निर्णय नं. ६३६८ - वक्सपत्र लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३६८ - वक्सपत्र लिखत बदर भाग: ३९ साल: २०५४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५४/०२/२८ २५११ निर्णय नं. ६३६८ ने.का.प. ०५४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५२ सालको दे.पु.नं. .. २७११ फैसला मितिः २०५४।२।२८।३ मुद्दाः वक्सपत्र लिखत बदर । पुनरावेदक/प्रतिवादीः काठमाडौं जि.का.न.पा.वार्ड नं. १० को हाल वडा नं. ३४ वस्ने लोकनाथ उपाध्याय समेत जम्मा २ । विरुद्ध विपक्षी/वादीः ऐ.ऐ. वस्ने सिताराम ढकाल । पुनरावेदक/वादीः काठमाण्डौ जि.का.न.पा.वडा नं. १० वस्ने सिताराम ढकाल विरुद्ध विपक्षी/प्रतिवादीः ऐ.ऐ. वस्ने लोकनाथ उपाध्याय समेत जना २ § घर व्यवहार चलाउन वापत वक्सपत्र गरि दिएको भए सो व्यहोरा उल्लेख हुनु पर्ने । (प्र.नं.१८) § घर व्यवहार चलाउन वक्सपत्र गरी दिएको भन्ने जिकिर लिदैमा पुग्दैन, प्रमाणद्वारा सो कुराको पुष्टि पनि हुनु पर्ने । (प्र.नं. १८) पुनरावेदक प्रतिवादीका तर्फवाटः विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने पुनरावेदक वादीका तर्फबाटः विद्वान अधिवक्ता श्री शिव प्रसाद सिग्देल अवलम्बित नजीरः फैसला न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत पाटन ललितपुरको इन्साफमा चित्त नवुझी यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यसप्रकार छः २. मलार्ई साक्षी पनि नराखी मन्जूरी पनि नलिई मेरो समेत हक लाग्ने कि.नं. २८६ को ०-११-२ पुर्ख्यौली जग्गा लोकनाथले राधा नेपाललार्ई हालै देखिको वक्सपत्र मिति २०४३।६।२० मा लेखी दिनु भएको रहेछ । मिति २०४५।५।२८ मा वक्सपत्रको नक्कल सारी ज.मि.को १८ नं. र जग्गा पजनीको १७ नं. र दानवक्सको ५ नं. समेतको म्यादै भित्र फिराद गर्न आएको छु । म समेतको हक लाग्ने पुर्खौली सम्पत्ति म उमेर पुगेको छोराको मन्जूरी बेगर वक्सपत्र गरि दिएकाले सो वक्सपत्र लिखत वदर गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. २०२० सालमा चेतनादेवीवाट राजिनामा पास गरी मेरा नाउँमा नामसारी भै हक कायम भएको हुँदा उक्त सम्पत्ति पैतृक नभई निजी आर्जनको सम्पत्ति हो । मैले मेरी छोरी राधा नेपाललार्ई गरी दिएको हालै देखीको वक्सपत्रमा कसैको मन्जूरी लिई रहनु पर्ने होइन । हदम्याद भित्र फिराद गर्न नसकेको र अंशवण्डाको १९ नं. समेतको आधारमा फिराद दावा खारेज गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्र.लोकनाथको प्रतिउत्तर पत्र । ४. मलार्ई उक्त जग्गा काम काजमा सगाए वापत हालै देखिको वक्सपत्र गरी दिनु भएको हो । अंशवण्डाको १९ नं. अनुसार पैतृक सम्पत्तिको हकमा आधा आफूखुसी वेचविखन वा कुनै किसिमले हक छाडी दिने प्रावधान भएको समेत स्पष्ट छ । पिताले २०२० सालमा किन्नु भएको जग्गा मध्येवाट उक्त जग्गा मलार्ई दिनु भएको र आधा भन्दा बढी जग्गा हाल वुवाको नाउँमा रहेको हुँदा हदम्याद नाघी परेको झुट्टा दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्र.राधा नेपालको प्रतिउत्तरपत्र । ५. वादी र प्रतिवादीका साक्षीले गरेको वकपत्र मिसिल सामेल रहेको । ६. मिति २०४३।६।२० को वक्सपत्र मन्जूरी नलिई गरेकोले त्यस्तो वक्सपत्र वदर गरी पाउँ भनी मिति २०४५।६।१३ मा मात्र फिराद परेको देखिंदा प्रस्तुत फिरादलार्ई हदम्याद भित्रको भनी मान्न नमिल्ने हुँदा मुद्दाको औचित्य माथि प्रवेश गरि रहन परेन, हदम्यादकै कारणवाट प्रस्तुत फिराद खारेज हुने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको फैसला । ७. खारेज गरेको काठमाडौं जिल्ला अदालतको फैसला वदर गरी पाउँ भनी सिताराम ढकालले तत्काल