निर्णय नं. ६३६७ - दोहोरो दर्ता श्रेस्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३६७ - दोहोरो दर्ता श्रेस्ता भाग: ३९ साल: २०५४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५३/०६/०२ २८३४ निर्णय नं. ६३६७ ने.का.प. ०५४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५२ सालको दे.पु.नं. ..२७९३ फैसला मितिः २०५३।६।२।४ मुद्दाः दोहोरो दर्ता श्रेस्ता । पुनरावेदक/वादीः ललितपुर जि.ल.पु.न.पा.वडा नं. २२ वस्ने तुल्सी माया तण्डुकार समेत २ । विरुद्ध प्रत्यर्थी/प्रतिवादीः ऐ.ऐ वडा नं. १८ वस्ने पूर्णलक्ष्मी श्रेष्ठ समेत जना २ । § एउटै कित्ता जग्गाको सम्वन्धमा परेको एउटा पक्षको निवेदनमा कारवाही निर्णय गर्ने र अर्को पक्षको परेको निवेदन कारवाहीमा मौन रहन मिल्ने कुरा होइन । (प्र.नं. १२) निवेदक तर्फवाटः विपक्षी तर्फवाटः अवलम्बित नजीरः फैसला न्या.त्रिलोक प्रताप राणाः पुनरावेदन अदालत, पाटन ललितपुरको इन्साफमा चित्त नवुझी यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यस प्रकार छः २. हाम्रा वावु तथा ससुरा अष्टमान तण्डुकार मोही भई कमाई आएको ल.पु.जि. ल.पु.न.पा वडा नं. १५(ख) कि नं. २३ क्षेत्रफल ०-११-० जग्गा नापी हुनुभन्दा अघि देखि कमाई आएको भू.सु. सर्भे हुँदा मोही कायम गरी ज.ध. बद्रिलाल श्रेष्ठ कायम भै नापी भएको जग्गा र द.नं. ६५१ मिति २०२३।२।३ मा राजिनामा पास गरी लिई सोही आधारमा २०२८ सालमा दा.खा.भई ज.ध.प्र.पु. लिएको र अष्टमान तण्डुकारको कालगतिले परलोक हुनु भै हाम्रा नाममा उक्त जग्गा नामसारी भै ज.ध.प्र.पु.प्राप्त गरेको जग्गाको तिरो तिर्न मा.पो.का. मा जांदा उक्त जग्गा सानीकान्छी श्रेष्ठ समेत जवान ३ का नाममा २०४९ सालमा भएको र हालका ज.ध. सानीकान्छी श्रेष्ठका पति वद्रीलाल श्रेष्ठले २०२३ सालमा नै विक्री गरी सकेको हुँदा पछि प्राप्त गरेको ज.ध. सानी कान्छी श्रेष्ठ समेत जवान ३ र मोही हामीहरुका वावु तथा ससुरा अष्टमान तण्डुकार कायम गरी प्राप्त गरेकोज.ध.प्र. कट्टा गरी पाउँ भन्ने समेत व्यहोराको तुल्सीमाया तण्डुकार र न्हुछेमान तण्डुकारको २०५०।७।२२ मा मा.पो.का.ललितपुरमा परेको निवेदन । ३. यसै कार्यालयवाट जारी भएको २०५०।८।४ को म्याद यसै कार्यालयको रोहवरमा वुझी लिई मेरो वडा नं १५(ख) कि नं. २३ को क्षेत्रफल ०(११(० जग्गा मेरो पति वद्रिलाल श्रेष्ठले २०२३।२।३ मा अष्टमान तण्डुकारलार्ई राजिनामा गरी दिई सकेको सो जग्गा सानुकान्छी पूर्णलक्ष्मी र सुवर्णलाल श्रेष्ठको नाउँमा प्रमाणित भै मोही अष्टमान तण्डुकार भएको श्रेस्तामा नकाटिई दोहरो पर्न गएको र सो जग्गा मोही अष्टमान तण्डुकारलार्ई नै विक्री वितरण गरेको, निजको मिति २०४७।८।९ मा र निजको श्रीमती मोहन माया तण्डुकार पनि २०३३।१२।१५ मा नै परलोक भै सकेकोले उक्त जग्गाका हकदार छोराहरु नहुँदा छोरी तुल्सीमाया र ज्वाई न्हूच्छेमान तण्डुकारका नाममा नामसारी समेत भै सकेकोले उक्त जग्गा हामीहरुको नाउँ कट्टा गरी निजहरुका नाउँमा दर्ता कायम भएमा कुनै फरक पर्दैन भन्ने समेत व्यहोराको सानुकान्छी श्रेष्ठ, पूर्णलक्ष्मी श्रेष्ठ र सुवर्णलाल श्रेष्ठले २०५०।८।१३ मा मा.पो.का. ललितपुरमा संयुक्त निवेदन दिई सनाखत समेत गरेको मिसिल संलग्न रहेको । ४. ल.पु.न.पा वडा नं. १५ को हाल २२ वस्ने तुलसीमाया तण्डुकार समेतले ल.पु.न.पा.वडा नं. १५(ख) कि.नं. २३ को जग्गा दोहोरो श्रेस्ता परी कट्टा गरी पाउन दिएको निवेदनमा उल्लेखित व्यहोरा झुट्टा हो । उक्त जग्गा कि नं. १३६।२०४९।५।२१ बाट हामीहरुले दर्ता गरि पुर्जा लिएको हो