निर्णय नं. ६३६३ - डांका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३६३ - डांका भाग: ३९ साल: २०५४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५३/०९/१० २७०४ निर्णय नं.- ६३६३ ने.का.प, ०५४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने सम्वत् २०५१ सालको फौं.पु. नं. .... १०५४ फैसला मितिः २०५३।९।१०।४ मुद्दा : डांका । पुनरावेदक/वादी : चिनकान यादव समेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : रुपन्देही जिल्ला धमौली गा.वि.स. वडा नं. ६ वस्ने सुभान अलि भन्ने वादे वन्जारा समेत जम्मा ११ § अधिकार प्राप्त अधिकारी समक्ष सावित हुनेहरुले अदालतमा वयान गर्दा इन्कार भएका छन र निजहरुले वयानमा जिकिर लिए मुताविक धाउ जाँच फारामबाट निजहरुका शरीरमा धाउ चोट परेको देखिने भएबाट निजहरुको सो साविती स्वेच्छाले भएको रहेछ भनी मान्न नमिल्ने । (प्र.नं.३०) § दशि बरामद भएका १ जना प्रतिवादीको सम्वन्धमा कसुरदार ठहर भएको भएबाट डांका वारदात कायम भएको स्थिति देखिन्छ, तथापी वारदातमा को को र कतिजना थिए भन्ने सम्वन्धमा प्रत्येक प्रतिवादीका सम्वन्धमा निश्चित सबुद प्रमाण हुन आवश्यक देखिन्छ । केबल प्रहरी प्रतिवेदनमा प्रतिवादी बनाइएकै आधारबाट मात्र यी सवै वारदातमा थिए भन्न मिल्ने स्थिति नदेखिंने । (प्र.नं.३० ) § प्रत्येक प्रतिवादीका सम्वन्धमा तथ्ययुक्त र निश्चित प्रमाण वेगर निजहरुलाई कसुरदार ठहर्याउन नमिल्ने । ( प्र.नं.३० ) वादी तर्फवाटः विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री देवशरण प्रसाद विपक्षी तर्फवाटः अवलम्बित नजीरः x फैसला न्या. अरविन्दनाथ आचार्य: पुनरावेदन अदालत, वुटवलको मिति २०५१।३।२९।४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :- २. ०४१।१०।३ गते राती १,२ वजेको समयमा पश्चिम तर्फबाट अं. २० जनाहरु बन्दुक, लाठी, भाला, टर्च समेत ली म चिनकानको घरमा आई मेरो विगो रु.२७,४७५।- को धनमाल र म गुरुचरनको विगो रु.३०,९९५।- म राम समुझ गुप्ताको विगो रु. ८,२१०।- म विजयनाथ यादवको विगो रु. २६,४०५।- को धनमालहरु डांका वारदात गरी पश्चिम तर्फ भागी गए । डांकाहरु मध्ये म रमापतिया देवले तपानाथ पाण्डे, अव्दुल कादिर मुसलमान, अति उल्लाह मुसलमान, नरपट केवटलाई मौकामा नै चिनेको र गुरुचरन थारुले गप्पी भन्ने हरिराम थारुलाई चिनेको र म रामसमुझ गुप्ताले पसन्द चमार, नरपत केवटलाई मौकैमा चिनेको र म सन्तराम यादवले श्याम नार।यण भन्ने कमल त्रिपाठी, तपानाथ पाण्डेलाई मौकैमा चिनेको हुँदा निजहरुलाई पक्राउ गरी डांका गरी लगेको धनमाल समेत दिलाई भराई पाउँ र संजाय समेत गरी पाउँ भन्ने समेत व्यहोराको चिनकान यादव समेत जना ४ को जाहेरी दरखास्त । ३. हाम्रो सामुन्नेमा शुभान अली बन्जारालाई प्रहरीहरुले पक्राउ गरी निजले लि राखेको पोका खोली हेर्दा विजयनाथ यादवको घरमा डांका वारदात भए मध्येको चश्मा, व्याट्री, २ लाग्ने चाईनिज टर्च १, टेलिकटनको सेतो सर्ट १, हरियो चारखाने सेतो सर्ट थान १ समेत बरामद भएको ठीक सांचो हो भन्ने समेत व्यहोराको सीताराम कहार समेत जना ११ को बरामदी मुचुल्का । ४. ०४१।१०।३ गते राती ८ वजेको समयमा गप्पी थारुले मलाई वोलाई पथरहीया वस्ने चिनकान यादव समेतको घरमा आज डांका वारदात गर्नु छ तिमी पनी हिंड भनेकाले गप्पीथारु, पसन्द चमार, नरपट केवट, चिनक दर्जी, तप्पानाथ पाण्डे समेतका साथ लागि पथरहीया गाउँ देखि पश्चिम डियहार वावाको थानको आंपरुख मुनि गए