निर्णय नं. ६३५३ - मोही प्रमाण पत्र
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३५३ - मोही प्रमाण पत्र भाग: ३९ साल: २०५४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५३/०९/२३ २९७७ निर्णय नं.- ६३५३ ने.का.प, ०५४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत् २०५१ सालको दे.पु.नं. .... २०६९ फैसला मितिः २०५३।९।२३।३ मुद्दाः मोही प्रमाण पत्र । पुनरावेदक/वादी : जिल्ला धनुषा, इकराही गाउँ विकास समिति वडँ नं. ४ वस्ने वर्ष ५२ को वुधन साहु सुडी । विरुद्ध विपक्षी/ प्रतिवादीः ऐ.ऐ. वडा नं. ३ वस्ने जमुना मण्डल केवट । § पुनरावेदक वादीले भरेको भनीएको मिसिल संलग्न १ नं. लगत र सो वमोजिम प्रकाशित २ नं. अनुसूचीको प्रतिलिपी हेर्दा सम्वन्धित जग्गाको जग्गाधनीमा रमेशचन्द्र भट्टाचार्य, पंचु भट्टाचार्य र क्षेत्रफल ०-९-० उल्लेख भएको देखिन आउनुको अतिरीक्त विवादको जग्गा वडा नं. ४ मा रहेकोमा वडा नं. ३ मा अनुसूची प्रकाशित भएको देखिन्छ । यसरी एउटा वडामा जग्गा रहेको र अर्को वडामा २ नं. अनुसूची प्रकाशित भएको स्थितिमा मोहीको प्रमाण पत्र दिन मिल्दैन भनी नि.नं. ४४१९, २०४८ सालको रिट नं. १२६५ को उत्प्रेषण विषयमा श्री सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादन भएको देखिंदा सो प्रकाशित अनुसूचीलाई मान्यता दिन नमिल्ने । (प्र.नं. ११) § जग्गाधनी नै नदेखिएका व्यक्तिको नाम १ नं. अनुसूचीमा भरी २ नं. लगत प्रकाशित भएकै कारणले अहिले आएर मोही प्रमाण पत्र पाउनु पर्ने भन्ने पुनरावेदकको कथन मिल्न नसक्ने । (प्र.नं. ११) पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री महादेव यादव अवलम्बित नजीरः नि.नं. ४४१९, २०४८ सालको रिट नं. १२६५ को उत्पे्रषण विषयमा यस अदालतबाट सिद्धान्त प्रतिपादन । फैसला न्या.मोहन प्रसाद शर्मा : पुनरावेदन अदालत, जनकपुरको मिति २०५०।४।२० को फैसला उपर वादीको पुनरावेदन परी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः- २. साविक सोमन कुमार भट्टाचार्यको नाममा दर्ता रहेको जिल्ला महोत्तरी एकराही वडा नं. ४ कि.नं. ९२ को ०-७-६ मध्ये ०-३-१८-६ जग्गा मोहीमा कमाई १ नं. अनसूची २ नं. लगत प्रकाशन भई ४ नं. अस्थायी निस्सा प्राप्त गरेको छु । कि.नं. ९२ को ०-७-६ जग्गा समेत सोमन कुमारले जमुना मण्डललाई मिति २०४७।५।२१ मा विक्री गरीदिएकोले मैले जोती कमाई आएका जग्गाको मोही प्रमाण पत्र पाउँ भन्ने समेत व्यहोराको फिराद । ३. विपक्षीले उक्त जग्गा मोहीमा कमाई आएको भए सर्भेमा फिल्डवुकमा नाम लेखाउनु पर्ने कुत वाली जग्गाधनीलाई वुझाई भरपाई लिनु पर्ने लिन सकेको छैन भन्ने समेतको प्रत्यूत्तरपत्र । ४. कि.नं. ९२ को ०-७-६ मध्ये पुर्व तर्फबाट ०-३-१८-६ जग्गाको वादीले मोहियानी हकको प्रमाणपत्र पाउने ठहर्छ भन्ने समेत मिति २०४८।११।१४ को भूमि सुधार कार्यालय, धनुषाको निर्णय । ५. सोमन कुमारको नाममा दर्ता रहेको जग्गामा १ नं. फाराम भरी २ नं. अनुसूची भूमि सुधार लागु हुँदा सोमन कुमारको नाममा दर्ता नै नरहेको जग्गाको मोही प्रमाण पत्र दिने ठहर गरेको निर्णय त्रुटीपूर्ण हुँदा वदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन पत्र । ६. निवेदकले अशिष कुमार भट्टाचार्यलाई जग्गा धनी नदेखिएका र नापीका वखत मोही महल खाली नजिएको हुँदा १ नं. लगत २ नं. अनुसूची प्रकाशन भएको भन्ने आधार प्रमाण लिई भूमि सुधार कार्यालय, धनुषाले २०४२ सालको ने.का.प. अं. ६४ नि.नं. २३४४ को विपरित गरी मोही प्रमाणपत्र दिने