निर्णय नं. ६३६९ - घरमा आगो लगाई ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३६९ - घरमा आगो लगाई ज्यान मार्ने उद्योग भाग: ३९ साल: २०५४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५३/१०/०१ ३०२० निर्णय नं. ६३६९ ने.का.प. २०५४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत् २०४९ सालको फौ.पु. नं. ..४८४ फैसला मितिः २०५३।१०।१।३ मुद्दाः घरमा आगो लगाई ज्यान मार्ने उद्योग । पुनरावेदक/वादीः सुरजराम चौधरीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादीः जिल्ला कैलाली मनुवा गा.वि.स. वार्ड नं. ९ वस्ने दुतिराम चौधरी । § मुलुकी ऐन आगो लगाउनेको महलको ५ नं. मा ूअर्काको घरमा आगो लगाएमाू (यस महलको २ नं. वा ३ नं. ले सजाय हुने अवस्थाकोमा वाहेक) अरुमा आगो लगाउने र सो काममा मुख्य भै वचन दिने जतिलार्ई एकाघरको चार वर्ष र त्यसदेखि वढी घर एकको एक वर्षका दरले वढाई कैद गर्नु पर्छू भन्ने व्यवस्था गरेको पाइन्छ । प्रतिवादी दुतिराम चौधरीले अर्काको घरमा आगो नलगाई आफू समेत वस्ने एकासंगोलको घरमा आगो लगाएको र उक्त ५ नं. ले अर्काको घरमा आगो लगाएको भएमा मात्र सजाय हुने व्यवस्था गरेको देखिंदा प्रतिवादीले कसुर गरेको नठहर्‍याई अभियोगवाट सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत दिपायल, मुकाम महेन्द्रनगरको फैसला मिलेकै देखिंदा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्र.नं. १९) पुनरावेदक वादी तर्फवाटः विद्वान उप सरकारी अधिवक्ता भोला चौलागाई विपक्षीतर्फवाटः x अवलम्बित नजीरः x फैसला न्या.ओमभक्त श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम यस अदालत समक्ष पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त व्यहोरा एंव तथ्य यस प्रकार छः २. मिति २०४६।१०।१५ गतेको राती २१.०० वजेको समयमा नमालुम कहांवाट जांड रक्सी खाई घरमा आई मेरो विवाह अहिले सम्म किन नगरेका भनी कराउदै राखेको र हामीहरुले पनि जांडको नसामा वोलेको भनी वास्ता नगरेकोले निज दुतिराम वाहिर गै केही छिन पछि आफ्नो खल्तीवाट सलार्ई निकाली घरमा आगो लगाई दिएको र उक्त आगलागीवाट नगदी तथा जिन्सी २५,०००। नोक्सान भएकोले वोका जीउ १ तथा वा जीउ १ समेतको नोक्सान भएको भन्ने समेत व्यहोराको सुरजराज चौधरीको जाहेरी दरखास्त । ३. जि. कैलाली मनुगा गा.वि.स. वार्ड नं. ९ स्थिति टिकापुर वाट मनुवा जाने मुलवाटो उत्तरपुर्व, जाहेरवालाकै खेत पश्चिम, लाल वहादुरको घर दक्षिण जाहेरवालाकै गाई गोरु वाध्ने गरेको घर गोठ यति ४ किल्ला भित्र २८ हात लम्वाइ, १२ हात चौडाई भएको आगलागी भै खामा खुट्टा मात्र भएको फुसको घर उक्त घर आगलागी भै जली नष्ट भएको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । ४. मिति २०४६।१०।१५ गतेका राती वरगडा भन्ने ठाउँवाट खर काटी आउँदा वाटोमा जांड रक्सी खाई घरमा आएपछि मेरो विवाह समेत घर परिवारले नगरी दिएको हुँदा रक्सीको नसाको सुरमा सोही कुरा मनमा खेली घर परिवारलाई विवाह गर्नका लागि भनी सोही सुरमा खल्तीमा राखेको सलार्ई निकाली उक्त फुसको घरमा आगो लगाएको हुँ भन्ने समेत व्यहोराको दुतिराम चौधरीले प्रहरीमा गरेको वयान । ५. मिति २०४६।१०।१५ गतेका राती जाहेरवाला सुरजरामको घरमा आगो लागेको देखी तत्काल घटनास्थलमा आई उक्त आगो निभाएको हो सो आगो लगाउने व्यक्ति दुतिराम चौधरी नै हो भन्ने समेत व्यहोराको सर्जमिनका मानिस जितेन्द्र चौधरी समेतको सर्जमीन मुचुल्का । ६. मिति २०४६।१०।१५ गतेका राती हामी घरका परिवार सुती निदाएका अवस्था वरगदाह भन्ने ठाउँवाट खर काटी आउँदा भतिजा दुतिराम जांडको नसामा मस्त भई घरमा