निर्णय नं. ६३५९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३५९ - उत्प्रेषण भाग: ३९ साल: २०५४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५३/०९/१२ २८२४ निर्णय नं.- ६३५९ ने.का.प, ०५४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने सम्वत् २०५२ सालको रिट नं. .... २७९९ आदेश मितिः २०५३।९।१२।६ विषय : उत्प्रेषण । निवेदकः स्याङजा गणेशपुर गा.वि.स. वडा नं. १ घर भै हाल स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग जिल्ला स्वास्थ्य कार्यालय स्याङजामा कार्यरत पदम वन्धू पोखरेल । विरुद्ध विपक्षीः जिल्ला स्वास्थ्य कार्यालय स्याङजा समेत ५ । § निजामती सेवा ऐन, २०४९ तथा ऐ नियमावली २०५० अनुसार निजामती कर्मचारीलाई सेवाको आवश्यकता अनुसार सरुवा गर्ने अधिकार सम्वन्धित अख्तियारवालालाई भएको कुरामा विवाद देखिंदैन । आफूलाई सरुवा गरिएको कार्यालयमा गई काम काज गर्नु निजामती कर्मचारीको कर्तव्य पनि भएकोले कानून वमोजिम अख्तियार प्राप्त अधिकारीबाट भएको सरुवावाट निवेदकको कुनै कानूनी र संवैधानिक हक समेत हनन् भएको नदेखिंदा माग वमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्र.नं.११) निवेदक तर्फवाटः विपक्षी तर्फवाटः अवलम्बित नजीरः x आदेश न्या. नरेन्द्र वहादुर न्यौपाने : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) वमोजिम पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. म निवेदक मिति २०२७।१०।६ मा निजामती सेवामा प्रवेश गरे देखि अटुट रुपमा विभिन्न ठाउँमा काम गर्दै आई रहेको अवस्थामा पश्चिमान्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराको मिति २०४८।५।४ को निर्णय र २०४८।५।७ को पत्रबाट मलाई जनस्वास्थ्य शाखा मुस्ताङमा सरुवा गरी दिएको हुँदा सो पत्र वमोजिम मुस्ताङमा बसी काम गरी रहेको थिएं । यसै अवधिमा स्वास्थ्य सेवा विभागको मिति ०५१।११।१४ को निर्णय तथा मिति ०५१।११।१६ को पत्रले मलाई जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङबाट जिल्ला स्वास्थ्य कार्यालय स्याङजामा सरुवा गरेको हुँदा जि. स्वास्थ्य कार्यालय मुस्ताङको मिति ०५१।१२।१० को रमाना पत्र वमोजिम जिल्ला स्वास्थ्य कार्यालय स्याङजामा सरुवा गरिएको हुँदा सोही कार्यालयमा काम गरी रहेको छु । यसै वीच मिति ०५२।८।२६ को निर्णय अनुसार भनी मलाई जि. स्वास्थ्य कार्यालय स्याङजाबाट जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा सरुवा गरेको भन्ने स्वास्थ्य मन्त्रालय सेवा विभागको मिति २०५२।८।२९ को पत्र र मिति २०५२।८।२९ को निर्णय अनुसार भनी उक्त सरुवा रद्द गरेको निर्णय वेगर जिल्ला स्वास्थ्य कार्यालय स्याङजाबाट जिल्ला स्वास्थ्य कार्यालय हुम्लामा सरुवा गरेको उक्त विभागको मिति २०५२।८।२९ को पत्र समेत दुवै पक्ष एर्कैसाथ प्राप्त भएकोले सरुवा भएको मलाई जानकारी हुन आएको छ । अन्याय पुर्वक दुख दिने नियतले गैरकानूनी रुपमा मलाई सरुवा गरिएको हुँदा अव मलाई वर बुझारथ गर्ने काम गराई रमाना दिने काम शुरु हुने भएकोले न्यायिक उपचारको लागि यो रिट दिन आएको छु । ३. निजामती सेवा ऐन, २०४९ वमोजिम अख्तियारवालालाई तोकिएको आधारमा सरुवा गर्ने आधार प्रदान गरेको छ । नि.से.नि.२०५० को नियम ३६(१) (क) ले कुनै निजामती कर्मचारीको पदस्थापन भएको कार्यालयमा घटीमा ४६६ दिन रुजु हाजिर नभएसम्म सरुवा गर्न नहुने कानूनी प्रावधान छ । मलाई नि.स.नि. २०५० को नियम ३६(१)(ग) को प्रावधान अनुकूल हिमाली क्षेत्रबाट पहाडी जिल्लामा सरुवा गरिएकोमा उक्त वमाजिम तोकिएको अवधि पूरा नभएको र नियम ३६(१) (च) को अवधि पनि पूरा नभएकोमा औचित्य र आधार वेगर सरुवा गरिएको र जिल्ला