निर्णय नं. ६३६० - उत्प्रेषण मिश्रित परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३६० - उत्प्रेषण मिश्रित परमादेश भाग: ३९ साल: २०५४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५३/०१/२८ २५८८ निर्णय नं.- ६३६० ने.का.प, ०५४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत् २०५१ सालको रिट नं. .... २७६४ आदेश मितिः २०५३।१।२८।६ विषय :- उत्प्रेषण मिश्रित परमादेश । निवेदकः ललितपुर जिल्ला, ललितपुर नगरपालिका वडा नं. १५ हाल १६ बस्ने कुमार शाक्य । विरुद्ध विपक्षीः ल.पु.जि.न.पा.वडा नं. १६ बस्ने छ्याक डंगोल समेत जम्मा ३ । § उजुरीको आधारमा सवुद प्रमाणको मूल्याकंन भै निर्णय भएको भन्ने नदेखिई उजुरी र नापीको क्षेत्रिय दर्ता किताव उतारमा वाटो उल्लेख भएको कुराको आधारमा वाटो खुलाउने भनी कार्यकारी अधिकृतबाट आदेश भएको देखियो । आदेश अनुसार वाटो खोल्ने काम सम्पन्न भैसकेको अवस्था देखिन्छ । घर बनाउनेको ३ नं. ले नभएको वाटो जवरजस्ती खोलेको खण्डमा कानूनी उपचारको वाटो निवेदकले लिन सक्ने र सवुद प्रमाणको आधारमा निवेदकको हकको संरक्षण पाउने अवस्था रहेकै पनि देखिन्छ । सवुद प्रमाणको आधारमा हक वेहकमा अधिकार प्राप्त अधिकारीबाट न्यायिक निर्णय भएको अवस्था पनि छैन । तसर्थ प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं.८ ) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री विजयकान्त मैनाली विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री पिताम्वर सिलवाल अवलम्बित नजीरः x आदेश न्या.कृष्णजंग रायमाझी: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ : २. ल.पु.जि. न.पा. वडा नं. १५ हाल १६ स्थित कि.नं. ११९ को क्षेत्रफल ०-१-१-३ जग्गा र सो जग्गामा बनेको पूरानो घर निवेदकको दर्ता तिरो भोग चलनको घर जग्गा हो । साविक माताको हकमा आई माताको नाउँमा नापी दर्ता भई आएकोमा हामी परिवारको वीचमा अंशवण्डा हुँदा मिति २०४९।९।२८ को पारित रजिष्ट्रेशनको लिखत अनुसार मेरो अंश भागमा परेको निर्विवाद भोग चलनको धर जग्गा हो । मिति २०५१।९।२५ मा एक्कासी नगरपालिकाको कर्मचारी तथा विपक्षी समेत भई जवरजस्ती रुपमा मेरो घर जग्गाको दक्षिण पश्चिम तर्फ साविक देखि वन्द गरेको खापा ढोका फोडी दिई र सो देखि पुर्व तर्फ रहेको पर्खाल घर गाह्रो समेत भत्काई दिएबाट किन अर्काको सम्पत्ति जवरजस्ती रुपमा भत्काई नोक्सान गरेको भनी भन्दा नगरपालिकाबाट बाटो खोल्ने गरी निर्णय भएको हुँदा वाटो खोलेका हौं भनी जवरजस्ती रुपमा साविक देखि लगाएको गाह्रो ढोका फोडी दिई नभएको वाटो खोली दिईसकेंपश्चात ०५१।१०।१२ मा नक्कल सारी हेर्दा सम्पूर्ण व्यहोरा जानकारी हुन आयो । विपक्षी मध्येका छयाक डंगोलले "मेरो घरवासको कि.नं. १२६ को आवत जावत गर्ने वाटो ढोका र खापाहरु राखी गाह्रो लगाई कि.नं. ११९ को जग्गाधनी चन्द्रमाया शाक्यले वन्द गरेको हुँदा वाटो खुलाई पाउँ" भनी मिति २०५१।९।२१ मा निवेदन गरेकोमा विपक्षी नगरपालिकाबाट मिति २०५१।९।२४ मा टिप्पणी उठँई फिल्डवुक उत्तार समेत हेर्दा घर मुनी १ मिटरको वाटो भनी उल्लेख भएको हुँदा आवश्यक कारवाहीको माग गरिएकोमा ०५१।९।२४ मा विपक्षी नगरपालिकाको कार्यकारी अधिकृतले "यसमा लेखिए अनुसारको वाटो खोल्न दिने गरी सदर गर्ने गरी तोक लगाई नभएको अधिकार प्रयोग गरी प्राकृतिक न्यायको सिद्धान्त विपरित गैर कानूनी तवरले एकाको नाउँको जग्गामा अर्कोको नाउँमा दरखास्त राखेकोमा सो उपर कुनै विचार नगरी गरिएको काम कारवाही टिप्पणी विलकूल गैरकानूनी हुँदा विपक्षीहरुको उपरोक्त काम का