निर्णय नं. ६३५५ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३५५ - उत्प्रेषणयुक्त परमादेश भाग: ३९ साल: २०५४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५३/०८/१२ २७५८ निर्णय नं.- ६३५५ ने.का.प, ०५४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५२ सालको रिट नं. .... ३०५१ आदेश मितिः- २०५३।८।१२।४ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः जिल्ला धनकुटा अर्खोले जितपुर गा.वि.स. वडा नं १ वस्ने गा.वि.स. अध्यक्ष अग्नी प्रसाद पौडेल । विरुद्ध विपक्षीः स्थानीय विकास मन्त्रालय, पुल्चोक ललितपुर समेत जना ५ । § गाउँ विकास समिति ऐन, २०४८ को दफा ३०(१) ले गाउँ विकास समितिको कोषको संचालन अध्यक्ष र सचिवको संयुक्त दस्तखतबाट हुने व्यवस्था गरेको देखिन्छ । अध्यक्षको उपस्थिति छंदाछदै उपाध्यक्षद्वारा खाता संचालनको कार्य गर्नु विधि सम्मत नहुने । (प्र.नं. २०) § जुन खाता संचालनको विषयमा प्रस्तुत रिट निवेदन दायर भएको हो, तत्सम्वन्धी योजनाको कार्य नै सम्पन्न भइसकेको र खाता संचालनको कार्य समेत वन्द गरी सकेको भन्ने उपाध्यक्ष समेतको लिखित जवाफबाट देखिन आएको वर्तमान स्थितिमा अध्यक्षलाई विधि सम्मत कार्य गर्न र खाता संचालन गर्न समेत रोक लागेको भन्न नमिल्ने । (प्र.नं. २०) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री योगेन्द्र वहादुर अधिकारी विपक्षी तर्फवाटः अवलम्बित नजीरः x आदेश न्या.उदयराज उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ :- २. निवेदक धनकुटा अर्खौले जितपुर गा.वि.स.मा २०४९ सालको स्थानीय निर्वाचनमा अध्यक्षमा निर्वाचित भै कामकाज गर्दै रहेको छु । गा.वि.स. अध्यक्षको हैसियतले गर्ने काम गा.वि.स. ऐन, २०४८ को दफा १६ को व्यवस्था छ । ऐ. दफा ३० अनुसार गाउँ विकास समितिको कोषको रकम खर्च गर्ने तरिका अन्तर्गत गाउँ विकास समितिको कोषको संचालन अध्यक्ष र सचिवको संयुक्त दस्तखतबाट हुनेछ भन्ने व्यवस्था गरी रकम खर्च गर्ने निश्चित कानूनी आधार निर्धारण गरिएको छ । सो अनुरुप धनकुटँ स्थित रा.वा.वैंक जितपुरमा मेरो र सचिव श्रीमान श्रेष्ठको संयुक्त हस्ताक्षरबाट खाता संचालन भै आएको छ । ३. २०५२।२।१५ सम्म कार्य हुदैं रहेकोमा गा.वि.स. ऐन, २०४८ वमोजिम गठित गाउँ विकास समिति (कार्य व्यवस्था) नियमावली, २०५० वमोजिम तेश्रो सल्लाहकार सभा मेरै अध्यक्षतामा सम्पन्न गरी प्रस्ताव नं. १ द्वारा ०४९।५० को आय व्यय पारित गरी निर्णय पुस्तिकामा तल माथि सही गरी उक्त दिनको वैठक स्थगित गरिएको थियो । ४. सल्लाहकार सभामा विपक्षीहरु मध्येका जि.वि.स. सभापति र गा.वि.स. उपाध्यक्ष लगायतका व्यक्तिको उपस्थिति रहेकोमा वैठक स्थगित गरी म घरतिर लागेपछि पुनः प्रस्ताव नं. २ देखि ८ सम्मका कथित प्रस्तावहरु पारीत गरिएका छन् । जसमा प्रस्ताव नं. २ मा गा.वि.स. को आर्थिक कारोवार रा.वा.वैंक जितपुरस्थित चल्ती हि.नं. ११ को खाता चेक दस्तखत अध्यक्ष अग्नी प्रसाद पौडेल र सचिव श्री मान श्रेष्ठको संयुक्त नाममा संचालन हुदैं आएकोमा अध्यक्ष विगत दुई वर्ष देखि लगातार गा.वि.स. ठेगानामा नवस्ने गरेको कहिलेकाहीं वैठकको दिनमात्र आई पुग्ने गरेको गा.वि.स. लाई आर्थिक तथा सामाजिम कारोवारमा वाधा पुगी अव पनि वहांबाट कुनै अािर्थक कारोवारमा समेत काम हुने कुरा सभालाई विश्वास र भरोसा नलागेको समेत कारणले मिति २०५१।११।२१ देखि गा.वि.स.को कोष संचालन उपाध्यक्ष जगेन्द्र अधिकारी र सचिव श्री मान श्रेष्ठको संयुक्त दस्त