निर्णय नं. ६३६१ - कुत दिलाई मोही निष्काशन गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३६१ - कुत दिलाई मोही निष्काशन गरी पाउँ भाग: ३९ साल: २०५४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५३/०७/२० २१९६ निर्णय नं.- ६३६१ ने.का.प, ०५४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्वत् २०५१ सालको दे.पु.नं. .... २३७८ फैसला मितिः २०५३।७।२०।३ मुद्दाः कुत दिलाई मोही निष्काशन गरी पाउँ । पुनरावेदक/प्रतिवादीः जि. रौतहट गा.वि.स.मटिऔन डुमरीया वडा नं. ६ वस्ने रोशन खां थारु विरुद्ध प्रत्यर्थी/वादीः जि.रौतहट गा.वि.स. संखुअवा धमौरा वडँ नं. ७ बस्ने अवधेश तिवारी समेत जना ४ § वादीको दावी र प्रतिवादीको जिकिरको दायराभित्र सिमित रही कानूनको उलंघन नहुने गरी मिलापत्र गर्ने अधिकार वादी प्रतिवादीसँग निहित रहने । (प्र.नं.१०) § मिलापत्र गर्दा वादीले दावी लिएको पुरै वाली छोडेरै पनि मिलापत्र गर्न सक्ने भएबाट एका सालको वालीमा मिलापत्र गर्दैमा वादीको उक्त वालिमा हकाधिकारै जान्छ भन्न नमिल्ने । (प्र.नं.१०) § एउटा सालको वाली मुद्दामा भएको मिलापत्रले अन्य सालका वाली विषयलाई समेत सान्दर्भिकता प्रदान गर्छ भन्न नमिल्ने । (प्र.नं.१०) § अन्य सालका वालीहरुलाई पनि असर पार्ने कुराको स्वीकारोक्ति यी वादीले उक्त मिलापत्रमा अभिव्यक्त गरी सकेका छन भनी प्रतिवादी पुनरावेदकले भन्न देखाउन समेत नसकेबाट केवल एउटा सालको वालीको मिलापत्रले भविष्यमा आउने अन्य वालीलाई समेत असर पार्छ भन्न नमिल्ने । ( प्र.नं.१० ) प्रतिवादी पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री मिथिलेश कुमार सिहं प्रत्यर्थी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी अवलम्बित नजीरः x फैसला न्या.गोविन्द वहादुर श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) वमोजिम दायर हुन आई यस अदालतको मिति २०५१।७।४ को आदेशानुसार निस्सा प्रदान भै पुनरावेदनमा दायर भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य् एवं ठहर यस प्रकार छ : २. हाम्रो संयुक्त नाममा दर्ता रहेको जि. रौतहट गा.वि.स. डुमरीया वडा नं ६ कि.नं. ६ क्षेत्रफल २-१-१० जग्गाको मोही प्रतिवादीले २०४७ सालको कुत नबुझाएको हुँदा भू.सु.ऐन, २०३१ को दफा २९ (१) वमोजिम कुत दिलाई मोही निष्काशन गरी पाउने भन्ने व्यहोराको फिराद । ३. वादी दावीमा उल्लेखित कि.नं. १३८ को २-१-१० जग्गा धान मन ६ लिने दिने गरी श्री रौतहट जिल्ल्ला अदालतबाट मिति २०३७।८।१६ मा भएको मिलापत्र भए अनुसार मैले वुझाई आएको सांचो हो, सो कमाए वापत मिलापत्र वमोजिम २०३९ साल देखि २०४७ साल सम्मको कुतवाली भूमि सुधार कार्यालय रौतहटमा धरौट राखेको हुँदा विपक्षीलाई कुतवाली बुझाउन वांकी छैन । वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रत्यूत्तर जिकिर । ४. २०३७।८।१६ को मिलापत्र अरु सालको वालीलाई असर नपारी सोही सालको वालीलाई मात्र कायम हुने भएकोले भूमि सम्वन्धी ऐन, २०२१ को दफा ३३ को खण्ड (ग) वमोजिम निर्धारीत गरेको कुत नै लिनु दिनु पर्ने भएकोले वादी दावी वमोजिमको धान मन २३।।।४।। को रु. १४५।- ले हुने रु. ३,४६०।५० वादीले प्रतिवादीबाट भरी पाउने र मोही निष्काशनको हकमा निष्काशन गर्दा खेतीमा आश्रित किसानलाई उसको जीवनमा नै असर पर्ने भएकोले मोही यथावत कायम ठहराई गरेको भूमि सुधार कार्यालय रौतहटको मिति २०४८।१२।१३ को निर्णय । ५. २०३८।८।१६ मा भएको मिलापत्र क्रियाशिल नै रहेको श्री सर्वोच्च अदालतबाट मिति ०४४।४।१८ मा वादीहरुकी आमा कैलाशपतिसँग भएको कुतवाली मुद्दामा भएको फैसला समेतवाट उक्त