निर्णय नं. ८९७४ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९७४ - उत्प्रेषण समेत भाग: ५५ साल: २०७० महिना: असार अंक: ३ फैसला मिति :२०६९/०७/२३ २९९६ ने.का.प. २०७०, अङ्क ३ निर्णय नं.८९७४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की रि.पु.ई.नं.०६७–WF–००२५ आदेश मितिः २०६९।७।२३।५ विषयः उत्प्रेषण समेत । निवेदकः बर्दिया जिल्ला, सानोश्री गा.वि.स. वडा नं. ९ घर भई आनन्द प्राथमिक विद्यालय रातमाटे रामनगर, सानोश्री बर्दियामा प्रा.वि. तहको शिक्षक पदमा कार्यरत टोपबहादुर भुसाल बिरुद्ध विपक्षीः शिक्षा तथा खेलकुद मन्त्रालय समेत § न्यूनतम शैक्षिक योग्यता पूरा गरी लिइएका तालीमबापतको अङ्क दिइनेछ भन्ने नै उक्त नियमावलीको व्यवस्थाबाट स्पष्ट अर्थ बोध भैरहेको पाइन्छ । न्यूनतम शैक्षिक योग्यता पूरा गरी भन्ने नियमको पहिलो वाक्यांशमा उल्लेख भएको पदावलीबाटै सो कुरा थप प्रष्ट हुनेहुँदा यसमा द्विविधा हुनुपर्ने वा ब्याख्याको कुनै गुञ्जायस छैन । जहाँ कानूनी व्यवस्था अस्पष्ट वा द्विविधापूर्ण हुन्छ त्यस्तो अवस्थामा मात्र ब्याख्याको औचित्य रहन्छ । तर कानून स्वयम्मा स्पष्ट र बोधगम्य छ भने बलपूर्वक ब्याख्या गर्नु कानून ब्याख्याको नियमअनुरूप हुन नसक्ने । (प्रकरण नं.५) § शिक्षक पदमा रही सम्पादन गर्नुपर्ने कार्य प्रकृतिबाटै सम्बन्धित विषयको न्यूनतम् शैक्षिक योग्यता आवश्यक पर्ने । § शिक्षण पेशाले निश्चित् प्रकारको तालीमको समेत माग गर्दछ । त्यसैले सेवा प्रवेश गरेको शिक्षकको शिक्षण सिकाइ सीपको विकास गरी क्षमता अभिबृद्धि गर्नको लागि तालीम पनि उत्तिकै अपरिहार्य हुन जान्छ । यसबाट न्यूनतम् शैक्षिक योग्यता हासिल गरी सेवा प्रवेश गरेको शिक्षकले लिएको तालीमबापतको अङ्क प्रदान गर्नेगरी नियमावलीमा भएको व्यवस्था औचित्यका दृष्टिकोणबाट समेत अन्यथा नदेखिने । (प्रकरण नं.७) § न्यायिक ब्याख्याबाट नीति परिमार्जन गर्न नमिल्ने हुँदा त्यस्तो स्थितिको महसूस हुन गएमा सम्बन्धित निकायहरूले आफ्नो नीतिमा परिवर्तत गरी अब्यवहारिक कानूनहरूमा सुधार गर्दै जानु श्रेयस्कर हुने । (प्रकरण नं.८) निवेदक तर्फबाटः विद्वान अधिवक्ता डा.भीमार्जुन आचार्य विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता विनोद पोखरेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) आदेश न्या.कल्याण श्रेष्ठः तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ र ८८(२) बमोजिम यस अदालतमा दर्ता भई संयुक्त इजलासबाट रुलिङ्ग बाझिएको भनी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम एकरूपताको लागि पूर्ण इजलाससमक्ष पठाउने आदेश भएअनुसार पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार रहेको छ :— म निवेदक हाल आनन्द प्रा.वि. रातमाटे, रामनगर, सानोश्री बर्दियामा प्रधानाध्यापक प्रा.शि. तृतीय तहको शिक्षक पदमा कार्यरत छु । मिति २०३८।७।१६ मा प्रा.शि. तृतीयमा सेवा प्रवेश गरी मिति २०४८।८।१० मा स्थायी भएको हुँ । प्रा.शि. द्वितीय तहमा बढुवाका लागि शैक्षिक सत्र २०५७, २०५८, २०५९ को कार्यसम्पादन मूल्याङ्कन फाराम, पाठ्यक्रम पाठ्यपुस्तक तथा निरीक्षण विकास केन्द्रद्वारा २०४२ सालमा सञ्चालित १० महिने रेडियो शिक्षा शिक्षक तालीम र माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेशद्वारा २०४५ (1988 June 19) मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेको प्रमाणहरू राखी तालीमको प्रतिलिपीसमेत संलग्न गरी जिल्ला शिक्षा कार्यालय ब