निर्णय नं. ६३६२ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३६२ - उत्प्रेषणयुक्त परमादेश भाग: ३९ साल: २०५४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५३/०८/२४ २८५६ निर्णय नं.- ६३६२ ने.का.प, ०५४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने सम्वत् २०५१ सालको रिट नं. .... २३८३ आदेश मितिः २०५३।८।२४।२ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः ओखलढुंगा जिल्ला मामरवा गा.वि.स.वडा नं. १ घर भै हाल सिराहा जिल्ला अदालतमा कार्यरत विचारी सुरेन्द्र वहादुर कार्की । विरुद्ध विपक्षीः सिराहा जिल्ला अदालतमा कार्यरत विचारी नारायण वहादुर वि.सी. समेत जना ५ § नि.से.नि. २०५० को नियम ८१(४) ूनिजामती कर्मचारीलाई तालिमको अंक दिंदा एक महिना वा सो भन्दा वढी अवधीको सेवासँग सम्वन्धित विषयको सेवाकालिन तालिम वापत अंक दिईने छ । तालिमको अंक गणना गर्दा जुन श्रेणीमा छंदा तालिमको लागि मनोनयन भएको हो सो अंक सोही श्रेणीको लागि मात्र गणना गरिने छु भन्ने व्यवस्था भैरहेको देखिन्छ । एउटा सेवामा वहाल रहंदा प्राप्त गरेको तालिम वापतको अंक अर्को सेवामा हुने वढुवा प्रयोजनका लागि प्रदान गर्न नमिल्ने भनी कानूनले स्पष्ट रुपमा रोक लगाएको देखिंदैन । यस अवस्थामा प्रशासन सेवामा वहाल रहंदा प्राप्त गरेको तालिम वापतको अंक न्याय सेवामा वढुवा पाउँदा विपक्षीले प्राप्त गर्न सक्ने होईन भन्ने निवेदन जिकिर मनासिव मान्न नमिल्ने । (प्र.नं.१४) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की विपक्षी तर्फवाटः विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार पाठक अवलम्बित नजीरः x आदेश न्या.गोविन्द वहादुर श्रेष्ठ: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ : २. वढुवा समिति सिराहा जिल्ला अदालतको मिति २०५०।११।१० को सूचना अनुसार सिराहा जिल्ला अदालतमा रिक्त ४ डिठ्ठा (रा.प.अ.द्धितिय) पद मध्ये २ डिठ्ठा पदमा कार्य क्षमताको मूल्याङ्कनद्वारा वढुवा गर्न सम्भाव्य उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिएकोमा म निवेदकले दरखास्त भरी वढुवा समितिको सचिवालयमा बुझाएको मिति २०५१।२।९ मा वसेको बढुवा समितिको वैठकले विपक्षी नं. १ र २ लाई वढुवा गर्ने गरेको निर्णय सिफारीसमा चित्त नबुझि कानून वमोजिम पुनरावेदन सुन्ने निकाय समक्ष पुनरावेदन गरेकोमा शुरु वढुवा समितिकै सिफारीसलाई नै सदर गरी मिति २०५०।४।६ मा निर्णय भएको हुँदा साहै« नै अन्यायमा परी अन्य उपचारको अभावमा सम्मानित अदालत समक्ष यो निवेदन लिई उपस्थित भएको छु । ३. म निवेदकले कार्य सम्पादन मूल्याङ्कन समेत गरी जम्मा ९६.१/२ अंक प्राप्त गरेको, विपक्षी नं. १ ले कानून वमोजिम प्राप्त गर्न नसक्ने अंक ४ समेत जोडी ९८ तथा विपक्षी नं. २ ले कानून वमोजिम प्राप्त गर्न नसक्ने अंक २ समेत जोड्डा जम्मा ९७ अंक प्राप्त गरेका छन् । विपक्षीहरुलाई क्षेत्रीय प्रशासकीय सहायक प्रशिक्षण सम्वन्धी तालिम हासिल गर्नु भएको भन्ने आधारमा वढुवा समितिले अंक प्राप्त प्रदान गरेको छ र वढुवा समितिले निर्णय सदर गर्दा साविक देखि दिदै आएको अंकलाई प्रदान गरी सदर गरेको छ भनी उल्लेख भएको छ तर नि.से.नि. २०५० को नियम ८१(४) ले एक महिना वा सो भन्दा वढी अवधि सेवासँग सम्वन्धित विषयको सेवाकालिन तालिम वापत अंक दिइने छ भनी वाध्यात्मक व्यवस्था गरिएको छ । नि.से.नि. २०२१ को नियम ३५(६) सेवाकालिन तालिम मात्र भन्ने उल्लेख गरिएवाट सेवासँग सम्वन्धीत नै हुनुपर्छ भनी वाध्यात्मक व्यवस्