निर्णय नं. ६३५४ - लिखत दर्ता वदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३५४ - लिखत दर्ता वदर भाग: ३९ साल: २०५४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५३/११/२९ २९१६ निर्णय नं.- ६३५४ ने.का.प, ०५४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५१ सालको दे.पु.नं. .... २३८६ फैसला मितिः २०५३।११।२९।४ मुद्दा :- लिखत दर्ता वदर । पुनरावेदक/वादी : हरिश्चन्द्र महतो समेत जना ४ । विरुद्ध प्रत्यर्थि/प्रतिवादी : जिल्ला सिरहा लक्ष्मीपुर गाउँ विकास समिति वडा नं. ३ वस्ने फुलो देवी हाल नाम कौशल्या देवी । § वादीले दावी नगरेको कुराको प्रमाण वुझि यकिन गर्नु नपर्ने । (प्र.नं. ९) पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री महादेव यादव विपक्षी तर्फवाटः अवलम्बित नजीरः x फैसला न्या.उदयराज उपाध्यायः पुनरावेदन अदालत, जनकपुरको मिति २०५०।६।६ को फैसला उपर वादी तर्फवाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. गोखुल महतोको छोरा नभै छोरी कौशल्या देवी मात्र भएको २०३४ सालमा कौशल्या र २०३५ सालमा गोखुल महतो परलोक भए गोखुलको श्रीमती दानादेवीले हामी माथि दिनु भएको दे.नं. २६४२ को अंश मुद्दामा जि.ध. छोडमरान गा.पं. वडा नं. ५ को कि.नं. २२२ को जग्ग्गा विगाहा ०-१३-१८ मध्ये दक्षिणबाट ०-७-० जि.ध. छौडामरान गा.पं वडा नं. ४ (क) को कि.नं. २०६ को जग्गा विगाहा १-७-११ मध्ये उत्तरबाट ०-७-० र ऐ.ऐ.को कि.नं. २९५ को जग्गा विगाहा ०-१-८ समेत जम्मा विगाहा ०-१५-७ दानावतीले विक्री व्यवहार गर्न पाउने र जि.ध. छौडामरान गा.पं. वडा नं. ५ को कि.नं. २३१ को जग्गा विगाहा ०-८-६ मध्ये दक्षिण सो ०-४-३ ऐ.ऐ. वडा नं. ४ (क) को कि.नं. २५ को जग्गा विगाहा ०-९-५ मध्ये दक्षिण मश्चिम सो ०-३-१७ ऐ.ऐ. कि.नं. २०६ को जग्गा विगाहा १-७-११ मध्ये दक्षिण सो ०-६-५ र ऐ.ऐ. कि.नं. २६५ को जग्गा विगाहा ०-३-२ मध्ये उत्तर सो ०-१-११ समेत जम्मा विगाहा ०-१६-१७ विक्री व्यवहार, दानदातव्य गर्न नपाउने गरी र शेषपछि प्रतिवादीले पाउने गरी मिति २०३६।६।२६ मा मिलापत्र भएको कौशल्याको मृत्यु पश्चात निजका पति राम स्वरुपले भारत वस्ने हरिहर सिंहको पत्नी फुले देवीलाई जारी गरी ल्याई स्वास्नी वनाई राखेका दानवतीका नाममा रहेको जग्गा विगाहा ०-१५-८ कौशल्याको नाममा धनुषा मालवाट हालै देखिएको वक्सपत्र गराई लिनु भएको रहेछ पत्ता लगाउँदा फुले देवीले कौशल्यादेवी नामाकरण गरी जालप्रपन्च गरी लिखत पास गरेको हुँदा लिखत दर्तावदर गरी जग्गा दर्ता गरी पाउँ भन्ने समेतको फिराद पत्र । ३. कौशल्या देवीको दाता आमा दाना देवीले विक्री व्यवहार गर्न पाउने जग्गाहरु, म छोरीलाई वक्सपत्र गरीदिएको हो म वक्स पाउने नै कौशल्या देवी हुँ । जि.का. सिराहाले मलाई नागरीकता दिएको छ भने विपक्षीहरुलाई कौशल्या होइन भन्न पाउने अधिकार छैन । फिराद दावी खारेज गरी पाउँ भन्ने प्रतिउत्तर पत्र । ४. कौशल्या देवीको दानावती आफनै सहोदर छोरी नभै आफ्नो छोरी मरेपछि ज्वाईको अर्को स्वास्नी भएको नाताले छोरी स्वीकार गरेको देखिन्छ । ७५ वर्ष वृद्ध अवस्थाको दानावतीले आफ्नो जग्गा वक्सपत्र गर्दा संरक्षकको आवश्यकता परेको अवस्थामा संरक्षक हुने व्यक्ति किटानी नभएपछि त्यस्तो व्यक्ति संरक्षक भई पारित भएको सो लिखत दावी वमोजिम वदर भई वादीको नाममा दर्ता हुने ठहर्छ भन्ने समेत व्यहोराको धनुषा जिल्ला अदालतको मिति २०४७।८।१३ गतेको फैसला । ५. आमा दानावतीले आफूखुस गर्न पाउने जग्गा मिति २०४४।१२।१७ मा वक्सपत्र गरी दिनु भएको सो व्यवहारलाई अमान्य