निर्णय नं. ६३५२ - मोही कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३५२ - मोही कायम भाग: ३९ साल: २०५४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५३/०५/११ २६२५ निर्णय नं.- ६३५२ ने.का.प, ०५४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५२ सालको दे.पु.नं. .... ३०५३ फैसला मितिः २०५३।५।११।३ मुद्दा : मोही कायम । पुनरावेदक/प्रतिवादीः वारा जिल्ला गंज भवानीपुर गा.वि.स.वडा नं. १ वस्ने शारदा शंकर प्रसाद कलवार । विरुद्ध विपक्षी/वादीः ऐ.ऐ. वडा नं. ५ वस्ने मिश्रीलाल साहकानु । § मोहीले कमाई आएको जग्गामा मोही सम्वन्धी निजको हक निजपछि निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ, भनी भूमि सम्वन्धी ऐन, ०२१ को दफा २६ को उपदफा (१) मा उल्लेख गरेको देखिएबाट दर्तावाला मोहीको मृत्युपछि निजको पति पत्नी वा छोराहरु मध्ये एकलाई जग्गावालाले विधिवत रुपमा मोही रोजेपछि मात्र त्यस्तो जग्गामा रोजिएको व्यक्तिको मोही हक स्थापित हुन सक्ने र सो अवस्था वाहेक दर्तावाला मोही भएको जग्गामा अन्य अवस्थाबाट मोही हक कायम हुन सक्ने र साविक दर्तावाला मोहीलाई कुनै असर नपर्ने । (प्र.नं. १४) § दुवै पक्षको सहीछाप भएको कवुलियतको एक प्रति स्थानिय पंचायतमा दाखिल गर्नु पर्ने भूमि सम्वन्धी ऐन, २०२१ को दफा ३४ को उपदफा (१) को कानूनी व्यवस्था हुँदा स्थानिय पंचायतमा दाखिल नभएको त्यस्तो कवुलियतले मोहीयानी हकको प्राप्तिको लागि कानूनी मान्यता प्राप्त गर्न नसक्ने । (प्र.नं. १४) पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री मोशेष अव्वास अवलम्बित नजीरः x फैसला न्या.ओमभक्त श्रेष्ठ: पुनरावेदन अदालत हेटौंडाको मिति २०५०।१०।१२ को फैसला उपर मुद्दा दोहोर्‍याई पाउँ भनी प्रतिवादीको यस अदालतमा परेको निवेदनमा मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. स्वर्गिय भोला साह कलवारका नाउँ दर्ताको जिल्ला वारा हरैपा गा.पं. वडा नं. ८ कि.नं. २७ को ज.वि. ३-१७-० मध्ये पुर्व तर्फबाट ज.वि. १-८-१० जग्गाको मोही रामेश्वर मात्र लेखिएको र सो रामेश्वर साह कलवारको नाउँमा दे.नं. ९३१। १०५२ को कुत वाली दिलाई पाउँ भन्ने सम्वन्धमा जग्गाधनी भोला साह कलवारले वारा जिल्ला अदालतमा मुद्दा दायर गराएकोमा निज रामेश्वरले ईन्कारी गरेकोमा २०३०।११।२१ गते वारा जिल्ला अदालतबाट मुद्दा फैसला भएको छ । रामेश्वर साह कलवार परलोक हुँदा जग्गाधनिले मलाई मिति २०३३।१।१५ मा कवुलियत गरी मोहीमा जोत्न दिनु भएकोले मोहीमा जोती भोला साह कलवार जिवित छउन्जेल निजैलाई र निज परलोक भएपछि विपक्षी शारदा शंकरलाई वाली बुझाइ भरपाई लिदै आएको छु । २०४५ सालको वाली पनि मैले नै लगाएको छु । कवुलियत भरपाई प्रमाणमा लगाई मोही कायम गरी पाउँ भन्ने वादी दावी । ३. विपक्षीको उजुरी निवेदन कानून सँगत छैन । २०४४ सालको भरपाईमा रामेश्वर मोही भनी जनिएको र पछि निजकै छोरा जोगेन्द्रलाई मोही पत्याई निज उपर कुत मोही मुद्दा वारा जिल्ला अदालतमा मैले दिएकोमा निजले मोही छाडी मिलापत्र गरेकोले मैले मलजल गरी राम्रो वाली उव्जाएकोले लालचमा परी झूठा उजुरी गरेकोले खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र । ४. भूमि सम्वन्धी ऐन, २०२१ को दफा ३४ अनुरुप कवुलियत पाई मोही जमिन जोत्ने वादीलाई भूमि सम्वन्धी ऐन, २०२१ को दफा २५(२) वमोजिम दावीको जग्गामा मोही कायम गरी दिने भन्ने समेत व्यहोराको भूमि सुधार क