकलाई नबुझी त्यस्तो गैर कानूनी समितिले गरेको निर्णय स्वतः गैर कानूनी हुने हुँदा सो समितिले गरेको मिति २०५०।५।२० को निर्णय उत्प्रेषणको आदेशद्वारा वदर गरी दिइएको छ । अव कानून वमोजिम सवुद प्रमाणको मूल्याङ्कन गरी जो जे वुझनु पर्छ वुझि कानून वमोजिम निर्णय गर्नु भनी विपक्षी जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ११ ख वमोजिम गठित समिति दोलखाको नाउँमा परमादेशको आदेश जारी हुने । (प्र.नं. ७) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री नेत्रध्वज कार्की विपक्षी तर्फवाटः विद्वान सरकारी अधिवक्ता श्री सत्यनारायण प्रजापती अवलम्बित नजीरः x फैसला का.मु.प्र.न्या.ओमभक्त श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत निवेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. नापीमा दोलखा जिल्ला लाकुरी डांडा गा.वि.स. वडा नं. ६ कि.नं. ७६६ को जग्गा मेरो वाजे वखान सिंहको नाममा २०१३ सालको नम्वरी दर्ताको जग्गा भई अंशवण्डाबाट मेरो भागमा पर्न आई मेरो नामको तिरो दर्ताको जग्गा २०५० सालमा मेरो नाउँमा नापी भएकोमा मेरो नामको जग्गाधनी दर्ता प्रमाण पुर्जा नआएको हुँदा विपक्षी नापी गोश्वरामा बुझदा विपक्षी समितिबाट सरकारी पर्ति