निर्णय नं. ६३५१ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३५१ - परमादेश भाग: ३९ साल: २०५४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५३/०३/१९ २४१६ निर्णय नं.- ६३५१ ने.का.प, ०५४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५० सालको दे.पु.नं. .... १४४२ फैसला मितिः २०५३।३।१९।४ मुद्दाः परमादेश । निवेदक/पुनरावेदकः जिल्ला सप्तरी गा.वि.स. वैरीमरुवा वडा नं. १ वस्ने गंगा प्रसाद यादव विरुद्ध विपक्षी/प्रयर्थीः श्री सगरमाथा सहकारी संस्था लि. राजविराज, सप्तरी समेत जना २ । § निवेदकले सहकारी संस्थाबाट खरिद विक्री गर्न उधारो चामल दिएको विषयमा झिकाई आएका मिसिलहरुबाट सो उद्यारो लिएको चामलको हुने वुझाउनु पर्ने रुपैया रकम सन्दर्भमा लेखापढी भै वयान कागज समेत भएको देखिन्छ । यस्तो उद्यारो लेनदेन भएको विषयमा सहकारी संस्थाले के कति चामल उद्यारो दिएको हो होइन ? हो भने कति उद्यारो गएको चामलको के कति रुपैया बुझाउन बांकी छ । निवेदकको कथन अनुसार जम्मै बुझाई फर फारक भैसकेको छ, छैन ? यी तमाम प्रश्नहरुको निरोपण संवन्धित फाईल वा कागजातमा भएको सवुद प्रमाण मूल्याङ्कन गरी दिने अवस्थाको प्रस्तुत मुद्दामा निवेदकको कुन कानूनले प्रदान गरेको कानूनी अधिकारमा आघँत परेको हो सो खुलाउन नसक्नुको साथै निजको कानूनी हकमा अँघात समेत भएको नदेखिंदा निवेदकको निवेदन खारेज गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिएकोले पुनरावेदन जिकीर पुग्न नसक्ने । (प्र.नं. १०) पुनरावेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी विपक्षी तर्फवाटः x अवलम्बित नजीरः x फैसला न्या. ओमभक्त श्रेष्ठ: पुनरावेदन अदालत राजविराज सप्तरीको मिति ०५०।१।१४।२ को फैसला उपर यस सर्वोच्च अदालतमा पर्न आएको मुद्दाको तथ्य एवं व्यहोरा यस प्रकार छ । २. तत्कालिन सगरमाथा साझा सं. लिमिटेड राजविराजको उद्यारो चामल वापतको रु.३४,६६१।- म निवेदकको जिम्मा भएकोमा उक्त संस्थाको विक्रेता शुकदेव यादवलाई मिति ०३७।८।१२।५ मा रु.९३६१।- व्यवस्थापक मधुराम यादवलाई ०३८।६।६ मा रु.२५३००।- गरी जम्मा रु.३४६६१।- बुझाई सकेपछि रकम बुझाउन भनी च.नं. ४१३ मिति ०४२।२।१८ को पत्रद्वारा ताकेता गर्दा हिसाव गरी बुझाउनु पर्ने वांकी रु.२४१।- मिति ०४२।२।२० मा बुझाई रसिद भरपाई समेत गराई लिएको छु । उल्लेखित रकम पटक पटक गरी बुझाई सकेको भएतापनी हालसम्म रकम बुझाउनु नभएकोले त्यस सम्वन्धमा केही कुरा सोधपुछ गर्नु परेकोले २४ घण्टा भित्र हाजिर हुन आउनु भनी तत्कालिन साझा संस्था लि. रा.वि. ले च.नं. १०६ मिति २०४५।६।२३ कोपत्र लेखि पठाएकोमा उपस्थित भै रसिद भरपाईहरुको फोटोकपी राखि रकम बुझाउन वांकी छैन भनी द.नं. ३९ मिति ०४५।६।२४ को निवेदन गरेको २ वर्षसम्म कुनै किसिमले तर ताकित नगरी पुनः २०४७।३।२१ मा आएर रकम दाखिल गर्ने सम्वन्धमा च.नं. ८७ को पत्र लेखि पठाएकोमा रकम बुझाई सकेको भनी मिति ०४७।३।८ मा निवेदन गरेको छु । त्यसपछि मिति २०४८।१०।२७ मा रकम दाखिल गर्ने सम्वन्धमा विक्रेता श्री शुकदेव यादव व्यवस्थापक श्री मधुराम यादवलाई र मिति ०४८।११।१५ मा स.ले.पा. वुचन झा समेतलाई पत्र लेखि सक्कल भरपाई पेश गर्न म निवेदकलाई वोर्धाथ समेत दिएकोमा निवेदनसाथ सक्कल भरपाई दाखेल गरेर रकम फछर्योट गरी जानकारी पाउँ भनी ०४८।११।१४ मा निवेदन गर्दा साझा व्यवस्थापक मधुराम यादवसँग रकम असुल गराई दिन जिल्ला प्रशासन कार्यालय सप्तरीलाई अनुरोध गरिएको, विक्रेता सुकदेव यादव र वुचन झाबाट रकम बुझाउन कारवाही चलाएको व्यहोरा जानकारी गराई