निर्णय नं. ६३५८ - वन्दी प्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३५८ - वन्दी प्रत्यक्षीकरण भाग: ३९ साल: २०५४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५३/१२/१८ २५२३ निर्णय नं.- ६३५८ ने.का.प, ०५४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने सम्वत् २०५३ सालको रिट नं. .... २५४० आदेश मितिः २०५३।१२।१८।२ विषय : वन्दी प्रत्यक्षीकरण । निवेदक : काभ्रेपलान्चोक जिल्ला मच्छे गा.वि.स. वार्ड नं. ९ घर भई हाल कारागार शाखा धूलिखेल, काभ्रे पलान्चोकमा थुनामा रहेको वर्ष ५५ को मानकाजी धोङ (तामाङ) को हकमा का.जि. का.न..पा. वडा नं. ३२ वस्ने ४१ को कृष्ण प्रसाद पाण्डे । विरुद्ध विपक्षी : कारागार शाखा धूलिखेल, काभ्रेपलान्चोक समेत जना ३ । § तारिखमा छाडीएका व्यक्ति र रिट निवेदकहरुका सम्वन्धमा तत्काल प्राप्त के कस्तो प्रमाणहरु थिए, ती प्रमाणहरुको विश्लेषण सहित परस्पर तुलना गरी निरोपण गर्ने जस्तो न्यायिक प्रकृया नियमित न्यायिक क्षेत्राधिकार वाहेक असाधारण क्षेत्राधिकार अन्तर्गत भित्र पर्न नसक्ने । (प्र.नं. ८) § प्रथम दृष्टिमानै तारिखमा छुटेका व्यक्ति र निवेदकको सम्वन्धमा तत्काल प्राप्त प्रमाण प्रत्यक्षतः उस्तै वा उही देखिंदैन भन्ने प्रमाणको विश्लेषणयुक्त समानता निरोपण गर्नु वन्दीप्रत्यक्षीकरणको रिटको परिधि वाहिर पर्न सक्ने । (प्र.नं.८) § निवेदकको जिकिर वमोजिम कानूनको प्रयोगमा भेदभाव भएको छ भन्ने भेदभावको स्थिति आफैमा प्रष्ट हुनु पर्ने । (प्र.नं.८) § प्रमाणको मूल्याकंनमा संभावित परिणामलाई लिएर नेपाल अधिराज्यको संविधानको धारा ११ प्रतिकूल भेदभाव गरी गैरकानूनी थुनामा निवेदकलाई राखिएको भन्नु स्वयंम विवादास्पद हुन जाने भएको र त्यस्तो नियमित अदालतको विचाराधिन विवादास्पद तथ्य्मा पुनरावेदन हेरे जस्तै वन्दीप्रत्यक्षीकरणको रिटबाट निरोपण गर्न नमिल्ने । (प्र.नं.८) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री सिन्धूनाथ प्याकुरेल विपक्षी तर्फवाटः विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र प्रसाद पाठक अवलम्बित नजीरः x आदेश न्या. केदारनाथ उपाध्याय: प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. यसमा प्रतिवादी मध्येका मानकाजी दोङ, रक्तिम लामा, रङवीर दोङ, वीर वहादुर दोङ, च्याङवा दोङ, तिर्थमान दोङ र वुद्धिमान तामाङले अदालतमा वयान गर्दा आफूहरु अपराधमा संलग्न नभएको भनी इन्कारी वयान गरेतापनी अधिकार प्राप्त अधिकारी समक्षको वयानमा सावित भएका, निजहरुको सावितिलाई जाहेरवालाको किटानी जाहेरी, पिडित साइली तामाङ र दोल्मूको घाउ जांंच प्रतिवेदन, निजहरुले प्रहरीमा भएको ठाडो कागजमा यी प्रतिवादीलाई देखेको भन्ने लेखाएका, मान वहादुर दोङ समेतको ठाडो कागजवाट समेत समर्थन हुन आएको देखिन्छ । त्यसै गरी घटनास्थल प्रकृति मुचुल्का, सर्जमीनका व्यक्तिहरुको लेखाई र प्रतिवादी मध्येका मानकाजीको यस अदालतमा भएको वयानले डांकाको वारदात भएको कुरालाई पुष्टि गर्दछ । प्रतिवादी मध्ये वुद्धिमान तामाङको घरबाट केहि सामान र खुकुरी वरामद भएको कुरा र प्र.तिर्थमान दोङबाट हातेवम वरामद भएको कुरामा निजहरुले यस अदालतमा वयान गर्दा खुलाएकै छन । हाल प्राप्त प्रमाणको आधारमा निजहरु उपर अ.वं. ११८ को देहाय (२) आकर्षित हुने देखिएकोले पछि बुझदै जांदा ठहरे वमोजिम हुने गरी हाल पुर्पक्षको लागि थुनामा राख्नु भन्ने विपक्षी नं. १ को थुनछेकको आदेशको आधारमा म हालसम्म थुनामा छु । सो आदेश कानून विपरीत भयो भनी विपक्षी नं. २ पुनरावेदन अदालत, पाटनमा अ.वं. १७ नं. वमोजिम उ